• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ भदौ २०८३,
0
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ ।

उन अहिले ८० वर्ष पुगिन् । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उहाँका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै खबर नआए पनि उनले आशा भने मारेकी छैनन् ।

“ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ”, उनले भने, “मेरो कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन ।”

बुढेसकालको सहारा होला भनेर छोरालाई इन्जिनियर पढाएको डाँगीले सुनाइन् । तर, बुढेसकालमा झन् एक्लिएर बस्नुपर्दा उनलाई दुःख लागेको छ । “बुढेसकालमा छोराको कमाइ खाउँला, सुखले बसौँला भनेको थिएँ”, उनले भनिन्, “तर अहिले उसकै सम्झनामा बस्नुबाहेक केही भएन ।”

छोरा हराएको २७ वर्ष बितिसक्दा पनि कुनै पत्तो नलागेको भन्दै उनले राज्यसँग पनि असन्तुष्टि पोखिन् । “कुनै दिन छोरो घर फर्किएला भन्ने आशा अझै मरेको छैन”, उनले भने ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारीकी निर्मला चौधरीको पीडा पनि उस्तै छ । उनका एक्ला छोरा विनोद चौधरी २०६० कात्तिक २ गतेदेखि सम्पर्कविहीन छन् । “एक्लो छोरा हो, घर आउँलाआउँला भन्दाभन्दै २५ वर्ष भइसक्यो”, उनले भनिन्, “अझै पनि आशा मरेको छैन ।” प्रतीक्षामा धेरै वर्ष बिते । निर्मला भन्नुहुन्छ, “आमा हुँ, कसरी भुल्न सक्छु र ?”

दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी पनि २०५९ सालदेखि बेपत्ता छन् । तुलसीपुरमा मल लिन भनी आएका चौधरी बेपत्ता भए पनि परिवारको आशा अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ कि भन्ने लाग्छ”, उनका भाइ सीताराम चौधरीले भने ।

यी त केही उदाहरणमात्रै हुन् । अझै पनि धेरै आमाहरूले वर्षौँदेखि यही पीडा भोगिरहेका छन् । द्वन्द्वका समयमा बेपत्ता भएका नागरिकको परिवार झिनो आशामा पीडादायी दिनहरू बिताइरहेका छन् । लामो समयसम्म बेपत्ता भएका आफन्तका परिवारले न्याय पाउन नसकेको र झन् पीडामाथि पीडा थपिएको सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल लुम्बिनीका संयोजक सीता चौधरीले बताइन् ।

“कि सास चाहियो, कि लास चाहियो भनेर आवाज उठाउँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन”, उनले भनिन्, “हामीले न्यायका लागि धेरै आवाज उठायौँ तर हाम्रा पीडा ज्यूँकात्यूँ छन्, हाम्रो सुनुवाइ कतैबाट भएको छैन ।”

सरकारले अझै पनि बेपत्ता व्यक्तिको अवस्था के छ भन्ने कुरा पत्ता लगाउन नसक्दा पीडित परिवारमा झन् पीडा थपिएको उनको भनाइ छ । पटकपटक बेपत्ता नागरिक खोजीका लागि सामान्य कार्यक्रम भए पनि वास्तविक अवस्था भने पत्ता लाग्न नसकेको भन्दै उहाँले दुखेसो पोखिन् ।

सोह्रौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा शनिबार दाङको तुलसीपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले आ–आफ्ना दुःख र पीडा सुनाए । हरेक वर्ष एक दिन बेपत्ता नागरिकको बारेमा छलफल हुने भए पनि हालसम्म अवस्था पत्ता नलाग्दा पीडा जहाँको हीँ रहेको उनहरूको भनाइ छ ।

राज्यले तत्काल बेपत्ता नागरिकका बारेमा सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Previous Post

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

Next Post

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

metakhabar

metakhabar

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
फिचर-ब्यानर

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

१५ भदौ २०८३,
Load More
Next Post
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In