• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

    विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

    नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

    सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

    सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

metakhabar by metakhabar
४ साउन २०८३,
0
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ४ साउनः कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत उक्त सेवा प्रदान गरेको हो ।

अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत सुवास नेपालका अनुसार गत आवमा अस्पतालले सो प्रदेशका १७ हजारभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ । सो अवधिमा बाह्य कार्यक्रममार्फत सात हजार २१७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरूमार्फत १० हजार ४३२ जनाले आँखा उपचार सेवा प्राप्त गरेका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसरी बाह्य कार्यक्रम र आँखा उपचार केन्द्रमार्फत गरी कर्णाली प्रदेशमा एक वर्षमा १७ हजार ६४९ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

हिमालय आँखा अस्पतालअन्तर्गत कर्णाली प्रदेशका चन्दननाथ आँखा अस्पताल खलङ्गा–जुम्ला, मान्म–कालीकोट, सिमकोट–हुम्ला, सिंजा–जुम्ला र गमगढी–मुगुमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । यी अस्पताल, उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने बाह्य कार्यक्रम र शिविरमार्फत भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आँखा परीक्षण, उपचार, आवश्यक परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध गराइँदै आएको छ ।

अस्पतालको प्रमुख मेडिकल निर्देशक डा बबिता गुरुङका अनुसार अस्पतालले गत आर्थिक वर्षमा अस्पतालको बहिरङ्ग विभागमार्फत मात्रै एक लाख ८८ हजार ९१४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ । विज्ञप्तिका अनुसार सेवा लिनेमा एक लाख छ हजार ४५९ महिला र ८२ हजार ४९८ पुरुष छन् । कूल सेवाग्राहीमध्ये करिब ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष छन् ।

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रथापा मगरले कर्णाली प्रदेशमा विशेषज्ञ आँखा उपचार सेवालाई थप विस्तार र सुदृढ गर्ने योजना अघि बढाएको जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ता समेत रहनुभएका मगरले भन्नुभयो, “जुम्लामा नेत्र विशेषज्ञमार्फत नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने तथा कर्णालीका अन्य तीन जिल्लामा ‘सर्जिकल सेन्टर’का रूपमा सेवा विकास गरी स्थानीयस्तरमै आँखाको शल्यक्रिया सेवा उपलब्ध गराउने योजना रहेको छ । भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सामान्य आँखा उपचार तथा शल्यक्रियाका लागि समेत टाढासम्म जानुपर्ने बाध्यतालाई कम गर्न विशेषज्ञ तथा शल्यक्रिया सेवालाई जिल्लास्तरसम्म विस्तार गर्न लागिएको छ ।” यसबाट दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लामा वा नजिकको सेवा केन्द्रबाट समयमै गुणस्तरीय आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसैबीच, नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पतालअन्तर्गत गण्डकी तथा कर्णाली प्रदेशमा सञ्चालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको वार्षिक कार्ययोजना तथा समीक्षा गोष्ठी पोखरामा हालै सम्पन्न भएको छ । कार्यक्रममा ती प्रदेशका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रका प्रतिनिधि, नेत्र विशेषज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता थियो ।

सो अवसरमा हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता मगर, नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री र सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घको गतिविधि तथा कार्ययोजनाका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

गोष्ठीमा गत आर्थिक वर्षका उपलब्धि तथा प्रगतिको समीक्षा गर्नुका साथै आगामी वर्षको कार्ययोजना तर्जुमा गरिएको थियो । सङ्घका कार्यकारी निर्देशक डा मिश्रले गोष्ठीमा समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार, आँखा उपचार केन्द्रहरूको क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारिता बढाउने विषयमा छलफल, अनुभव आदानप्रदान र आगामी रणनीति निर्माण गरिएको जानकारी दिनुभयो ।

हिमालय आँखा अस्पतालले अस्पतालमा आधारित सेवासँगै आँखा उपचार केन्द्र, बाह्य कार्यक्रम तथा निःशुल्क आँखा शिविरमार्फत गण्डकी र कर्णाली प्रदेशका नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । विशेषगरी कर्णालीका दुर्गम जिल्लामा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार गरी नागरिकलाई उनीहरूको नजिकै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालले आगामी कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

सन् २०२५ मा पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा

सङ्घका अनुसार सङ्घले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा, २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

Previous Post

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

Next Post

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
आवाज

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

५ साउन २०८३,
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना
आर्थिक

विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

५ साउन २०८३,
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
आवाज

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

५ साउन २०८३,
नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा
आर्थिक

नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

५ साउन २०८३,
सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक
आर्थिक

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

५ साउन २०८३,
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक
आर्थिक

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

५ साउन २०८३,
Load More
Next Post
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In