काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
मुद्दा दायर गरिएकामा नेपाल बाल संगठन काठमाडौंकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार छन्।
सीआईबीका अनुसार आठ जनाविरुद्ध मुद्दा दायर गरिएकामा आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन्। बाँकी पाँच जनालाई फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको हो।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको जानकारी दिए।उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले यससम्बन्धी प्रतिवेदन विसं २०७७ मै बुझाएको थियो। मन्त्रिपरिषद्ले गत चैतमा उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।













