• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२९ असार २०८३,
0
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो ।

बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका-८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । यसैगरी सोही ठाउँमा रहेको स्थानीय दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत खोला किनारका स्थानीयका घरहरू बाढीको उच्च जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका-७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेको र बाढी घट्ने सङ्केत नदेखिएको भन्दै उहाँले आवश्यक सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । गुरुङको रेस्टुरेन्टबाट केही सामान स्थानीयको सक्रियतामा सुरक्षित स्थानमा सारिएको भन्दै उहाँले कुनै मानवीय क्षति भने नभएको जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पर्यटकीय गाउँ घान्द्रुक, लान्द्रुकलगायत ठाउँमा जाने सयौँ सवारीसाधन अलपत्र बनेका छन् । यसैगरी अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्नका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् । कतिपय यात्रु तथा पर्यटक पैदल हिँडेर गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ । तत्काल सडक खुलाउन सक्ने सम्भावना नरहेकाले केही समय आवागमन प्रभावित हुने प्रहरीले जनाएको छ ।

मोदीखोलामा दिउँसो ३ः०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो ।

यसैबीच खोलामा पानीको अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् ।मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेको तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले जानकारी दिनुभयो । उहाँका अनुसार चारवटै विद्युत् गृहबाट उत्पादन बन्द हुँदा झन्डै ७४ मेगावाट विद्युत् प्रभावित बनेको छ । मोदीखोलाको पर्वत खण्डमा सुरक्षा सावधानी तथा आवश्यक जोखिम न्यूनीकरणका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
—

Previous Post

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

Next Post

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

metakhabar

metakhabar

सम्बन्धित खबर

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै
आर्थिक

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

२९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ असार २०८३,
‘हरित आय’ले बदलेको महिलाको दैनिकी
कृषि

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

२९ असार २०८३,
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
आवाज

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

२९ असार २०८३,
क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ
आवाज

क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

२९ असार २०८३,
Load More
Next Post
‘हरित आय’ले बदलेको महिलाको दैनिकी

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In