• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शीर्ष नेताका सभाले महोत्तरीमा चुनावी चहलपहल बढ्यो

metakhabar by metakhabar
१५ फाल्गुन २०८२,
0
शीर्ष नेताका सभाले महोत्तरीमा चुनावी चहलपहल बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कँदै गर्दा दलहरूले सार्वजनिक सभा आयोजना गर्न थालेपछि थप चहलपहल बढेको छ । पछिल्ला एक दुई दिनभित्र जिल्लाका चार वटै प्रतिनिधिसभा क्षेत्रमा दलका शीर्ष नेताको सहभागितामा सम्पन्न चुनावी सभाले चहलपहल निकै बढाएको हो ।

निर्वाचनमा मनोनयन पत्र दर्ता गरेसँगै दल र उम्मेदवारलाई चुनाव लागे पनि आम मतदातामा खासै उत्साह नबढेको आम प्रतिक्रिया पाइन्थ्यो । तर पछिल्ला एक दुई दिनभित्र दलहरूले आयोजना गरेका सभामा शीर्ष नेता नै मुख्य वक्ता रहेका कार्यक्रमले आम मतदातामा चुनावी चासो र प्रतिक्रिया बढेको बुद्धिजीवीले औँल्याएका छन् ।

“यसअघि दल र उम्मेदवार प्रचारप्रसार र भेटघाटमा हिँडे पनि आमजनतामा खासै उत्साह देखिन्नथ्यो”, भङ्गाहा–४ रामनगरका बासिन्दा अवकाशप्राप्त शिक्षक रघुवीर साह भन्छन्, “अब भने दलहरूका विभिन्न ठाउँमा सम्पन्न सभापछि आममतदातामा चुनावी चासो ह्वात्तै बढेको छ ।” बुधबारमात्र क्षेत्र नं १ को बर्दिबास, क्षेत्र नं २ को बलवा, क्षेत्र नं ३ को जलेश्वर र क्षेत्र नं ४ को सम्सीमा विभिन्न दलका शीर्षनेताले सम्बोधन गरेका सभाले चुनावी लहर निकै बढाएको साहको ठम्याइ छ । बुधबार बर्दिबासमा रास्वपाका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आआफ्ना दलले आयोजना गरेका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यसैगरी, बलवामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरले चुनावी सभालाई सम्बोधन गरेका थिइ । सोही दिन जलेश्वर र सम्सीमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको चुनावी सम्बोधनपछि जिल्लाका नगर/गाउँ बस्तीमा नेताहरूबाट व्यक्त विचारबारे प्रतिक्रिया बाक्लिँदै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठबाट अवकाशप्राप्त सहप्राध्यापक ध्रुव रायको कथन छ ।

“यी सभामा नेताबाट भएका सम्बोधनमा व्यक्त विचारबारे अहिले मतदाता खुलेर छलफल गरिरहेका देखिन्छन्”, राय भन्छन्, “चुनावको दिन नजिकिएकै बेला आमजनतामा बढेको चासोले मतदानमा सहभागिता बढाउने अड्कल गर्न सकिन्छ ।” खुला प्रचारप्रसारको अवधि आउने आइतबारसम्म रहेको हुँदा यसबिच अन्य दलले पनि सभाका कार्यक्रम राख्न सक्ने सम्भावना छ ।

“जसले सभा आयोजना गरे तिनको प्रतिक्रियासँगै र सुन्न बाँकी दलका नेताहरूको सम्बोधनको पनि मतदातालाई पर्खाइ छ”, नेपाल सरकारको कृषि सेवा क्षेत्रको उपसचिवबाट अवकाशप्राप्त भङ्गाहा–४ थारूटोल बनराका ७० वर्षीय ताराबहादुर भुजेल भन्छन्, “केही दिन पहिलेसम्म चुनावी अभियानबाट बेखबर रहेका मतदाता अहिले सभा आयोजन गर्न बाँकी दलका कार्यक्रम कहिले हुन्छ भनेर चासो राखेका भेटिन्छन् ।” यसले चुनावी माहोल बढाउन र मतदानमा सहभागी बन्न हौस्याउने भुजेलको भनाइ छ ।

यसपालिको निर्वाचनमा यसअघिका भन्दा आचारसंहिताका विषय कडाइका साथ उठ्दा अहिलेसम्म भोजभतेरका कार्यक्रम नदेखिएको अभियानलाई नजिकबाट नियालिरहेकाहरूको टिप्पणी छ । “यसपालि टोलैपिच्छे यसअघि देखिने मदिरासहितको चुनावी भोजभतेर अहिलेसम्म देखिएको छैन, एकाध दलबाहेक भड्किलो प्रचार पनि छैन”, विगतमा जिल्ला विकास समितिको सदस्य रहिसक्नुभएका मनराशिशवा नगरपालिकाको सरपल्लो बस्तीका बासिन्दा कौशलकिशोर साह भन्छन्, “यो अवस्था मतदानको दिनसम्म कायम रहन सके यसपालिको निर्वाचन मर्यादित बन्ने पनि आस पलाएको छ ।” यद्यपि भड्किलो प्रचारमा देखिएका केही दललाई यस्तो कार्यमा अङ्कुश लगाउँदै कारागारबाट भागेका, सुरक्षा निकायका हातहतियार खोसेका र अन्य निर्वाचन भाँड्न सक्ने व्यक्ति र समूहको निगरानी भने प्रहरी प्रशासनले गर्न सक्नुपर्ने साहको सुझाव छ ।

अलि ढिलो भए पनि अहिले मतदातामा बढेको चासोलाई दल र उम्मेदवारहरूले यसबिचमा हुने भेटघाटमा सकारात्मक तवरले छलफल बढाउनुपर्ने बुद्धिजीवीहरूको मत छ । यस्ता छलफलमा आफ्ना कुरा लाद्नभन्दा जनताका कुरा बढी सुन्ने, भएका र औँल्याइएका गल्ती कमजोरी स्वीकार गर्दै सच्चिने वाचा गर्ने र सम्भव हुने वाचाहरू मात्र गर्ने गरे दल र उम्मेदवारबारे विश्वसनीयता बढ्ने एवं लोकतान्त्रिक परिपाटी सुदृढ हुँदै जाने बर्दिबास–३ कालापानीका बासिन्दा नेपाल सरकारको उपसचिव सेवाबाट अवकाशप्राप्त रामकुमार कार्की बताउँछन् ।

Previous Post

संखुवासभा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प, स्थानीय त्रसित

Next Post

कामपाको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

metakhabar

metakhabar

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

कामपाको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In