• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

metakhabar by metakhabar
२२ जेष्ठ २०८३,
0
तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य चुनौती बढाएको छ । तापक्रम निरन्तर उकालो लागेसँगै दैनिक ज्यालादारी गर्ने मजदुर, किसान, विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने आम्दानी घट्नुका साथै गर्मीजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन् ।

बैजनाथ गाउँपालिका–५ निवासी ४७ वर्षीया कमला नेपालीले भनिन्, ‘दैनिक हजारदेखि एक हजार २०० रुपैयाँसम्म कमाउँथेँ, तर अहिले रु ५०० कमाउन पनि गाह्रो छ ।’ वैदेशिक रोजगारबाट फर्किएपछि विगत साढे चार वर्षदेखि रिक्सा चलाउँदै आएकी कमलाले आफू र सन्तानको खर्च रिक्साको आम्दानीबाट धान्दै आएकी छन् । उनका अनुसार गर्मी मौसममा बिहान र साँझबाहेक यात्रु कम पाइने भएकाले आम्दानीमा उल्लेख्य कमी आएको छ ।

‘गर्मीमा साँझ र बिहान मात्र यात्रु भेटिन्छन् । दिउँसो कोही पनि निस्कँदैनन्, त्यसैले कमाइ घटेको छ, कमलाले भनिन् । घरायसी जिम्मेवारीका कारण बिहान र साँझ रिक्सा चलाउन नपाउने भएकाले दिउँसो मात्रै काम गर्नुपर्ने र त्यही समयमा यात्रु नपाइने समस्या रहेको उनको भनाइ छ ।

सानासाना केटाकेटी छन् । बिहान खाना पकाउने, विद्यालय पुर्‍याउने र घरधन्दा गर्दा रिक्सा चलाउन भ्याइँदैन । साँझ पनि उनीहरूलाई विद्यालयबाट ल्याएपछि समय मिल्दैन । दिउँसो मात्रै रिक्सा चलाउँछु, तर गर्मीले यात्रु पाइँदैन’, उनले भनिन् ।

खजुरा गाउँपालिका–३ निवासी पार्वती थारुको आम्दानीमा पनि गर्मीले असर पुर्‍याएको छ । विगत छ वर्षदेखि टनेलखेती गर्दै आएकी उनले यस वर्षको अत्यधिक गर्मीले तरकारी उत्पादनमा ठूलो क्षति पुगेको बताइन् ।

‘तरकारीखेती यसपटक राम्रोसँग फस्टाउन सकेन । उत्पादन कम हुँदा बिक्री पनि घट्यो’, उनले भनिन् । यस वर्ष उनले करेला र लौकाखेतीका लागि रु एक लाख ७० हजार लगानी गरेका थिए । तर अपेक्षाअनुसार उत्पादन नभएकाले अघिल्लो वर्षको तुलनामा झण्डै ६० प्रतिशत आम्दानी घटेको उनको भनाइ छ ।

प्रत्येक याममा करिब पाँच लाख बराबरको तरकारी बिक्री गर्ने गरेको उल्लेख गर्दै उनले यस वर्षको गर्मीले खेतीमा अभूतपूर्व असर पारेको बताइन् ।

‘यो वर्षजस्तो गर्मी पहिले कहिल्यै अनुभव गरेको थिइनँ । मानिस मात्र होइन, तरकारी र बोटबिरुवासमेत गर्मीले प्रभावित भए’, पार्वतीले भनिन् । उनका अनुसार पर्याप्त मलजल र स्याहारसुसार गर्दागर्दै पनि केही बिरुवा सुके भने केही कोपिलामै नष्ट भए ।

बाँकेमा अत्यधिक गर्मीका कारण विद्यार्थी पनि प्रभावित भएका छन् । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारी विद्यालयले हरेक वर्षझैँ बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन गरिरहेका छन् ।

जानकी गाउँपालिका–२ स्थित भृकुटी प्राथमिक विद्यामन्दिरकी शिक्षिका राजकुमारी सिंह ठकुरीले गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा बस्न कठिन भइरहेको बताइन् ।

‘पङ्खा चले पनि कक्षाकोठामा तातो हावाकै महसुस हुन्छ । विद्यार्थीमा थकान, टाउको दुख्ने, चक्कर आउने र पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेको छ’, उनले भनिन् ।

टाढाबाट पैदल हिँडेर विद्यालय आउने विद्यार्थी अझ बढी प्रभावित हुने गरेको उनको भनाइ छ । ‘विद्यार्थीलाई पर्याप्त पानी पिउन, टाउको छोपेरसकेसम्म घामबाट जोगिन सल्लाह दिएका छौँ । अभिभावकले पनि बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ’, उनले भनिन् । अत्यधिक गर्मीका कारण भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेका अनुसार गर्मीजन्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ । ‘बालबालिका, बाहिर काम गर्ने युवा तथा ज्येष्ठ नागरिक बढी प्रभावित भइरहेका छन् । शरीरमा पानीको कमी, टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान, वान्ता हुने तथा बेहोस हुनेजस्ता समस्या बढिरहेका छन्’, उनले भनिन् ।

गर्मीबाट बच्न दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन र बाहिर जानै परे छाता, छाउको छोप्न तथा हलुका सुती कपडा प्रयोग गर्न डा राजनले सुझाव दिए ।

‘तिर्खा लागेपछि मात्र होइन, नियमित रूपमा पर्याप्त पानी पिउनुपर्छ । नरिवल पानी, फलफूलको रस, जाउलो तथा अन्य झोलयुक्त खानेकुराले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ’, उनले भने । लामो समयसम्म चर्को घाममा बस्दा हिट स्ट्रोकको जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन उनले आग्रह गने ।

डा राजनले भने, ‘सकेसम्म छायाँयुक्त स्थानमा बस्ने, अनावश्यक रूपमा घाममा नहिँड्ने र शरीरमा पानीको कमी हुन नदिने बानीले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । सामान्य लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन, आवश्यक परे चिकित्सकीय परामर्श लिनुपर्छ ।’

Previous Post

मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले

Next Post

सर्वोच्चको आदेश – वायुसेवा निगमका सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउनु

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
सर्वोच्चको आदेश – वायुसेवा निगमका सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउनु

सर्वोच्चको आदेश – वायुसेवा निगमका सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउनु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In