• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

    तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

    धार्मिक एकताको नमूना ः म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    धार्मिक एकताको नमूना ः म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर

    अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य बढ्यो

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

    तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

    धार्मिक एकताको नमूना ः म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    धार्मिक एकताको नमूना ः म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर

    अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य बढ्यो

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बत्ती पुग्ने आशामा अपिवासी

metakhabar by metakhabar
१२ फाल्गुन २०८२,
0
बत्ती पुग्ने आशामा अपिवासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला, १२ फागुनः
“चौलानीको कञ्चन पानी, बिजुलीको खानी
अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी
आशा छ अब त सरकार, बिजुली बालिदेला
घरघरमा बत्ती बल्दा, खुसीले मन छाउँला ।”
देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा अपिहिमालको पीडादायी यथार्थ लुकेको छ । टुकी र सोलारको भरमा जीवन बिताउँदै आएका कार्की अहिले ७० वर्ष पुगिसक्नुभयो । गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उनीहरूको बस्ती भने अझै अन्धकारमै छ ।

स्थानीय भाषा ‘चम्लेउ’ (चौलानी) भनेर चिनिने चमेलिया नदी अपिहिमाल (सात हजार १३२ मिटर) को फेदबाट बग्छ । चमेलिया नदीबाट विद्युत् उत्पादन भएको धेरै सुनिए पनि मुहान नजिकैका बस्तीहरू भने उज्यालोबाट वञ्चित छन् ।

अपिहिमाल गाउँपालिका–१ का ल्वाथी, लुम्चा, खायकोट, भट्टार, गुरुसाड, सिती, आरुखोड तथा वडा नं २ का घुसा, पाटु, लिथीलगायतका बस्ती अहिले पनि अन्धकारमै छन् । सेतो हिमाल चम्किएर उज्यालोको आभास दिलाए पनि गाउँमा विद्युत् नहुँदा स्थानीयको दैनिक जीवन कठिन बनेको छ ।

जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिएको दार्चुलाको अपिहिमालमा अहिले भने आशाको किरण देखिन थालेको छ । विद्युतीकरणका लागि हेलिकप्टरमार्फत ट्रान्सफर्मर ढुवानी गरिएपछि स्थानीयमा अब गाउँमा बत्ती बल्ने विश्वास बढेको हो । गाउँ–गाउँमा विद्युत्का पोल गाड्ने काम सुरु भइसकेको छभने हाइटेन्सन लाइन अपिहिमाल गाउँपालिका–२ को धनबोरासम्म पुगेको छ । पोल गाड्ने र तार तान्ने काम अघि बढेसँगै स्थानीय उत्साहित भएका छन् । पोल गाड्ने र तार तान्ने काम अघि बढेपछि भने अब गाउँमा विद्युत् आउँछ भन्नेमा स्थानीय ढुक्क भएका छन् ।

अपिहिमाल गाउँपालिका–२ का रमेशसिंह लोथ्याल भन्नुहुन्छ, “गाउँमा विद्युत्कै लागि भने पोलहरु आफैँ पिठ्यूँमा बोकेर गाड्ने काम गरेका छौँ । विद्युत्को तार पुगेपछि थप विद्युतीकरण सुरु हुनेछ । छ वडा रहेको अपिहिमाल गाउँपालिकाको वडा नं ५ मा मात्रै विद्युत्को राष्ट्रिय प्रसारण लाइनको बत्ती बलेको छ । अहिले विद्युतीकरण हुन बाँकी रहेका सबै वडामा विद्युत् पु¥याउने गरी पोल विस्तार गर्ने काम भएको छ ।

विद्युतीकरणको काम गराउँदै आएका निर्माण व्यवसायी जीवन लोथ्यालकाअनुसार अहिले अपिहिमाल गाउँपालिका–३ र ४ हुँदै वडा नं २ मा लाइन विस्तार गर्ने तयारी छ । अपिहिमाल गाउँपालिकाको सकारमा पोल गाड्न बाँकी छ । वडा नं १ को भट्टार गाउँभन्दा माथिल्लो क्षेत्रमा विद्युत्को पोल गाड्न बाँकी छ । विद्युत्को पोल गाडेपछि लाइन विस्तार अभियान चल्ने उहाँको भनाइ छ ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरेका अनुसार अब अपिहिमाल गाउँपालिका छिट्टै राष्ट्रिय लाइनबाट बत्ती बल्नेछ । बस्ती–बस्तीहरुमा विद्युत् राष्ट्रिय प्रसारणलाइन विस्तार तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष बोहराका अनुसार हाल गाउँपालिका–४ को सबै ठाउँमा लाइन विस्तार भइसकेको, वडा नं ३ को लाइन विस्तार केही ठाउँमा सम्पन्न भएको छभने हाइटेन्सन पोल ढुवानी भइरहेको छ । वडा नं १ र २ मा लोकल सर्भिस पोल ढुवानी ९० प्रतिशत पूरा भएको उहाँले बताउनुभयो ।

यस्तै, वडा नं ६ मा विद्युत्का पोल ढुवानीको काम चलिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युत् पु¥याउने गरी काम भइरहेको छ । दार्चुलामा विद्युत्को मेन लाइन र शाखा लाइनको काम धमाधम भइरहेको कस्मिक इलेक्ट्रिकल लिमिटेड परियोजनाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार अपिहिमालमा सिम्रिक एयरको हेलिकप्टरमार्फत २२ वटा विद्युत् ट्रान्सर्फमर ढुवानी गरिएको तथा हाइटेन्सन लाइन विस्तार हुँदैछ ।

जिल्लाको महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । व्यास, मार्मा, नौगाडमा पनि विद्युतीकरणको काम भइरहेको छ । अपिहिमालमा जनशक्ति अभावका कारण विद्युतीकरणमा ढिलाइ भइरहेको इन्जिनियर बस्नेतले बताउनुभयो ।

प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौवटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख रौशनकुमार ठाकुरले बताउनुभयो ।

करिब २८ हजार घरधुरी रहेको दार्चुलामा अहिले २२ हजार ४८८ घरधुरीमा विद्युत् पहुँच पुगेको ठाकुरले बताउनुभयो । यो कुल विद्युतीकरण भएको ७९ दशमलव २४ प्रतिशत हो । यी घरधुरीहरुमा विद्युत्को मिटर जडान भइसकेको छ ।

गत आर्थिक वर्ष २०८१÷८२ मा यहाँका सात गाउँपालिका र दुई नगरपालिकाका २८ हजार ३८१ घरधुरीका २० हजार ५६३ ग्राहकलाई रु पाँच करोड ७५ लाख ८१ हजार ९५५ मा विद्युत् बिक्री गरिएको थियो ।

गत आवमा जिल्लाका एक हजार ८६७ जना विद्युत्का नयाँ ग्राहक थपिएका थिए । केन्द्रले गत आवमा २० दशमलव आठ किलोमिटर एलटी लाइन र १५ दशमलव २५ किलोमिटर ११ केभिए लाइन निर्माण र नौ थान नयाँ ट्रान्सफर्मर जडान गरेको उहाँले बताउनुभयो । अहिले पनि विद्युत्को एलटी लाइन तथा ट्रान्सर्फमर थप गर्ने प्रक्रिया चलिरहेको छ । जिल्लामा दुई मेगावाट विद्युत् मात्रै खपत रहेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ ।

एक सय मेगावट विद्युत् उत्पादन
विद्युत्को ‘हब’ मानिएको चमेलिया र आसपासका नदीहरुबाट दार्चुलामा हालसम्म एक सय मेगावाट विद्युत् उत्पादन गरिएको छ । जिल्लाले भने हाल दुई मेगावट मात्रै विद्युत् खपत गरिरहेको छ । अझै जिल्लामा विद्युत् उत्पादनको काम निरन्तर भइरहेको छ । दार्चुलामा सरकारी तवरबाट उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । शैल्यशिखर नगरपालिका–१ स्थित बलाँचमा विद्युत् उत्पादन भइरहेको हो । चमेलिया विद्युत् उत्पादन गरिएपछि जिल्लाभरि उत्पादन गरिएका विद्युत् यहीँबाट जिल्ला बाहिर पठाउने काम भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।

यस्तै निजी क्षेत्रबाट मार्मा गाउँपालिका–२ घट्टेगाडमा माथिल्लो चमेलिया आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गरिएको छ । अपि पावर लिमिटेडले विद्युत् उत्पादन गरेको हो । यस्तै, अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट, नौगाड खोला जलविद्युत् आयोजनाबाट शैल्यशिखर नगरपालिका–२ मा आठ दशमलव पाँच मेगावाट नौगाड र माथिल्लो नौगाड खोला आयोजनाबाट आठ मेगावाट विद्युत् उत्पादन भएको छ । यी आयोजनाहरुबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन भइरहेको छ ।

यसबाहेक अपिहिमाल गाउँपालिका–३ क्षत्तिगाडमा एक सय किलोवाट विद्युत् उत्पादन भएको छ । यस विद्युत्बाट अपिहिमालका वडा नं ३ र ४ मा बत्ती बलेको छ ।

यस्तै नौगाड गाउँपालिका–३ होपरीगाडमा एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ । यसले हाल नौगाडका वडा नम्बर १, २, ३ र ४ नम्बरसम्म बिजुली बाल्ने काम भएको निर्माण समिति अध्यक्ष पानसिंह धामीले जानकारी दिनुभयो ।

चमेलिया र थालीगाडमा विद्युत् उत्पादन गरिँदै
दार्चुलाको मार्मा गाउँपालिका–२ मा २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माणको काम चलिरहेको छ । दार्चुला पावर लिमिटेडले रु पाँच अर्ब ६६ करोडको लागतमा आयोजना निर्माण गरिरहेको हो । अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बनाएर आयोजना निर्माण भइरहेको छ ।

अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले २०८१ फागुन १० गते २४ महिनाभित्र निर्माण सक्ने गरी आयोजनाको शिलान्यास गरेको थियो । २०८३ माघसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको प्रोजेक्टर म्यानेजर विनय उप्रेतीले बताउनुभयो । अहिले विद्युत्को पाइप लाइन, पावर हाउसलगायत सबै काम भइरहेका छन् । विद्युत्को २५ प्रतिशत प्रगति भएको छ । अहिलेको बर्खा अगावै ६० प्रतिशत काम सकिने उहाँको भनाइ छ ।

मार्मा गाउँपालिका–२, लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका–३, नलबगडमा विद्युत् गृह निर्माण भइरहेको छ । यो आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने बताइएको छ । मध्यचमेलियामा नेपाल बैङ्क लिमिटेड र नबिल बैङ्कको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको छ ।

यस्तै, महाकाली नगरपालिका–६ र ७ को सीमाना भएर बग्ने थालिगाड खोलामा दुई मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण गरिदैछ । दार्चुलाको त्रिकाल पावर कम्पनी प्रालिले थालीगाड खोलामा आयोजना निर्माण सुरु गरिसकेको कम्पनीका निर्देशक दिलीपसिंह बुढाथोकीले जानकारी दिनुभयो । अहिले थालिगाडमा विद्युत्को प्रारम्भिक काम सुरु भइसकेको छ । आयोजनाबाट उत्पादित बिजुली एक किलोमिटर लामो ३३ केभी लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको धाप सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट २०८३ वैशाख १० गतेसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा ४० देखि ४५ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Previous Post

अन्तर्वार्ता– ‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योः’ गृहमन्त्री अर्याल

Next Post

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

metakhabar

metakhabar

सम्बन्धित खबर

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर
आर्थिक

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

१४ फाल्गुन २०८२,
धार्मिक एकताको नमूना ः म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण
आर्थिक

धार्मिक एकताको नमूना ः म¥याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

१४ फाल्गुन २०८२,
अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर
फिचर-ब्यानर

अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविका मार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर

१४ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य बढ्यो

१४ फाल्गुन २०८२,
निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य
आर्थिक

निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

१४ फाल्गुन २०८२,
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
आवाज

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

१४ फाल्गुन २०८२,
Load More
Next Post
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In