• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
५ चैत २०८२,
0
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

भद्रपुर (झापा), ५ चैतः झापाको मेचीनगर–१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शी सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गर्नुभएको छ ।

विसं २०५० तिर उहाँका बुबा घनश्याम चिमोरियाले गाउँघरमा सङ्कलन भएको दूध साइकलबाट भारतको सिलिगुडी बजार पु¥याउने काम गर्नुहुन्थ्यो । त्यसबेला नेपालमा दूधको बजार सीमित थियो, जसका कारण उत्पादन भएको दूध भारतीय बजारमा बेच्नुपर्ने बाध्यता थियो ।

केही वर्षपछि योगेन्द्रका दाजु पनि यस व्यवसायमा जोडिनुभयो । विस्तारै गाउँका अन्य व्यक्तिहरूलाई समेत जोड्दै दूध सङ्कलनको दायरा बढ्दै गयो । त्यसबेला दैनिक करिब एक हजार ५०० लिटर दूध साइकलबाटै सिलिगुडी पु¥याइन्थ्यो, जुन आफैँमा चुनौतीपूर्ण काम भएको चिमोरियाको भनाइ छ ।

“समयसँगै दूधको माग बढ्दै गयो र सङ्कलन पनि विस्तार हुँदै गयो । त्यसपछि पिकअप भ्यान खरिद गरेर दूध ढुवानी गर्न थाल्यौँ । भारतीय दूतावासको अनुमति लिएर २०६० सालरदेखि व्यवस्थित रूपमा ढुवानी सुरु गरियो । त्यसपछि व्यवसायलाई थप गति दिन सफल भएका हौँ”, उहाँले भन्नुभयो ।

चिमोरियाले विसं २०६१ तिर सिलिगुडीस्थित हिमुल डेरीमा दूध बिक्री गर्न थालेपछि डेरी उद्योगको सम्भावना नजिकबाट बुझेको बताउनुभयो । यही अनुभवले आफूलाई नेपालमै डेरी उद्योग स्थापना गर्ने सोचतर्फ प्रेरित गरेको उहाँले सुनाउनुभयो ।

त्यही सोचले विसं २०६३ मा चिमोरिया परिवारले घरेलु तथा साना उद्योगमा दर्ता गरेर औपचारिक रूपमा डेरी व्यवसाय सुरु ग¥यो । नेपालमै डेरी उत्पादनको बजार छ भन्ने कुरा विसं २०६३ को तीज मेलामा देखिएको उच्च मागले पुष्टि गरेको व्यवसायी चिमोरियाको बुझाइ छ । उक्त मेलामा दूध र दहीको अत्यधिक माग भएपछि पूर्ण रूपमा डेरी व्यवसायमा लाग्ने निर्णय गर्न सहज भएको उहाँले बताउनुभयो ।

विसं २०६५ तिर बिर्तामोडमा सञ्चालनमा रहेको पञ्चामृत डेरी रु १२ लाखमा खरिद गरेपछि चिमोरियाले आफ्नो व्यवसायलाई थप विस्तार गर्नुभयो । त्यसपछि बिस्तारै उद्योगको संरचना, प्रविधि र बजार विस्तार गर्दै ‘ऋतिका डेरी उद्योग’ ले आजको रूप लिएको हो ।

हाल ऋतिका डेरी उद्योगमा झापा र इलामका ३२ वटा सङ्कलन केन्द्रबाट दैनिक ३१ हजार लिटरभन्दा बढी दूध सङ्कलन हुने गरेको छ । यहाँका छ सयभन्दा बढी किसान तथा सहकारीमार्फत दूध उद्योगमा आउने गरेको र यसले ग्रामीण अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा सघाएको चिमोरिया बताउनुहुन्छ ।

उद्योगले १२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमध्ये ८४ जना सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । यसबाहेक ढुवानी, बिक्री वितरण र अन्य सहायक क्षेत्रमा सयौँले अप्रत्यक्ष रोजगारी पाएका छन् । सञ्चालक चिमोरियाका अनुसार गत आर्थिक वर्षमा उद्योगले रु ५० करोडबराबरको कारोबार गरेको थियो भने विभिन्न कर शीर्षकअन्तर्गत करिब रु ८० लाख सरकारलाई कर बुझाएको छ ।

यस उद्योगमा सङ्कलित दूधबाट दैनिक करिब १३ हजार लिटर प्याकेट दूध, पाँच हजार लिटर दही, दुई हजार लिटर पनिर, एक हजार लिटर बराबरका मिठाई तथा आइसक्रिम, पाँच हजार लिटरबाट छुर्पी उत्पादन गरिन्छ । बाँकी दूध बदाम ड्रिङ्क उद्योगलाई आपूर्ति गरिन्छ भने अतिरिक्त दूध पाउडरका रूपमा प्रशोधन गरिन्छ ।

चिमोरियाका अनुसार उद्योगको मुख्य बजार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाहरू हुन् । केही उत्पादन पहाडी जिल्लामा पनि पुग्ने गरेका छन् । यहाँ उत्पादन भएको घीउ र छुर्पी भने काठमाडौँ हुँदै अमेरिका र युरोपसम्म पुग्ने गरेका छन्, यद्यपि उद्योगले प्रत्यक्ष निर्यात नगरी व्यापारीमार्फत विदेश पठाउने गरेको चिमोरियाले जानकारी दिनुभयो ।

उहाँले डेरी उद्योगसँगै गाई फार्म पनि सञ्चालन गर्दै आउनुभएको छ । यो फार्म केवल दूध उत्पादनका लागि नभई किसानलाई उन्नत गाईपालनतर्फ आकर्षित गर्ने उद्देश्यले स्थापना गरिएको हो । चिमोरियाले साना स्तरका किसानलाई आधुनिक तरिकाले गाईपालन गर्न सिकाउने, समस्या समाधान गर्ने र उत्पादन वृद्धि गराउने लक्ष्यसहित गाई फार्म सञ्चालन गरिएको बताउनुभयो । “भारतको गुजरात मोडेलबाट प्रेरित भएर साना फार्ममार्फत उत्पादन बढाउने रणनीति अपनाइएको छ । यसअनुसार साना किसानले सुरुमा पाँच लिटर दूध उत्पादन गर्ने क्षमताबाट सुरु गरेर क्रमशः १० लिटर र २० लिटर उत्पादनसम्म पुग्ने लक्ष्यसहित यो मोडेलमा काम गरिरहेका छौँ । यसले किसानको आम्दानी बढाउने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

डेरी उद्योग सञ्चालनका क्रममा चिमोरियाले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । सुरुमा दक्ष जनशक्ति अभाव र ‘लोडसेडिङ’ प्रमुख समस्या थिए । हाल ती समस्या केही हदसम्म समाधान भए पनि अन्य चुनौती थपिएका छन् । “उत्पादन लागत उच्च हुनु, निर्यातका लागि नीतिगत जटिलता हुनु र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था मुख्य समस्या हुन् । विशेषगरी नेपालमा आयात हुने डेरी उत्पादनमा भन्सार शुल्क कम भए पनि नेपाली उत्पादन निर्यात गर्दा झन्झटिलो प्रक्रिया भोग्नुपरेको छ”, चिमोरियाको गुनासो छ ।

उहाँका अनुसार नेपाली छुर्पीको अन्तरराष्ट्रिय बजारमा अत्यधिक माग छ, विशेषगरी युरोप र अमेरिकामा । निर्यात प्रक्रियामा रहेका नीतिगत अवरोधका कारण भने यसको पूर्ण लाभ लिन सकिएको छैन । यसर्थ सरकारले छुर्पी निर्यातलाई सहज बनाउने नीति ल्याउनुपर्ने र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्नुपर्ने चिमोरियाका माग छ । उहाँले डेरी व्यवसायलाई मासु उत्पादनसँग जोडेर अघि बढाउन सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ । नेपाल र चीनबीच भैँसी तथा राँगाको मासु निर्यातसम्बन्धी सम्झौताले यस क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने चिमोरियाको भनाइ छ ।

“मासु उत्पादनसँगै दूध उत्पादन पनि हुने भएकाले यी दुई व्यवसायलाई सँगसँगै अघि बढाउन सके थप रोजगारी सिर्जना र आम्दानी वृद्धि हुनसक्छ । यस विषयमा सरकारले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

योगेन्द्र चिमोरियाको यो कथा केवल एक सफल उद्योगीको कथा मात्र होइन, ग्रामीण नेपालमा सम्भावनाहरू कसरी पहिचान र उपयोग गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो । साइकलबाट दूध बोकेर बजार पु¥याउने अवस्थाबाट सुरु भएको यात्रा आज हजारौँ लिटर दूध प्रशोधन गर्ने उद्योगमा परिणत हुनु आफैँमा उल्लेखनीय उपलब्धि हो । उहाँको प्रयासले किसान, श्रमिक र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाएको छ । यदि यस्ता उद्यमलाई राज्यले उचित नीति, सहुलियत र प्रोत्साहन दिन सके, नेपालमा डेरी क्षेत्रले अझ ठूलो आर्थिक योगदान दिन सक्ने चिमोरियाको सङ्घर्षले देखाउँछ ।

अघिल्लो समाचार

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

अर्को समाचार

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
फिचर-ब्यानर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन