• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

metakhabar by metakhabar
२९ असार २०८३,
0
पूर्वाधार विकासमा अग्रसर व्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दामैली (तनहुँ), २९ असारः असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ । वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यस पवित्र स्थल ओझेलमै पर्छ ।

नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पु¥याउने आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घा हरेक वर्ष असार २९ गतेको वरिपरि मात्रै चर्चामा आउने गरेको छ । बाँकी समय भने यो ऐतिहासिकस्थल अपेक्षाकृत सुनसान रहने स्थानीयको गुनासो छ ।

स्थानीय स्थानीय सन्देश आचार्यले भानुभक्तको नामले देशभर सम्मान गरिए पनि उहाँको जन्मस्थलले अझै पनि अपेक्षित प्राथमिकता पाउन नसकेको बताउनुभयो । “जयन्तीका बेला सबै आउँछन्, भाषण गर्छन्, योजना सुनाउँछन् । कार्यक्रम सकिएपछि फेरि सबै हराउँछन् । वर्षभर जन्मथलो सुनसान नै हुन्छ”, उहाँले गुनासो गर्नुभयो ।

भानु जयन्तीका अवसरमा विभिन्न साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । विद्यालयका विद्यार्थीदेखि साहित्यकारसम्मको उपस्थिति रहने यस अवसरमा जन्मथलो केही दिनका लागि मात्रै जीवन्त बन्छ । तर स्थायी रूपमा पर्यटन र साहित्यिक गतिविधि सञ्चालन हुन नसक्दा त्यसको प्रभाव केही दिनमै हराउने गरेको उहाँको भनाइ छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले चुँदीरम्घालाई अन्तरराष्ट्रियस्तरको साहित्यिक उद्यानका रूपमा विकास गर्ने महत्वाकाङ्क्षी योजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । यसका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि रु २४ करोडभन्दा बढी बजेट सुनिश्चित गरिसकेको उहाँले बताउनुभयो ।

“हामी चुँदीरम्घालाई केवल स्मारक स्थलमा सीमित राख्न चाहँदैनौँ”, उहाँले भन्नुभयो, “यसलाई साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ । बजेट सुनिश्चित भइसकेकाले अब निर्माण कार्यले गति लिन्छ ।”

गुरुयोजनाअनुसार नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । सोही क्षेत्रमा बहुआयामिक साहित्यिक संरचना निर्माण गरिनेछ । चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा परम्परागत गोलघर शैलीको भानु भवन निर्माण हुनेछ । उक्त भवनभित्र आदिकवि भानुभक्तको जीवन, साहित्यिक योगदान र ऐतिहासिक सामग्रीलाई चित्र, अभिलेख तथा प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ ।

त्यसैगरी भवनमाथि ५४ फिट अग्लो पलेटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना छ । यो प्रतिमा चुँदीरम्घाको प्रमुख आकर्षण बन्ने विश्वास गरिएको छ ।

गुरुयोजनामा नेपालका सातै प्रदेशका भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व हुने मूर्तिवाटिका निर्माण गर्ने योजना पनि समेटिएको छ । त्यहाँ विभिन्न साहित्यिक व्यक्तित्वका प्रतिमा स्थापना गरिनेछ । साथै भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल, पार्किङ क्षेत्र लगायतका संरचना निर्माण गरिनेछ ।

यससँगै सप्तधाम निर्माण, चुँदीरम्घादेखि शिखरकटेरीसम्मको सडक स्तरोन्नति तथा सुविधासम्पन्न सिँढी निर्माण गर्ने योजना पनि अघि बढाइएको छ । यी संरचनाले चुँदीरम्घालाई धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यो योजना घोषणा मात्रै होइन, समयमै कार्यान्वयन हुनु अझ महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । गुरुयोजना पूरा भए चुँदीरम्घामा वर्षभर पर्यटक, साहित्यकार र अध्ययन अनुसन्धान गर्नेहरूको आवागमन बढ्ने स्थानीय शङ्कर रानाभाटले बताउनुभयो । त्यसले स्थानीय रोजगारी, पर्यटन व्यवसाय र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ ।

Previous Post

पूर्वाधार विकासमा अग्रसर व्यास

Next Post

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

metakhabar

metakhabar

सम्बन्धित खबर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
समाचार

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

३० असार २०८३,
Load More
Next Post
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In