• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

metakhabar by metakhabar
१५ भदौ २०८३,
0
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । किसानले कारोबार पनि सुरु गरेका छन् । रुद्राक्षखेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्बबराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उनले जानकारी दिए। एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उनको भनाइ छ ।

कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ । रुद्राक्षबाट वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता यसको खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको उनले बताए।

“राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दानाबाट धेरै राम्रो आम्दानी लिन सक्छन्”, उनले भने, “त्यसैले पछिल्लो समय रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढेको छ ।”

भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध छन् ।

षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने बताए । गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त हुने उनको भनाइ छ । रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ ।

षडानन्दका किसान पुष्पबहादुर तामाङले एउटै बोटमा उत्पादन भएका सबै रुद्राक्षका दानाको मूल्य समान नहुने बताए। उनका अनुसार दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा मूल्य निर्धारण हुने गरेको छ । “बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन”, उनले भने, “स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।”

धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रका एक किसानले रुद्राक्षबाट वार्षिक न्यूनतम रु एक लाखदेखि अधिकतम ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने तथा पुराना बगान संरक्षण गर्ने क्रम बढाएका छन् । व्यावसायिक रूपमा यसको खेती विस्तार हुँदा गाउँमै रोजगारी तथा आम्दानीको अवसर सृजना भएको स्थानीय किसानको भनाइ छ ।

दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घरघरमै पुग्ने गरेका छन् । भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् ।

खाँदबारीबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ हुँदै चीन र भारतसम्म पुग्ने गरेको छ । भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी, झ्याउपोखरी, साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिको प्याउली, जरायोटार, सिक्रेटार तथा पौवादुङमा गाउँपालिकालगायत क्षेत्रमा रुद्राक्ष खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा खेती विस्तार हुने क्रम जारी छ ।

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्मको भूभागमा रुद्राक्षखेती राम्रो हुने बताइन्छ । भोजपुरको भौगोलिक अवस्था तथा हावापानी रुद्राक्ष उत्पादनका लागि अनुकूल रहेकाले जिल्लामा यसको व्यावसायिक सम्भावना अझै धेरै रहेको जानकारहरूको भनाइ छ ।

Previous Post

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

Next Post

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आवाज

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

२९ अशोज २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

२९ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
Load More
Next Post
एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In