• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

metakhabar by metakhabar
१४ असार २०८३,
0
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी,  गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ प्रस्तुत गर्नुभएको छ ।

बैठकको सुरुमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नन्दप्रसाद न्यौपानेले सङ्घ सरकारले कानुन नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत् ऐन कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले खानेपानी पाइप खरिदको प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाइने बताउनुभयो । मन्त्री न्यौपानले ‘एक घर, एक धारा’ अभियानअन्तर्गत आगामी वर्ष १५ हजार घरमा खोनेपानी धारा जडान गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

वन तथा वातावरणमन्त्री नम्डु गुरुङले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । वनपैदावरको उत्पादन तथा उत्पादकत्व वृद्धि र जैविक विविधताको संरक्षणका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँको भनाइ थियो । सीमित स्रोतसाधन, उच्च चालु खर्च, न्यून विकास बजेटका बाबजुद मन्त्रालयले प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनलाई केन्द्रमा राखेर काम गरिरहेको मन्त्री गुरुङले बताउनुभयो ।

स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्न प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले धवलागिरि अस्पतालमा रहेको हरि खड्का ट्रमा सेन्टरमा औजारउपकरण खरिदका लागि रु ६० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । डायलायसिस सेवालाई प्रभावकारी बनाउन जनशक्ति र तालिमको प्रबन्ध गरिने मन्त्री पाण्डेले बताउनुभयो ।

सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले समावेशी, समन्यायिक र सन्तुलित ढङ्गले मन्त्रालयले बजेट तुर्जमा गरेको बताउनुभयो । महिला सशक्तीकरण, सीप विकास, सामाजिक न्याय, समावेशिता, रोजगारी सृजना, धर्मसंस्कृतिको संरक्षण आदि क्षेत्रलाई बजेटले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव मुल्याङ्कन तयार भइसकेको बताउनुभयो । सङ्घ सरकारबाट जग्गाको भोगाधिकार लिएपछि औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने उहाँको भनाइ छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीले रासायनिक मलको वितरणलाई व्यवस्थित र पारदर्शी बनाइने बताउनुभयो । जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले यही असार ५ गते प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल जारी छ । प्रदेशसभाको अर्को बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Previous Post

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In