• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध

    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ साउन २०८३,
0
सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका प्रभावशाली व्यवसायी तथा एसके समूहका अध्यक्ष चे ताए–विनलाई सम्बन्धविच्छेद मुद्दामा आफ्नी पूर्वपत्नी रोह सोह–योङलाई नौ खर्ब ४४ अर्ब वोन (करिब ६४ करोड ४० लाख अमेरिकी डलर) भुक्तानी गर्न आदेश दिएको छ । यद्यपि दुवै पक्षलाई सर्वोच्च अदालतमा पुनः अपिल गर्ने अधिकार रहेकाले फैसला अझै अन्तिम भएको छैन ।

६५ वर्षीय चे दक्षिण कोरियाको प्रमुख औद्योगिक समूह एसके समूहका अध्यक्ष हुनुहुन्छ । उक्त समूहअन्तर्गत रहेको एसके हाइनिक्स विश्वकै अग्रणी मेमोरी चिप उत्पादकमध्ये एक हो र एआई प्रविधिको तीव्र विस्तारसँगै यसको बजार मूल्य उल्लेखनीय रूपमा बढेको छ ।

यसअघि सन् २०२४ मा सोल उच्च अदालतले चेले रोहलाई १३ खर्ब ८० अर्ब वोन (करिब ९४ करोड अमेरिकी डलर) तिर्नुपर्ने फैसला गरेको थियो । त्यतिबेला उक्त रकम एक अर्ब अमेरिकी डलरभन्दा बढी बराबर भएकाले दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले यसलाई ‘शताब्दीको सम्बन्धविच्छेद’ नाम दिएका थिए ।

त्यसपछि चेले सर्वोच्च अदालतमा अपिल गर्नुभएको थियो । सर्वोच्च अदालतले अघिल्लो फैसला पुनरावलोकन गर्न आदेश दिएपछि उच्च अदालतले भुक्तानी रकम घटाएर नौ खर्ब ४४ अर्ब वोन कायम गरेको हो ।

अदालतमा विवादको मुख्य विषय एसके समूहमा रहेको चेको सेयरसहित दम्पतीको साझा सम्पत्तिको मूल्याङ्कन र त्यसको बाँडफाँट थियो । शुक्रबारको फैसलामा अदालतले रोह वैवाहिक जीवनमा आर्जित सम्पत्तिको करिब एकतिहाइ बराबर नगद रकम पाउने हकदार रहेको उल्लेख गरेको छ ।

अदालतका अनुसार विवाह अवधिमा चेको व्यवस्थापकीय भूमिकाका कारण कम्पनीमा रहेको उहाँको सेयरको मूल्य उल्लेखनीय रूपमा बढेको थियो । त्यस वृद्धिमा रोहले घरपरिवारको जिम्मेवारी, सन्तानको हेरचाह तथा एसके समूहसँग सम्बन्धित सार्वजनिक गतिविधिमार्फत योगदान पुर्‍याएकाले उहाँको हिस्सेदारी स्वीकार गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

चे र रोहले सन् १९८८ मा विवाह गर्नुभएको थियो । दुवै जना १५ वर्षभन्दा बढी समयदेखि अलग बस्दै आएको विश्वास गरिन्छ । चेले सन् २०१५ मा विवाहबाहिरको सम्बन्धबाट सन्तान जन्मिएको सार्वजनिक रूपमा स्वीकार गर्नुभएको थियो र त्यसपछि सन् २०१७ मा सम्बन्धविच्छेदको निवेदन दायर गर्नुभएको थियो । मध्यस्थता असफल भएपछि सन् २०२२ देखि मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

रोह दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह ताए–वूकी छोरी हुनुहुन्छ । उहाँ हाल डिजिटल कला सङ्ग्रहालय सञ्चालन गर्दै सांस्कृतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । दम्पतीका तीन सन्तान छन् ।

यसअघि अदालतले रोहका बुबासँग सम्बन्धित ३० अर्ब वोनको गोप्य कोषलाई एसके समूहको विकाससँग जोड्दै सम्पत्ति बाँडफाँटको आधार मानेको थियो । तर सर्वोच्च अदालतले उक्त रकम अवैध घुसबाट आएको हुन सक्ने ठहर गर्दै त्यसलाई गणनामा समावेश गर्न नहुने निर्णय दिएको थियो ।

अदालतले पछिल्लो पुनरावलोकनमा भने दम्पती अलग भएपछि एआई उद्योगको तीव्र विस्तारसँगै एसके समूहको सेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिलाई पनि सम्पत्ति विभाजनको आधारमा समावेश गरेको जनाएको छ । सार्वजनिक विवरणअनुसार सन् २०१५ यता एसके समूहको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ भने एसके हाइनिक्सले एआई चिप निर्माणका लागि आवश्यक मेमोरी चिप अमेरिकी कम्पनी एनभिडियालाई आपूर्ति गर्दै आएको छ । चेको कम्पनीमा रहेको सेयरको मूल्य हाल करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको बताइएको छ ।

यसअघि सर्वोच्च अदालतले चेलाई रोहलाई दुई अर्ब वोन गुजारा भत्ता उपलब्ध गराउन छुट्टै आदेश पनि दिइसकेको छ ।

Previous Post

ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

Next Post

राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?
फिचर-ब्यानर

राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

९ साउन २०८३,
ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने
फिचर-ब्यानर

ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

९ साउन २०८३,
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

९ साउन २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध

९ साउन २०८३,
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
समाचार

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

९ साउन २०८३,
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन
समाचार

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

९ साउन २०८३,
Load More
Next Post
राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In