• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

metakhabar by metakhabar
११ भदौ २०८३,
0
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, ११ भदौः चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ । अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार १९ पुरुष, १५ महिला, चार बालक, दुई बालिकाको सग्लो र २९ वटा अङ्गभङ्ग अवस्थाको शव फेला परेको छ ।

शव खोजीका लागि नेपाली सेनाका ३३३ जना, नेपाल प्रहरीका २५० जना र सशस्त्र प्रहरीका १५० जनाभन्दा बढी जनशक्ति नदी किनारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । शव खोजी तथा व्यवस्थापनका विषयमा सरोकारवालाहरुसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको छ ।

प्रजिअ अर्यालले उद्योग सङ्घ चितवनसँगै रहेको औद्योगिक विकास प्रतिष्ठानमा शव राख्नका लागि वातावरण अनुकूलित ठाउँ बनाइँदै गरेको जानकारी दिनुभयो । सो स्थानमा शव राखेर सम्बन्धित शवको तस्बिर बाहिर ‘मोनिटर’मा देखाइने भएको छ । भेटिएका शवको नजिकबाट तस्बिर लिएर ‘कोडिङ’ गरिँदै छ । शवको खोजीमा आएकाहरुलाई देखाएपछि पहिचान भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धितलाई शव हस्तान्तरण गरिने भएको छ ।

हालसम्म भेटिएका शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उहाँले अन्य जिल्लालाई आफैँ व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो । तनहुँबाट बुधबार पठाइएका नौ वटा शवलाई फिर्ता गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीले शव राख्नका लागि ९५ वटा झोला सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । शवका लागि आवश्यक त्रिपाल र स्टेचर पनि रेडक्रसले नै उपलब्ध गराएको छ । बैठकमा होटल व्यवसायी सङ्घ चितवनले आफन्त हराएर खोज्न आउनेहरुलाई निःशुल्क रुपमा खान र बस्न व्यवस्था गर्ने जनाएको छ । सङ्घका महासचिव कृष्णकुमार चौधरीले सबै होटलमा छुट्याएर बस्ने र खाने व्यवस्था गरिने बताउनुभयो ।

शव खोजी र व्यवस्थापनका क्रममा आवश्यक सामग्री सहयोग गर्न उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घले आफू र मातहतका निकायमार्फत सहयोग गर्ने जनाएका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले विभत्स तस्बिर समाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग नगर्न आग्रह गर्नुभयो ।

बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटीय क्षेत्रका वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, अस्पताल व्यवस्थापक एवं सञ्चालक, उद्योग वाणिज्य सङ्घ र उद्योग सङ्घका अध्यक्षलगायत सरोकार भएकाहरुको उपस्थिति थियो ।

Previous Post

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In