• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

metakhabar by metakhabar
२३ असार २०८३,
0
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिक्कल (इलाम), २३ असारः यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जवेगूले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गर्नुभयो । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गर्नुभयो ।

कम मेहनत र कम लागतमा नै राम्रो उत्पादन हुने भएकाले फापरखेतीले उहाँलाई निकै प्रभावित बनायो । पहिलो वर्षको सफलतापछि उहाँले अब फापरको व्यावसायिक खेतीलाई थप विस्तार गर्ने योजना बनाउनुभएको छ । “मैले गत वर्ष पहिलो पटक ३० रोपनी क्षेत्रफलमा फापरको खेती लगाएको थिएँ । उत्पादन पनि अपेक्षाकृत नै भयो”, उहाँले भन्नुभयो, ‘“करिब ५० केजी बीउ प्रयोग गर्दा छ क्विन्टल फापर उत्पादन भयो ।”

उहाँका अनसार उत्पादन भएको फापरबाट राम्रो आम्दानी भएको छ । बजारमा फापरको माग उच्च रहेकाले अधिकांश उत्पादन घरैबाट बिक्री भएको उहाँले बताउनुभयो । घरैबाट प्रतिकेजी रु २०० देखि रु ३०० का दरले फापर बिक्री भएको उहाँले बताउनुभयो । “फापरको माग निकै रहेछ । घरमै आएर प्रतिकेजी रु २०० देखि रु ३०० का दरले किनेर लैजानुहुन्थ्यो । उत्पादन पर्याप्त नभएकाले सकैको माग पूरा गर्न सकिन”, उहाँले भन्नुभयो, “त्यसैले अब आगामी वर्षदेखि खेतीको क्षेत्रफल बढाएर व्यावसायिक रुपमा फापरखेती गर्ने योजना बनाएको छु ।”

गत वर्षको अनुभवपछि उहाँले यस वर्ष पनि सोही क्षेत्रफलमा फापरखेती गर्ने तयारी गर्नुभएको छ । यसका लागि आवश्यक जग्गा व्यवस्थापन, मलखाद तथा बीउको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । “गत वर्ष पहिलोपटक फापरखेती गरेको थिएँ । पहिलो अनुभवमै राम्रो उत्पादन र आम्दानी भएपछि यसप्रति मेरो आफ्नो आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “यस वर्षदेखि फापरलाई व्यावसायिक रुपमा विस्तार गर्ने योजना बनाएको छु । त्यसका लागि आवश्यक सबै तयारी गरिरहेको छु ।”

जवेगूको फापरखेतीप्रतिको आकर्षण बढाउन माङसेबुङ गाउँपालिकाको महत्वपूर्ण योगदान छ । आर्थिक वर्ष २०८१÷०८२ मा माङसेबुङ गाउँपालिकाले सञ्चालन गरेको ‘फापरखेती प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत उहाँले ५० प्रतिशत लागत साझेदारीमा रु छ लाख बराबरको कार्यक्रममा सहभागिता जनाउनुभयो । कार्यक्रमअनुसार कूल रु छ लाखमध्ये रु तीन लाख माङसेबुङ गाउँपालिकाले अनुदान उपलब्ध गराएको थियो भने बाँकी रु तीन लाख जवेगूले आफ्नै लगानी गर्नुभएको थियो ।

गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगले उहाँलाई फापरको व्यावसायिक खेती गर्न थप हौसला मिलेको उहाँ बताउनुहुन्छ । “गाउँपालिकाको अनुदान र प्राविधिक सहयोगले मलाई फापरको व्यावसायिक खेती गर्न थप हौसला मिलेको छ”, उहाँले भन्नुभयो, “पहिलो वर्षमै राम्रो उत्पादन र आम्दानी भएपछि फापर खेतीप्रति मेरो विश्वास बझ बढेको छ । अब खेतीको क्षेत्रफल विस्तार गरेर यसलाई व्यावसायिक रुपमा अघि बढाउने योनजा बनाएको छु ।”

जवेगू मात्र होइन, माङसेबुङका अन्य किसान व्यावसायिक फापरखेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले व्यक्तिगत एवं सामूहिक रुपमा फापरखेती सुरु गरेका छन् । माङसेबुङ –३ का देउकुमार इधिङ्गोले २० रोपनी क्षेत्रमा फापर खेती गर्दै आउनुभएको छ । उहाँले ‘इधिङ्गो कृषि तथा पशुपालन फार्म’मार्फत अन्य कृषि र पशुपालन व्यवसायसँगै फापरखेती गर्दै आउनुभएको छ ।

व्यावसायिक फापरखेती गर्ने किसानलाई गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ को ‘फापरखेती प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा इधिङ्गो फार्मलाई उपकरण तथा मेसिनरी खरिद गर्नका लागि रु चार लाखको कार्यक्रम उपलब्ध गराएको छ । कार्यक्रमअनुसार कूल रु चार लाखमध्ये रु दुई लाख माङसेबुङ गाउँपापलिकाले अनुदान उपलब्ध गराएको छ भने बाँकी रु दुई लाख इधिङ्गोले आफ्नै लगानी गर्नुभएको छ ।

रैथाने बाली प्रवर्द्धनका लागि गाउँपालिकाबाट ५० प्रतिशत अनुदान पाएपछि इधिङ्गो समेत खुसी हुनुहुन्छ । “हाम्रो दुःख र आवश्यकतालाई बुझेर माङसेबुङ गाउँपालिकाले कृषि उपकरण तथा मेसिनरी खरिदका लागि रु दुई लाख अनुदान उपलब्ध गराएको छ”, इधिङ्गोले भन्नुभयो, “यस्ता अनुदान र प्रोत्साहनका कार्यक्रमले हामीजस्ता किसानलाई व्यावसायिक कृषि कर्ममा लाग्न थप हौसला र आत्मविश्वास मिलेको छ ।”

माङसेबुङका किसान व्यक्तिगत रुपमा मात्र होइन, सामूहिक रुपमा समेत फापर खेतीमा आकर्षित भएका छन् । माङसेबुङ गाउँपालिका–५ का किसानहरु सहकारी संस्थामार्फत सामूहिक फापरखेतीमा लाग्नुभएको छ । यहाँका किसानहरु ‘माङसेबुङ बहुउद्देश्यीय सहकारी संस्था’मार्फत सामूहिक फापर खेतीमा लाग्नुभएको हो । सहकारी संस्थामार्फत ५० रोपनी क्षेत्रफलमा फापर खेती हुँदै आएको संस्थाका अध्यक्ष दुधबहादुर लावतीले बताउनुभयो ।

“हामीले सामूहिक खेती प्रणालीअन्तर्गत सहकारी संस्थामार्फत ५० रोपनी क्षेत्रफलमा फापरखेती गर्दै आएका छौँ”, अध्यक्ष लावतीले भन्नुभयो, “यसको उत्पादन र क्षेत्रफल दुवै बढाउँदै आगामी वर्षदेखि फापरखेतीलाई अझ विस्तार गर्दै लैजाने योजनामा छौँ ।”

उहाँहरुको सामूहिक फापरखेतीलाई समेत माङसेबुङ गाउँपालिकाले प्रवर्द्धन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को ‘फापरखेती प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत माङसेबुङ गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा सो सहकारी संस्थालाई रु आठ लाखको कार्यक्रम उपलब्ध गराएको छ । कूल रु आठ लाखमध्ये रु चार लाख माङसेबुङ गाउँपालकाले अनुदान उपलब्ध गराएको छ भने बाँकी रु चार लाख सहकारी संस्थाले साझेदारी गरेको छ । कार्यक्रमअन्तर्गत उपकरण तथा मेसिनरी खरिद एवं बीउ र मलखादको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन गरिएको संस्थाका अध्यक्ष लावतीले बताउनुभयो ।

यता माङसेबुङ गाउँपालिका कृषि विकास शाखाकी नायब कृषि प्राविधिक निरुपा राईले गाउँपालिकाले किसानलाई फापर खेती प्रवर्द्धनका लागि दिएको अनुदानले किसानहरु समेत उत्साहित भएको पाइएको बताउनुभयो । “हामीले जुन उद्देश्यका साथ किसानलाई अनुदान दिएका थियौँ, किसानहरु पनि उत्साहित रुपमा कृषि कर्ममा लागेको पाएका छौँ”, राईले भन्नुभयो, “गाउँपालिकाले कृषि क्षेत्रमा दिएको प्रोत्साहन कार्यक्रमले किसानहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा जगाएको पाएका छौँ, यसबाट हामी पनि सन्तुष्ट छौँ ।”

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढेको बताउनुभयो । “कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको माङसेबुङमा कृषि क्षेत्रलाई नै प्राथमिकता राखेर अघि बढेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा छन् । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनेछौँ ।”

बजार सहज

नेपालमा फापरको कुनै निश्चित र आधिकारिको बजारको व्यवस्था छैन । तर पनि मानिसहरुमा आउने गरेको स्वास्थ्य समस्याका कारण फापरको बजार बढ्दो देखिन्छ । उत्पादकले फापर स्थानीय बजार र केही ठूला बजारमा बिक्री गर्ने गर्छन् । माङसेबुङका किसानलाई फापर बिक्रीको कुनै समस्या छैन ।

फापरबाट विभिन्न बहुउपयोगी परिकार बन्ने भएकाले यसको बजार सहज रहेको माङसेबुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लावतीले बताउनुभयो । “फापर बिक्रीका लागि यहाँ कुनै समस्या छैन, बरु बजारमा माग धान्न सकिरहेका छैनौँ”, लावतीले भन्नुभयो ।

फापरमा औषधीय गुण भएकाले यसको बजारमा माग बढ्दो छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको बसोबास रहेको क्षेत्र ‘साकाहारी गाउँ’ माङसेबुङ गाउँपालिकामा नै पर्ने भएकाले पनि अधिकाशं फापर त्यहीँ खपत हुने गरेको अध्यक्ष लावतीको भनाइ छ । यसका साथै झापाको दमक, विर्तामोडलगायतका बजारहरुमा व्यापारीमार्फत माङसेबुङको फापर बिक्री हुने गरेको छ ।

माङसेबुङ गाउँपालिकामा फापर उत्पादन हुने कुनै यकिन तथ्याङ्कसहितको दस्तावेज छैन । यद्यपि, व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि गरी बढीमा पाँच मेट्रिक टनसम्म फापर उत्पादन हुँदै आएको माङसेबुङ गाउँपालिका कृषि विकास शाखाकी नायब पशु प्राविधिक राईले जानकारी दिनुभयो ।

पोषणयुक्त खाद्यान्न

नेपालमा फापरखेती प्राचीनकालदेखि गरिँदै आएको बाली हो । विशेषगरी हिमाली र पहडी भेगमा उत्पादन हुने रैथाने बाली फापर पोषणयुक्त खाद्यान्न हो । यसलाई भौगोलिक स्थानअनुसार ग्रिष्म, हिउँदे, शरद् र वसन्ते बालीको रुपमा खेती गरिँदै आएको छ । फापरलाई ठण्डा र आद्र हावानपी फाप्दछ तर पनि अलि बढी न्यानो तापक्रममा पनि खेती गर्न सकिन्छ । हिउँ र तुसारोेलाई छलेर खेती गर्नसकेमा निकै उचाइमा समेत फापरखेती गर्न सकिन्छ । नेपालमा दुई हजार १०० मिटरभन्दा माथिको भागमा फापर बढी मात्रामा खेती गरेको पाइन्छ ।

फापर तीते र मिठे गरी दुई प्रजातिको रहेको पाइन्छ । फापरलाई निकै लोकप्रिय खाद्यबालीको रुपमा लिइन्छ । स्वास्थ्यलाई निकै फाइदा पु¥याउने फापरबाट खाना, आँटो, ढिँडो, रोटीलगायत विभिन्न परिकार बनाएर उपभोग गर्ने गरिएको छ ।

पछिल्लो समय हराउन लागेको फापरखेतीलाई जोगाउन किसानहरु व्यावसायिक फापरखेतीमा लाग्नुपर्ने स्वयम् किसानहरु नै बताउँछन् । निकै महत्वपूर्ण खाद्यान्न भएकाले फापरको संरक्षणमा सबै लाग्नुपर्ने माङसेबुङ–३ का किसान कृष्ण बुढाथोकी बताउनुहुन्छ । “हामी सानै हुँदा गाउँघरमा फापरको प्रशस्त खेती हुन्थ्यो । आजकल क्रमशः कम हुँदै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “रैथाने बाली फापरको संरक्षण र प्रवर्द्धनमा सबैको साझा पहल आवश्यक छ । त्यसका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकाले स्पष्ट नीति बनाएर पकेट क्षेत्र विकास, उत्पादन प्रवद्र्धन र बजारीकरणसँग जोडिएका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।”

फापर पोषणयुक्त खाद्यान्न हो । फापरमा २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व पाइन्छ । फापरमा प्रशस्त मात्रामा पाइने म्याग्नेसियम शरीरलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । फापरमा प्रसस्तल मात्रामा रेशादार तत्व, भिटामिन बी १, बी २ र बी ६, प्रोटिन, खनिज पाइन्छ । साकाहारीका लागि फापर प्रोटिनको स्रोत हो । फापर मधुमेह नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ । फापर मिनरल, भिटामिनको राम्रो स्रोत मानिन्छ । साथै कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र प्रोटिन पनि पाइनछ । त्यसैले फापरलाई औषधिको रुपमा पनि बढी महत्व दिने गरेको पाइन्छ ।

खेती प्रविधि र बीउको संरक्षण

फापरको खेती निकासयुक्त बलौटे दुमट तथा पाँगो दुमट माटोमा राम्रो मानिन्छ । पानी जम्ने ठाउँमा यसको खेती गर्न सकिँदैन । अन्य बालीजस्तो यो बालीलाई धेरै मलिलो माटो पनि चाँहिदैन । धेरै मलिलो माटोमा फापर लगाउँदा पछि बाली ढल्छ । चिम्टाइलो माटोमा फापरको उम्रने शक्तिमा असर पर्ने हुँदा अङ्कुरण एकै नासको हुँदैन । फपेर्ले माटोमा अमलियपन सहन सक्छ । यसको लागि ५–६ पी एच उपयुक्त मानिन्छ ।

यसका लागि जमिनलाई एक–दुई पटक हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपात हटाउनुपर्छ । जमिन तयारी गर्दा पानीको राम्रो निकासको प्रबन्ध मिलाउनुपर्छ । रोप्ने समयमा माटोमा चिस्यान हुनुपर्छ । जमिनको राम्रो तयारी भएमा एक नासले फापर उम्रन्छ र बोटको उपयुक्त घनत्व कायम हुन्छ ।

फापरखेतीका लागि गोठे मल वा कम्पोष्ट मल उपयुक्त मानिन्छ । पापर रोप्नुभन्दा १५–३० दिन अगाडि राम्रोसँग पाकेको मल १००–१५० केजी प्रतिहेक्टरको दरले माटोमा एक नासले पर्ने गरेर तुरुन्तै माटोमा जोतेर वा खनेर मिलाउनुपर्दछ ।

फापर खाद्यान्न वा बीउ उत्पादनको निम्ति खेती गर्दा तराई भेगमा कात्तिकमा, मध्य पहाडमा भदौ र फागुन गरी दुई समयमा र उच्च पहाडमा वैशाखमा खेती गर्न सकिन्छ । बीउ टिप्ने बित्तिकै पनि उम्रने हुँदा तरकारी र सागको लागि हिउँ, तुसारो तथा अति चिसो समय छलेर अन्य जुनसुकै बेलामा लगाउन सकिन्छ । बीउका लागि एक वर्षभन्दा पुरानो बीउ हुनुहुँदैन । बीउका लागि खोष्टासहितको दानालाई घाममा सुकाएर एक वर्षसम्म साधारण घरमा राख्न सकिन्छ । दानालाई माटोको भाँडामा, माटोले लिपेको काठ वा बाँसको भाडामा, टिनमा, काठको बाकसमा पा थैलोमा राख्न सकिन्छ ।

फापरको बहुउपयोग

स्थानीयस्तरमा फापरलाई भात (खाना) को रुपमा, मुन्टा (कमलो काण्ड र पात) लाई साग तरकारीको रुपमा, पिठोबाट रोटी, ढिँडो, च्याख्लालाई जाँड, रक्सी आदि बनाएर खाने गरिन्छ । फापरको पिठोबाट चाउचाउ, केक, बिस्कुट, कुकिज, पाउरोटी, मम, सुप, सेलरोटी, हलुवा, प्यान केक आदि बनाएर खाने चलन छ ।

Previous Post

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

Next Post

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

metakhabar

metakhabar

सम्बन्धित खबर

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आवाज

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

२३ असार २०८३,
Load More
Next Post
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In