आवश्यक सामग्रीः
चामल सफा गरेको – १ के.जी.
क्रिम – १५० ग्राम
घिउ – २ ठूलो ग्राम
धेरै गिलो नभई ठिक्क पाकेको मेवा – २०० ग्राम
नुन, गरम मसला – स्वाद अनुसार
पनिर प्यूरी – २५० ग्राम
काटेको हरियो धनिया र चीज – इच्छाअनुसार
बनाउने विधि:
– चामल पखाल्ने र आधा क्रिममा राम्ररी मोलेर चिसोमा छोपेर आधा घण्टा राख्ने ।
–घिउमा चामल फ्राई गर्ने र गरम मसला र चामलभन्दा एक गुणा बढी पानी राखेर पकाउने ।
–बेकिङ्ग डिसमा तल्लो तहमा पाकेको पुलाउ अर्काे तहमा क्रिम त्यसमाथि फेरि पुलाउको पातलो तह, त्यसमाथि फ्राई चिजको तहलाई राम्ररी मिलाएर ओभनमा वेक गर्ने ।
–पाकेपछि माथिबाट मेवा र हरियो धनियाको भुजुरी बनाई छर्ने ।
–पस्कँदा सबै तह देखिने गरी पस्कने ।
पनिर प्यूरी बनाउने विधि:
–घ्यूमा प्याज जिरा फ्राई गर्ने र ठूलो टमाटरको गुदि र इच्छाअनुसार पनिर राखेर मजाले चलाउँदै घोट्ने ।
–स्वाद अनुसारको नून मरिच राखेपछि पनिर प्यूरी तयार हुन्छ ।
–पुलाउ र पनिर प्यूरी अति मीठो हुन्छ ।
साभारः ‘सजिलो कुकिङ’ पुस्तकबाट













