• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

metakhabar by metakhabar
२८ साउन २०८३,
0
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी २८ साउनः दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनकोे सम्भावनाका कारण यो आरक्ष पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । अन्तरराष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक कोशी टप्पु पुग्ने गरेका छन् । यो वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको बीचमा फैलिएको संरक्षित क्षेत्र हो ।

विसं २०३२ मा स्थापना भएको आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ मा मध्यवर्ती क्षेत्र थपिएपछि यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर कायम भएको छ । सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित यो आरक्ष नेपालमा प्राकृतिक रूपमा पाइने जङ्गली भैँसी (अर्ना) को मुख्य बासस्थानका रूपमा परिचित छ ।

आरक्षभित्र सप्तकोशीले बनाएका बालुवाको टापु, सिसौँ र खयरका वन, बसाइँसराइ गर्ने चराचुरुङ्गी तथा अति दुर्लभ खरमयूरका वासस्थान रहेका छन । सन् १९८७ देखि रामसार सूचीमा सूचीकृत यस क्षेत्रमा घडियाल, मगरगोही, डल्फिन र विभिन्न प्रजातिका माछा पाइन्छन् । चराहरूको अत्यधिक विविधताका कारण कोशी टप्पुलाई चराहरूको राजधानी पनि भनिन्छ ।

नेपालको पर्यटन उद्योग नयाँ गन्तव्यको खोजीमा रहेका बेला वन्यजन्तु अवलोकन, पन्छी अवलोकन, फोटोग्राफी पर्यटन र इको टुरिजमका लागि कोशी टप्पु उत्कृष्ट गन्तव्यका रूपमा उभिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अङ्कित पौडेलका अनुसार, हिमाल, पहाड र तराईको विशिष्ट जैविक विविधता, लोपोन्मुख वन्यजन्तु, जलचर र पन्छीका कारण नेपाल प्रकृति प्रेमी, अनुसन्धानकर्ता र पर्यटकका लागि विश्वकै आकर्षक गन्तव्य बन्दै गएको छ ।

पछिल्ला वर्षमा आरक्षमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा कूल ११ हजार ६०३ पर्यटकले आरक्ष भ्रमण गरेका थिए । तीमध्ये पाँच हजार ९२४ महिला र पाँच हजार ६७९ पुरुष थिए । भ्रमणकर्तामध्ये ११ हजार २१४ जना आन्तरिक पर्यटक, सार्क मुलुकबाट ८७ जना र अन्य मुलुकबाट ३०२ जना विदेशी पर्यटक रहेका थिए ।

सो वर्ष सबैभन्दा बढी फागुनमा एक हजार ६९३ पर्यटकले आरक्ष भ्रमण गरेका थिए । त्यसपछि चैतमा एक हजार ६२४, पुसमा एक हजार ४५७, असारमा एक हजार ३५३, वैशाखमा एक हजार २२६, कात्तिकमा एक हजार ७५, माघमा एक हजार ८८, मङ्सिरमा एक हजार ६६, जेठमा ७२२, भदौमा ६८५, असोजमा ४२० र साउनमा १९४ जना पर्यटक पुगेका थिए ।

चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नौ हजार २४२ पर्यटकले आरक्ष भ्रमण गरिसकेका छन् । साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, मङ्सिरमा एक हजार ८९३, पुसमा ६४२, माघमा एक हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० पर्यटकले आरक्ष अवलोकन गरेका छन् ।

सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्त उपस्थितिले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ । जैविक विविधताको दृष्टिले नेपालकै महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ संरक्षणसँगै पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना समेत रहेको छ ।

सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणनाअनुसार सङ्ख्या बढेर चार सय ९८ पुगेको कोशी टप्पु बन्यजन्तु आरक्षका रेन्जर पौडेलले बताउनुभयो । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५३५ प्रजातिका पन्छी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् । विसं २०८० को गणनाअनुसार ३२ वटा खरमयुर तथा २०७९ को गणनाअनुसार १९ वटा डल्फिन अभिलेख गरिएको छ ।

कोशी टप्पुमा विशेषगरी साइबेरिया, चीन, मङ्गोलिया र मध्य एसियाबाट जाडो छल्न आउने प्रवासी चराहरूको ठूलो सङ्ख्या देखिन्छ । चराविज्ञ अनिस तिमल्सिनाका अनुसार कोशी टप्पु उत्तरी गोलाद्र्धबाट आउने चराहरूको प्रमुख विश्रामस्थल हो । यदि चराहरूले विमानस्थल बनाउने हो भने नेपालमा उनीहरूको अन्तरराष्ट्रिय विमानस्थल कोशी टप्पु नै हुन्थ्यो । उहाँले भन्नुभयो, हिउँदयाम सुरु भएपछि चराहरू यहाँ केही महिना बिताएर गर्मी सुरु हुनासाथ आफ्नै गन्तव्यतर्फ फर्कन्छन ।

कोशी टप्पुको अर्को प्रमुख आकर्षण नेपालमा प्राकृतिक रूपमा पाइने एकमात्र जङ्गली भैँसी (अर्ना) को मुख्य बासस्थान हुनु हो । आरक्षका विशाल घाँसे मैदान अर्नाका लागि उपयुक्त आवास मानिन्छन् । घाँस चरिदिने, बीउ फैलाउने र खुला चरन क्षेत्रको संरक्षणमा अर्नाले महत्वपूर्ण भूमिका खेल्ने संरक्षणकर्मीहरू बताउँछन् ।

जङ्गली हात्ती, एकसिङ्गे गैँडा, निलगाई, चितल, रतुवा, लगुना, मलाह बिरालो, घडियाल, मगरगोही, अजिङ्गर, सुनगोहोरोलगायतका दुर्लभ प्रजाति पनि यहाँ पाइन्छन् । यस जैविक सम्पदाले कोशी टप्पुलाई अनुसन्धान, अध्ययन र प्रकृति पर्यटनका लागि विशिष्ट केन्द्र बनाएको छ ।

दुर्लभ अर्ना, प्रवासी चराचुरुङ्गी, जलचर र हरियालीले सजिएको कोशी टप्पु संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउने नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा स्थापित हुँदै गएको छ । आरक्षको वनस्पति विविधता पनि उत्तिकै समृद्ध छ । यहाँ सिसौँ, खयर, सेमल, कदम्ब, साज र बाँसलगायत नदी किनारका वन तथा विशाल घाँसे मैदान पाइन्छन् । यिनै घाँसे मैदान अर्ना, हरिण र नीलगाईजस्ता वन्यजन्तुको मुख्य आश्रयस्थल मानिन्छन् ।

स्थानीयका अनुसार कोशी टप्पुको जैविक विविधता, नदी प्रणाली, दुर्लभ वन्यजन्तु र स्थानीय संस्कृति नै यसको सबैभन्दा ठूलो सम्पत्ति हो । यी सम्भावनालाई योजनाबद्ध रूपमा पर्यटन उत्पादनमा रूपान्तरण गर्न पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र संरक्षणलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको स्थानीयको भनाइ ।

इटहरीबाट साथीहरूसँग घुम्न आउनुभएकी सरिता श्रेष्ठले कोशी टप्पुको प्राकृतिक सौन्दर्य, चराचुरुङ्गी अवलोकन तथा हात्ती र अर्ना हेर्ने अवसर विशेष आकर्षण भएको बताउनुभयो । फुर्सदको समयमा हामी प्रायः यहाँ साथीहरुसँग आउने गर्छौं उहाँले भन्नुभयो ।

स्थानीय होटल व्यवसायी लोकबहादुर मगरका अनुसार कोशी टप्पुको पर्यटन विकास अझै प्रारम्भिक चरणमै छ । सीमित आवास सुविधा, कमजोर सडक पहुँच, अन्य पर्यटकीय पूर्वाधारको अभाव, प्रभावकारी प्रचारप्रसार नहुनु र पर्याप्त लगानीको कमीका कारण आरक्षको वास्तविक पर्यटन सम्भावनाको पूर्ण उपयोग हुन सकेको छैन ।

उहाँका अनुसार कोशी टप्पुमा जङ्गल सफारी, प्रकृति पदयात्रा र स्थानीय संस्कृति अनुभव गर्ने गतिविधिप्रति पर्यटकको रुचि बढ्दै गएको छ । परिवारसँग बसेर ग्रामीण जीवनशैली, परम्परागत खानपान र संस्कृतिको अनुभव गर्न सकिने भएकाले कोशी टप्पु आसपासमा व्यवस्थित होमस्टेहरु विस्तार गर्नसके पर्यटक आगमन अझ बढ्न सक्ने उहाँको भनाइ छ ।

Previous Post

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

Next Post

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
Load More
Next Post
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In