• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

    काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

    भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’

by
२१ माघ २०७९,
0
काट्ने बेलाको धान गैंडाले नष्ट पार्‍यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताए ।

उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताए । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्‍याएको उनको भनाइ छ ।

‘जनावरको संरक्षणले पारिस्थितिकीय प्रणालीको रक्षा गर्छ । नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद्ध छ’, उनले भने । स्थानीयको सहयोग र सहभागितामा वन्यजन्तु सुरक्षा गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि जनावरको संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए ।

एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले भने , ‘गैँडासहित वन्यजन्तु संरक्षणका लागि विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ ।’ तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको उनको भनाइ छ ।

‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन्। उनीहरूले आ–आफ्नो देशमा गैँडा संरक्षणका क्षेत्रमा भएका प्रगतिहरू प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार बैठकमा भेनेजुएयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिकालगायतका देशका संरक्षणकर्मीहरू पनि सहभागी भएका छन् ।

सम्मेलनका सहभागीहरूले गैँडा संरक्षणमा देखिएका चुनौती र भावी योजनाको विषयमा छलफल गर्नेछन् । संरक्षणको विषयमा सामूहिक दायित्व लिएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने पन्तले जानकारी दिए । नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो । भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन् ।

विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ । कार्यक्रममा संरक्षणका विषयमा भावी योजनासमेत निर्माण गरिने पन्तले बताए । पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । शनिबार गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ । यस्तै आइतबार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ ।

छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा। कृष्णप्रसाद ओली र विभागका उपमहानिर्देशक अजय कार्कीले भनाइ राखेका थिए । यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्र्रो भारतको नयाँदिल्लीमा भएको थियो ।

–नारायण अधिकारी रासस

Previous Post

बोल्ड लुक्समा निहा

Next Post

कतारमा काम गर्ने एक भाग्यमानी नेपाली, जसलाई पर्यो ८२ करोडको चिठ्ठा

सम्बन्धित खबर

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

२३ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
आवाज

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

२३ असार २०८३,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
आवाज

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

२३ असार २०८३,
काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह
अन्तर्राष्ट्रिय

भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

२३ असार २०८३,
अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
Load More
Next Post
कतारमा काम गर्ने एक भाग्यमानी नेपाली, जसलाई पर्यो ८२ करोडको चिठ्ठा

कतारमा काम गर्ने एक भाग्यमानी नेपाली, जसलाई पर्यो ८२ करोडको चिठ्ठा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In