• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेश सरकार स्थापनामा प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

by
२० माघ २०७९,
0
गण्डकी प्रदेश सरकार स्थापनामा प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । गण्डकी प्रदेश सरकारको स्थापना दिवस पारेर पोखरामा प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद्ले सरकार स्थापनाका अवसर पारेर फागुन १ देखि ३ गतेसम्म मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल गर्ने निर्णय गरेको हो । विसं २०७४ फागुन २ गते पहिलोपटक प्रदेश सरकार गठनको दिनलाई प्रदेश सरकारको स्थापना दिवसका रूपमा विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।

सरकारको स्थापना दिवस पारेर प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता गर्ने निर्णय प्रदेश खेलकुद परिषद्को आजको कार्यकारी समितिको बैठकले गरेको सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट सहभागिता गराउने योजना छ । भलिबल खेलको विकास र विस्तार गरी नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउ पुग्ने विश्वास आयोजकको छ ।

पौडेलले भन्नुभयो, “राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौँ । यो प्रतियोगिताले खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीको छनोटमा सघाउ पुग्नेछ ।” प्रतियोगिताको तयारीका लागि बैठकले परिषद्का सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्सीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।सो समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङ र महासचिव तहलसिंह थापा मगर रहनुभएको छ ।

प्रतियोगिता संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता गराउने जानकारी दिँदै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला तथा पुरुष टिमलाई क्रमशः नगद रु एक लाख ५० हजार, रु एक लाख र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद रु २० हजार तथा विधागतरूपमा उत्कृष्ट पाँच विधाका महिला तथा पुरुष खेलाडीले जनही रु १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त आयोजकले जनाएको छ ।

Previous Post

विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजान शिक्षा ऐन अगाडि बढाउने

Next Post

हवाई उड्यन सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
हवाई उड्यन सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर

हवाई उड्यन सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In