काठमाडौँ । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद् बैठक आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार दुवै सदनको बैठक सोही दिन दिउँसो २ बजे बस्नेछ । सरकारले सिफारिस गरेका आठवटै अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएसँगै संसद् बैठक आह्वानको प्रक्रिया अघि बढाइएको हो ।
यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद् बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।













