आज २०८३ साल असार २४ गते बुधबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेष : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।
वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ।
मिथुन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले साथले सोचेका काम बन्ने दिन रहेको छ । पारिवारिक मेलमिलाप हुनेछ । व्यवहार गर्दा सचेत हुने दिन छ ।
कर्कट : शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। कामका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्।
सिंह : हरेक काममा जोखिम थपिने छन्। आम्दानी भन्दा खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। साथीसँग काम गर्दा सचेत हुनुपर्ने दिन छ ।
कन्या : यात्रामा सचेत हुनुपर्नेछ । शुभकार्यको सुरुवात हुनेछ। परिवारमा एकपछि अर्को समस्या थपिने हुँदा गोपनीयता भंग नगर्नु राम्रो होला। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्ने दिन छ ।
तुला : मानसम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार देखिँदा मनमा खुसी मिल्नेछ । राज्यका तर्फबाट हुने जोखिमबाट जोगिनु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।
वृश्चिक : दिन राम्रो छ। विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासलाई निरन्तारता दिनु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।
धनु : आज अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिन्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। लगानी गरेको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ। हरेक काममा थप मिहिनेत गर्नु उचित हुनेछ ।
मकर : अचानक अवसर प्राप्त हुनेछ। स्वाथ्यमा गरेको काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने नाफा हुनेछ ।
कुम्भ : एकपछि अर्को अवरोध हट्नेछन्। पठनपाठनमा रुची बढ्नेछ। कतै यात्रामा जाने मौका मिल्नेछ । यात्रा सुखद् हुनेछ । साथीभाइसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ ।
मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ।













