• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

metakhabar by metakhabar
१० भदौ २०८३,
0
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन ।

बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी भारत/सिद्धिसाई जेभीसँग गरिएको सम्झौता तोडिएपछि पुन ठेक्काको प्रक्रिया अगाडि बढेको छ ।

गत पुस १७ गते ठेक्का सम्झौता रद्द गरिएको आयोजनाको पुनः ठेक्का लगाउने प्रक्रिया सुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी उज्ज्वल शर्माले जानकारी दिए । पाँच पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गरी असुल उपरको प्रक्रिया सुरु गरिएको छ ।

नयाँ ठेक्का सम्झौताको मूल्याङ्कन, लागत अनुमानको प्रतिवेदन र स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालय पठाइएको छ । पछिल्ला दिनमा सो सडक झनै जीर्ण बन्दै गएको छ । सो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नु परेको छ ।

ठेक्का रद्द गरिएको सडकको अवस्था झनै बिग्रँदै गएको छ भने सम्पन्न भएको पूर्वाधारमा पनि क्षति पुगेको छ । ‘पुरानो ठेकेदारले गरेको काम र नयाँ ठेक्कामा थप्नुपर्ने पूर्वाधारलगायतको अध्ययन प्रतिवेदनसहित करिब २५ करोडको स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयमा प्रस्ताव गरिएको छ,’ इन्जिनियर शर्माले भने ।

ठेक्का रद्द गरिएको ठेकदारबाट नौ करोड ३६ लाख असुल उपर गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । ‘नयाँ ठेक्का छिट्टै खोल्ने तयारीमा छौँ, सम्भवतः चार महिनाभित्र पूरा होला,’ इञ्जिनियर शर्माले भने ।

बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत/सिद्धिसाईसँग दुई वर्षमा सक्नेगरी ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । ठेकेदारले ३४ करोड तीन लाख भुक्तानी लिइसकेको छ । वर्षाका कारण सडक झनै बिग्रेको छ भने कालोपत्र गरेको क्षेत्रमा खाल्टाखुल्टी परेको छ ।

Previous Post

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
समाचार

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

१० भदौ २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
समाचार

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

१० भदौ २०८३,
Load More
Next Post
आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In