• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

    आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

metakhabar by metakhabar
२८ जेष्ठ २०८३,
0
दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिक्कल (इलाम), २८ जेठः इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् ।

यहाँका सबैजसो किसानले अन्नबाली फल्ने खेतबारी मासेर व्यावसायिक केरा खेती लगाएका छन् । प्रत्येक किसानले आफ्नो खेतबारीमा एक सयदेखि एक हजार बोटसम्म केरा रोपेका छन् । रोपिएका अधिकांश केराको बोटबाट घरी (फल) लाग्न सुरु भइसकेको छ ।

व्यावसायिक रुपमा गरिएको केरा खेतीबाट यहाँका किसानले अन्नबालीको तुलनामा तेब्बर बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट उनीहरुले घरखर्च चलाउँदै आएका छन् ।

किसान टुपेन्द्र लिम्बूले केरा खेती आफ्नो आम्दानीको मुख्य स्रोत बनेको बताउनुभयो । ५ वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउनुभएका उहाँले केरा बिक्री गरेर वार्षिक रु दुईदेखि रु तीन लाखसम्म कमाउँदै आउनुभएको बताउनुभयो । उहाँले करिब १० रोपनी क्षेत्रफलको जग्गामा एक हजार बोट केरा रोप्नुभएको छ । उहाँको अगुवा ५०० बोट केराले आम्दानी दिन थालेको बताउनुभयो ।

“मैले अन्नबाली फल्ने खेतबारी मासेर करिब एक हजार बोट केरा खेती लगाएको छु, अगुवा आधा झ्याङबाट घरी (फल) उत्पादन हुन थालेको छ,” लिम्बूले रासससँग भन्नुभयो, “प्रतिघरी रु ३०० देखि रु ७०० सम्ममा घरैबाट बिक्री हुन्छ, अन्नबालीभन्दा तेब्बर बढी आम्दानी हुने रहेछ ।” रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केरा खेतीबाट मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

अर्का किसान मिलन राईले केरा बिक्रीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा खेती सुरु गर्नुभएको छ । उहाँले करिब ५०० बोट केरा रोप्नुभएको छ । जसमध्ये ३०० बोटबाट नियमित आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले केरा खेती सुरु गरेको उहाँले बताउनुभयो । “अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम समेत खर्च गर्नु नपर्ने र आम्दानी समेत छिटो दिने भएकाले अन्नबाली उत्पादन हुने जग्गामा केरा खेती सुरु गरेको हुँ,” उहाँले भन्नुभयो, “बिक्री नहुने हो कि भन्ने चिन्ता पनि हुँदैन, व्यापारीहरु घरैमा आएर राम्रै दाम दिएर लैजान्छन् ।” तीन वर्षदेखि व्यावसायिक केरा खेतीमा लाग्नुभएका राईले यस वर्षदेखि खेती विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

केरा खेतीबाट घरव्यवहार चलाउन रकम जुटाउनसमेत सहज भएको अर्का किसान तीर्थ साउदेनले बताउनुभयो । ‘करिब पाँच रोपनी जग्गामा २०० बोट केरा रोपेको छु, केहीले आम्दानी दिन थालेको छ,” गत वर्षदेखि केरा खेती सुरु गर्नुभएका साउदेनले भन्नुभयो, “पहिलो वर्ष रु ८० हजार आम्दानी गरेको छु, यसले मलाई घरव्यवहार चलाउन सहज भएको छ ।”

बोरुङका सबैजसो किसानहरुले खेतीयोग्य जमिन मासेर नै व्यावसायिक केरा खेती गर्दै आएका छन् । उनीहरुले चिनीचम्पा, धुस्रे, काबेली, झाजी, भण्डारी, झपरीलगायत अन्य स्थानीय प्रजातिका केरा खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएको केरा बिक्री गर्न कुनै समस्या छैन । व्यापारीहरु घरैमा आएर खरिद गरी लजाने गरेका छन् । बगानबाटै व्यापारीले लैजाने गरेकाले किसानलाई बजारसम्म पु¥याउने झन्झट छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले केराको मूल्य समेत राम्रै पाएको वडा सदस्य विनोद साउदेनले बताउनुभयो ।

“यहाँका किसानले उत्पादन गरेको केरा बिक्रीका लागि कुनै समस्या छैन, व्यापारीहरु घरघरमा नै आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यातायातको सुविधा विस्तार भएपछि किसानले समेत केराको राम्रै मूल्य पाएका छन् ।”

स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूह र माई नगरपालिका समेतको लगानीमा बोरुङ टोलसम्म सडक विस्तार भएपछि किसानलाई राहत मिलेको वडा सदस्य साउदेनको भनाइ छ । यहाँ उत्पादित केरा स्थानीय व्यापारीमार्फत झापाको विर्तामोड, काँकडभिट्टा, दमक, सुनसरीको धरान, मोरङको विराटनगरसहित काठमाडौँसम्म पुग्ने गरेको छ ।

कम मेहनत र थोरै लगानीमा सहजै आम्दानी लिन सकिने भएपछि दक्षिणी इलामका किसानहरु व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका हुन् । बाँझो रहेको जग्गा र तथा पाखासमेत सदुपयोग गर्दै किसानले व्यावसायिक केरा खेती विस्तार गरेका हुन् । उनीहरुले केरा खेती गरी लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लाको माई नगरपालिका बोरुङसहित दानाबारी, महमाई, चिसापानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सिङफेरे, मार्चेबुङ, सिमलटार, चुलाचुली गाउँपालिकाको तोरिबारी, साकफारालगायतका किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् ।

Previous Post

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

Next Post

विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
समाचार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

१ अशोज २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

१ अशोज २०८३,
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता
समाचार

आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

१ अशोज २०८३,
१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

१ अशोज २०८३,
Load More
Next Post
विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In