• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बढ्यो पेट्रोल र डिजलको मुल्य

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ भदौ २०८३,
0
पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), ९ भदौः तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाविरुद्ध गरी एक लाख ९० हजार २०१ डोज खोप लगाइएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार खोप कार्यक्रमअन्तर्गत खोरेतविरुद्ध ३९ हजार ८४९, लम्पी स्किन रोगविरुद्ध १० हजार ५७८, पिपिआर रोगविरुद्ध एक लाख ३१ हजार ४७१ र बङ्गुरको हैजाविरुद्ध आठ हजार ३०० डोज खोप लगाइएको छ ।

खोप कार्यक्रममार्फत जिल्लामा खोप योग्य गाईभैँसीमध्ये करिब ५० प्रतिशतमा खोरेतविरुद्ध खोप लगाइएको भने ५५ प्रतिशत बाख्रामा पिपिआरविरुद्ध र ३५ प्रतिशत बङ्गुरमा हैजाविरुद्ध खोप लगाइएको अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार व्यास नगरपालिकामा १६ हजार ५८४, शुक्लागण्डकी नगरपालिकामा १७ हजार ६५६, भानु नगरपालिकामा २६ हजार सात, भिमाद नगरपालिकामा २४ हजार ३५१ खोप लगाइएको छ ।

यस्तै, आँबुखैरेनी गाउँपालिकामा १९ हजार ९५८, ऋषिङ गाउँपालिकामा २० हजार १४१, घिरिङ गाउँपालिकामा २१ हजार ५०७, बन्दीपुर गाउँपालिकामा १४ हजार ९८९, म्याग्दे गाउँपलिकामा नौ हजार २४ र देवघाट गाउँपालिकामा १९ हजार ९८४ पशुलाई खोप लगाइएको छ ।

अधिकारीका अनुसार खोप कार्यक्रम सञ्चालन भएपछि खोप लगाइएका क्षेत्रमा सम्बन्धित रोगको प्रकोप देखिएको छैन । पशुमा सङ्क्रामक रोगको जोखिम कम गर्न नियमित खोप कार्यक्रम महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

“पूर्ण खोप कार्यक्रम सञ्चालन भएपछि जिल्लामा खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाको प्रकोप देखिएको छैन”, अधिकारीले भन्नुभयो, “खोपलाई नियमित र प्रभावकारी बनाउनसके पशुधनको सुरक्षा हुनुका साथै किसानले व्यहोर्नुपर्ने आर्थिक क्षति पनि कम गर्न सकिन्छ ।”

कार्यालयले १० वटै पालिकाका ८५ वडा र एक हजार ११३ टोलमा पुगेर खोप सेवा प्रदान गरेको थियो । कार्यक्रम सञ्चालनका लागि ९३ जना खोपकर्ता परिचालन गरिएको थियो । खोपकर्तालाई स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी पशुपालक किसानको पहुँचमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएकामा रु ९० लाख ४३ हजार खर्च भएको छ । पशुमा लाग्ने सङ्क्रामक रोगले किसानको पशुधनमा प्रत्यक्ष क्षति पु¥याउनुका साथै दूध तथा मासु उत्पादनमा असर पार्ने भएकाले रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ ।

खोरेत, लम्पी स्किन र पिपिआरजस्ता रोगको सङ्क्रमण फैलिँदा ठूलो सङ्ख्यामा पशु प्रभावित हुनसक्ने भएकाले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै खोपमार्फत रोकथाम गर्नु प्रभावकारी हुने अधिकारीको भनाइ छ ।

पशुमा पूर्ण खोपसँगै पशु स्वास्थ्य सेवा तथा पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ । पशुपालक किसानलाई समयमै प्राविधिक सेवा उपलब्ध गराउने, रोगको निगरानी तथा नियन्त्रण गर्ने र पशुजन्य उत्पादन वृद्धि गर्ने उद्देश्यले सेवा विस्तार भइरहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

Previous Post

भन्सार छलीको सामान दाखिला

Next Post

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

metakhabar

metakhabar

सम्बन्धित खबर

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
आवाज

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

९ भदौ २०८३,
भोजपुरमा कोदोखेती घट्दै
आवाज

भोजपुरमा कोदोखेती घट्दै

९ भदौ २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

भन्सार छलीको सामान दाखिला

९ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
Load More
Next Post
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In