• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० जेष्ठ २०८३,
0
समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

करिब ३०० अर्ब डलर मूल्यको अनुमान गरिएको समुद्री ऊर्जा भण्डारमाथिको विवाद थप जटिल बन्दै जाँदा कम्बोडियाले थाइल्यान्डसँगको समुद्री दाबी टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घीय प्रक्रियाको औपचारिक बाटो समातेको छ । कम्बोडियाले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ समर्थित मध्यस्थता संयन्त्र सक्रिय गर्दै समुद्री कानूनअन्तर्गत विवाद समाधान प्रक्रिया सुरु गरेको घोषणा गरेको हो ।

थाइल्यान्डको खाडी क्षेत्रमा पर्ने ओभरल्यापिङ समुद्री दाबी, ऊर्जा अन्वेषण र सीमाङ्कनसम्बन्धी मतभेदका कारण दुई दक्षिणपूर्वी एसियाली छिमेकीबीच दशकौँदेखि तनाव रहँदै आएको छ । विवाद केवल समुद्री सीमामा सीमित नभई करिब ८०० किलोमिटर लामो स्थलसीमाको सीमाङ्कनसमेत लामो समयदेखि असहमतिका केन्द्रमा रहँदै आएको छ । यसलाई फ्रान्सेली औपनिवेशिक कालको अपूर्ण सीमारेखाको विरासत मानिन्छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले राज्य सञ्चालित टिभिकेमार्फत सम्बोधन गर्दै आफ्नो सरकारले थाइल्यान्ड र संयुक्त राष्ट्रसङ्घका महासचिवलाई औपचारिक सूचना पठाएर समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्र महासन्धि (युएनसिएलओएस) अन्तर्गत ‘अनिवार्य मेलमिलाप कार्यवाही’ सुरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“हामीले अन्तर्राष्ट्रिय कानूनअनुसार कम्बोडियाको सार्वभौमिकता र समुद्री अधिकारको रक्षा गर्न यो कदम चालेका छौँ”, हुन मानेटले भन्नुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय विशेषज्ञ मेलमिलापकर्ताको निगरानीमा हुने प्रक्रिया दुवै देशका लागि निष्पक्ष र दीर्घकालीन समाधानतर्फको अवसर हुन सक्छ ।

यो कदम थाइल्यान्डले गत महिना सन् २००१ मा हस्ताक्षर भएको द्विपक्षीय समझदारी सम्झौता रद्द गरेपछि आएको हो । ‘एमओयु–४४’ भनेर चिनिने उक्त सम्झौतालाई ओभरल्यापिङ समुद्री दाबी र ऊर्जा अन्वेषणसम्बन्धी सहकार्यको आधार मानिन्थ्यो ।

थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आफ्नो सरकारले लामो समयदेखि कार्यान्वयनमा गतिरोध देखिएको भन्दै उक्त समझदारी खारेज गरेको बताउनुभएको थियो । त्यसपछि कम्बोडियाले विवादलाई द्विपक्षीय वार्ताबाट बाहिर निकालेर संयुक्त राष्ट्रसङ्घीय संरचनाभित्र लैजाने तयारी अघि बढाएको हो ।

युएनसिएलओएसका पक्ष राष्ट्र भएकाले कम्बोडिया र थाइल्यान्ड दुवै अन्तर्राष्ट्रिय समुद्री कानूनको दायराभित्र छन् । कम्बोडियाले यही कानूनी आधारलाई प्रयोग गर्दै विवाद समाधानका लागि अन्तर्राष्ट्रिय संयन्त्रको सहयोग खोजेको हो ।

यता, थाइल्यान्डको विदेश मन्त्रालयले मङ्गलबार एएफपीको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन । तर आर्थिक पक्षले भने विवादको संवेदनशीलता अझ बढाएको छ । थाइल्यान्डको ऊर्जा मन्त्रालयका अनुसार दुवै देशको दाबी परेको समुद्री क्षेत्रमा रहेको तेल र प्राकृतिक ग्यासबाट भविष्यमा करिब ३०० अर्ब अमेरिकी डलर बराबरको आम्दानी हुन सक्ने अनुमान गरिएको छ ।

दुई देशबीचको तनाव पछिल्ला महिनाहरूमा समुद्री मुद्दाभन्दा बाहिर गएर सीमा सुरक्षामा पनि फैलिएको थियो । जुलाई र डिसेम्बरमा भएका दुई चरणका घातक सीमा झडपपछि दुवै पक्ष युद्धविराममा सहमत भएका थिए । तर त्यसयता एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउने क्रम रोकिएको छैन ।

लामो समयदेखि जारी सीमा विवाद हिंसात्मक सङ्घर्षमा परिणत हुँदा दर्जनौँ मानिस मारिएका थिए । लडाइँका क्रममा दुवै पक्षले थाइल्यान्डको नियन्त्रणमा रहेको सीमावर्ती क्षेत्रका विभिन्न स्थान खाली गरेका थिए ।

कम्बोडियाले विवादित क्षेत्रबाट थाई सेना फिर्ता लिन निरन्तर माग गर्दै आएको छ । साथै, सीमा तनावका क्रममा ऐतिहासिक सम्पदा मन्दिरहरूमा पुगेको क्षतिका लागि कम्बोडियाले थाइल्यान्डको आलोचना पनि गर्दै आएको छ ।

समुद्री ऊर्जा स्रोत, सीमा नियन्त्रण र ऐतिहासिक विवादले गाँसिएको यो द्वन्द्व अब संयुक्त राष्ट्रसङ्घीय प्रक्रियामा प्रवेश गरेसँगै दक्षिणपूर्वी एसियाको अर्को जटिल भू–राजनीतिक मुद्दाका रूपमा थप अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने सङ्केत देखिएको छ ।

Previous Post

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित
फिचर-ब्यानर

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

२० जेष्ठ २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
फिचर-ब्यानर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

२० जेष्ठ २०८३,
थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु
समाचार

थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

२० जेष्ठ २०८३,
संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने
फिचर-ब्यानर

संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

२० जेष्ठ २०८३,
नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने
समाचार

नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

२० जेष्ठ २०८३,
अब स्थल नाकाबाट ल्याइने ५ सय रुपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने
फिचर-ब्यानर

अब स्थल नाकाबाट ल्याइने ५ सय रुपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने

२० जेष्ठ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In