• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

    बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

    सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…

    भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट जात्रा सम्पन्न भएको छ । सपनतीर्थ मेलासँगै सुरु भएको उक्त जात्रा आज साँझ लिङ्गो ढलाएसँगै सम्पन्न भएको हो । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झै यस वर्ष भव्य रूपमा जात्रा लागेको थियो ।

वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दुर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो । उहाँका अनुसार वैशाख २ गते बिहान टोखा नगरपालिका-२ गणेशस्थान थलागटोलमा सिन्दुर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ ।

वैशाख ३ गते बिहान ६ः०० बजे माथिल्लो लाछिमा सिन्दुर जात्रा गरेर उठाइएको रथ दिउँसो १ः०० बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ः०० बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

सोही दिन साँझ उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाउने परम्परा रहिआएको गुथिः टोखाका अध्यक्ष नापितले बताउनुभयो । उहाँका अनुसार सोही दिन रातभर गुठियार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन छ ।

जात्राको अन्तिम दिन आज बिहान ६ः०० बजे सानोलाक्षीबाट सिन्दुर जात्रा गरी दिउँसो १ः०० बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ । उक्त स्थानमा बिसाइएको रथलाई विधिसहित सरकारी पूजाका साथै सिन्दुर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यससँगै टोखाको ऐतिहासिक चारदिने विस्केट जात्रा आज सम्पन्न भएको छ ।

Previous Post

अफ्रिकी किसानलाई रूसमा पुनःस्थापना गर्ने पहलले अन्तर्राष्ट्रिय बहस तात्यो

Next Post

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

metakhabar

metakhabar

सम्बन्धित खबर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश
आवाज

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

५ बैशाख २०८३,
बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो
फिचर-ब्यानर

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

५ बैशाख २०८३,
सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…
समाचार

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

५ बैशाख २०८३,
Load More
Next Post
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In