• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ असार २०८३,
0
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २३ असारः शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ । निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत बत्ती जडान अभियान सुरु गरिएको हो ।

प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री तथा प्रदेशसभा सदस्य बहादुरसिंह थापाले सोमबार स्वचालित बत्ती जडानका लागि आवश्यक सामग्री सम्बन्धित वडाध्यक्षलाई हस्तान्तरण गर्नुभयो । ती सामग्री हस्तान्तरण गर्दै उहाँले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरणका लागि पूर्वाधारमा गरिएको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने बताउनुभयो ।

निकुञ्ज आसपासका बस्तीमा रातिको समयमा पर्याप्त उज्यालो हुँदा जङ्गली हात्तीको गतिविधि समयमा थाहा पाउन सकिने, स्थानीयवासीले सतर्कता अपनाउन सक्ने तथा जनधनको क्षति कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । विकास निर्माणसँगै नागरिकको सुरक्षा सुनिश्चित गर्नु पनि जनप्रतिनिधिको दायित्व भएकाले जोखिमयुक्त क्षेत्रमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री थापाका स्वकीय सचिव ज्ञानेश्वर जोशीका अनुसार शुक्लाफाँटा नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र १२ मा गरी १०८ वटा स्वचालित बत्ती जडानको काम अगाडि बढाइएको छ । बत्ती जडानसम्बन्धी सम्पूर्ण सामग्री वडामा पुर्‍याइसकिएको छ । बेदकोट नगरपालिकामा भने हात्ती प्रभावित वडाको छनोटपछि बत्ती जडान गरिने उहाँले जानकारी दिनुभयो । त्यसपछि मात्रै कति बत्ती जडान हुने भन्नेबारे जानकारी प्राप्त हुने बताउनुभयो ।

वडाध्यक्षले हात्तीको आवतजावत बढी हुने क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा बत्ती जडानलाई अगाडि बढाउनुभएको छ । शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरले हालसम्म आठ स्थानभन्दा बढी क्षेत्रमा बत्ती जडान गरिसकिएको र वडामा बाँकी बत्ती जडान दुई दिनभित्र सम्पन्न गरिने बताउनुभयो ।

निकुञ्ज आसपासका बस्तीमा वर्षौंदेखि जङ्गली हात्तीले रातिको समयमा बालीनाली नष्ट गर्ने, घरगोठमा क्षति पुर्‍याउने तथा सर्वसाधारणमाथि आक्रमण गर्ने समस्या दोहोरिँदै आएको छ । अन्धकारका कारण हात्तीको उपस्थितिबारे समयमै जानकारी नहुँदा स्थानीयवासी उच्च जोखिममा पर्ने गरेका छन् ।

स्वचालित बत्ती जडान भएपछि साँझपखदेखि बिहानसम्म जोखिमयुक्त सडक तथा बस्ती वरपर पर्याप्त उज्यालो रहने भएकाले टाढैबाट हात्तीको गतिविधि देख्न सकिने शुक्लाफाँटा-४ का स्थानीय करनसिंह ऐरले बताउनुभयो । यसले सर्वसाधारणलाई समयमै सुरक्षित स्थानमा जान, बालीनाली जोगाउन तथा आवश्यक परे सम्बन्धित निकायलाई तत्काल सूचना दिन सहज बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उज्यालोको व्यवस्थाले रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणको सुरक्षा बढ्नुका साथै विद्यालय, स्वास्थ्य संस्था तथा ग्रामीण सडक प्रयोग गर्ने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सोही नगरपालिकाका वडा नं २ का नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । यसले वन्यजन्तुलाई अनावश्यक रूपमा उक्साउने वा मानवसँग आमनेसामने हुने अवस्था पनि केही हदसम्म कम गर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।

स्थानीयवासीले निकुञ्ज आसपासका जोखिमयुक्त क्षेत्रमा स्वचालित बत्ती जडानलाई सकारात्मक कदमका रूपमा लिएका छन् । बत्ती जडान कार्यक्रमलाई थप विस्तार गर्दै अन्य हात्ती प्रभावित क्षेत्रमा लागू गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् । दुवै पालिकाका हात्ती प्रभावित क्षेत्रमा प्रदेश सरकारको बजेटमा मेसवायर जडान भइरहेको छ ।

बेलौरीमा ‘फायर हाइड्रेन्ट’ जडान

आगलागीजन्य विपद्का कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले नगरका मुख्य बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ जडान गरेको छ । नगरले बेलौरी, कलकता र गोकुलपुर बजारमा गरी तीन वटा फायर हाइड्रेन्ट जडान गरेसँगै आगलागी नियन्त्रणका लागि आवश्यक पानी तत्काल उपलब्ध गराउन सकिने भएको छ ।

नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार युनिसेफको सहयोगमा प्रत्येक हाइड्रेन्ट जडानका लागि करिब रु ७५ हजार खर्च भएको छ । एक साताअघि जडान सम्पन्न भई आवश्यक परीक्षणसमेत गरिएको छ ।

“फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली हो”, उहाँले भन्नुभयो, “जसलाई खानेपानीको मुख्य पाइपलाइनसँग जोडिएको हुन्छ, आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ ।” यसले आगो नियन्त्रणको समय छोट्याउने र क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।

पाण्डेयका अनुसार आगलागीको सुरुआती केही मिनेट अत्यन्त संवेदनशील हुने भएकाले पानीको सहज उपलब्धताले आगो फैलिन नदिइ नियन्त्रण गर्न ठूलो सहयोग पुग्छ । स्थानीय व्यवसायी, समुदाय र सरोकारवालालाई आगलागी नियन्त्रण, हाइड्रेन्टको संरक्षण तथा विपद् सचेतनासम्बन्धी कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ । गोकुलपुरका स्थानीय बासिन्दा रामबहादुर चौधरीले बजार क्षेत्रमा फायर हाइड्रेन्ट जडान भएपछि आकस्मिक आगलागीको अवस्थामा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।

Previous Post

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

Next Post

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आवाज

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

२३ असार २०८३,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

२३ असार २०८३,
Load More
Next Post
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In