• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेख :‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

metakhabar by metakhabar
४ बैशाख २०८३,
0
आलेख :‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कमलामाई (सिन्धुली), ४ वैशाख : वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा । छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरु ढाकिन सकेका छैनन् । फागुन–चैतको आँधीहुरी होस्, वैशाख–जेठको चर्को घाम वा असार–साउनको झरी किन नहोस्, दैनिक हाट र फुटपाथमा संर्घष गरिरहेका भेटिन्छन् ।

एकहत्तर वर्षीया ढाटिमाया दर्जीले यो यात्रा सुरु गरेको झन्डै तीन दशक बित्नै लागिसकेको छ । २७ वर्षअघि उहाँले ३५ रुपैयाँको लगानीमा व्यापार सुरुवात गर्नुभएको थियो । ढाटिमायाको व्यापारीक यात्रा फापरको सागबाट भएको हो । “किसानसँग प्रतिमुठ्ठा दुई रुपैयाँका दरले १८ मुठ्ठा सागलाई ३६ रुपैयाँ पथ्र्यो, मलाई किसानले एक रुपैयाँ छुट दिनुभयो । मैले त्यो साग तीन रुपैयाँ नाफा लिएर प्रतिमुठा पाँच रुपैयाँमा बेचेँ । ३५ रुपैयाँको लगानी बढेर ५५ रुपैयाँको भयो,” उहाँले विगत सम्झिदै सुनाउनुभयो ।

पहिला सिन्धुलीसँगै रामेछाप, दोलखासम्मका हाट, मेला, महोत्सवमा व्यापार गर्न पुग्ने ढाटिमायाले त्यसरी नै व्यापार विस्तार गर्दै जानुभयो । ३५ रुपैँयाबाट सुरुवात गरेको व्यापार बढेर अहिले झन्डै ३५ हजारको भएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुुलीमाढीमा साप्ताहिक रुपमा लाग्ने शनिबारे हाटको उहाँ नियमित व्यापारी हुनुहुन्छ ।

आज पनि गाउँमा उत्पादित मौसमअनुसारका उत्पादन बेचिराख्नुभएको छ । साग, अदुवा, बेसार, केरा, खुर्सानी, अमला, बदाम, अम्बा, गुन्द्रुकजस्ता सामान उहाँ बिक्रीमा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो हैसियतअनुसारको व्यापार गरिरहेको छु । आजसम्म कसैसँग मागेर खानुु परेको छैन । म आफ्नै पौरखमा बाँचेको छु । जेनतेन घरखर्च धानेकै छु ।”

आज आमाको मुख हेर्ने दिन । उहाँलाई पनि आफ्ना सन्तानले आज अरु आमाका छोरोछोरीले जस्तै मुख हेर्न आउनान् कि भन्ने आशा लाग्छ तर कसैले वास्ता गर्दैनन् । ढाटिमायाका आठ सन्तान थिए–पाँच छोरी र तीन छोरा । सबै छोरी र कान्छो छोरो अकाल्मै बिते । बाँचेका दुई छोरा–बुहारीको पनि साथ छैन उहाँलाई । टन्टलापुर घाममा व्यापार गर्ने ढाटिमायालाई घामको तापले भन्दा बितेका सन्तानको शोकले पिरोलिरहन्छ । उहाँको साथमा श्रीमान त हुनुहुन्छ । तर कठिन सङ्र्घषमा सधैँ एक्लै जुध्न परेको तीतो अनुभवले सुनाउनुभयो ।

ढाटिमायाकै सारथी हुनुहुन्छ, सुकुमाया । उमेरले ८० कटेकी सुकुमाया ३५ वर्ष भयो व्यापारमा लागेको । यस अवधिमा भिमानमा लाग्ने शुक्रबारे हाट, सिन्धुलीमाढीमा लाग्ने बुधबारे र शनिबारे हाटदेखि दोलखा, रोमछापमा लाग्ने हाटमासमेत उहाँ पुग्नुभएको छ । अझैसम्म पनि यो यात्रा रोकिएको छ । “आफैँमा आत्मनिर्भर भएमा कसैले हेप्न सक्दैन । शरीरले साथ दिएसम्म मिहेनत गर्छु । मलाई कसैको आशा पनि छैन,” सुकुमायाले भन्नुभयो । सानो लगानीमा मुठ्ठी, मानोको व्यापार गरेरै पनि जीविका चलाउन सकिने उहाँ बताउनुहुन्छ ।

सुको मानो खुर्सानी बेचेकी फूलमायालाई बजारमा सामानको मूल्य आकासिएको देख्दा आत्तेसै लाग्छ । उहाँले शनिबारे हाटमा मात्रै ३१ वर्ष भयो व्यापार गर्नुभएको । गाउँ–घरमा उत्पादन भएका अर्गानीक सागसब्जी, फलफूललगायतका सामान उहाँले बेच्दै आउनु भएको छ । उमेरले ७२ वर्ष पुगेकी फूलमायालाई आफ्ना पाखुरा चलुन्जेल कसैलाई पनि दुःख दिने मन छैन । “मेरो छोरा नेपाली सेनामा जागिरे छ । तर, आजसम्म छोरालाई दुख दिएको छैन । म आफ्नै कमाइले बाँचिरहेको छु । यसैगरी काम गर्दा–गर्दै, पैसा कमाउँदा–कमाउँदै मर्न पाईओस्” उहाँले भन्नुभयो ।

ढाटिमाया, सुकुमाया र फूलमाया एकअर्काको सारथी हुनुहुन्छ । प्रायः हाटमा व्यापार सँगै–सँगै गरेको देखिन्छ । आज पनि उहाँहरु शनिबारे हाटमा लहरै बसेर व्यापार गरिराख्नु भएको छ । हाटमा मात्रै कहाँ हो र ! फुटपाथमा पनि सानो लगानीमा व्यापार गर्नेहरु महिला बाक्लै भेटिन्छन् । सावित्री थापाले फुटपाथमा व्यापार सुरु गर्नुभएको चार वर्ष वित्यो । उहाँ दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सिन्धुलीमाढी क्षेत्रकै फुटपाथमा व्यापार गर्नुहुन्छ । यसका बाध्यता धेरै छन् ।
उहाँ दुई सन्तानकी आमा हुनुहुन्छ । छोरीको विवाह भइसकेको छ । छोराका दुई नाति छन् तर कमाएर पाल्ने छोरो विरामी भएर थलिएपछि उहाँले ६० वर्षको उमेर फुटपाथमा व्यापार गर्नु परेको हो । आज उहाँले सिन्धुलीमाढीस्थित भेटेनरी चोकमा खुर्सानी, कुखुराको अण्डा, केरा, गुन्द्रिुक, वन सिलाम, टिमुर, बेसार बेच्न राख्नुभएको छ । व्यापारबाट दैनिक कमाइ चार सयदेखि एक हजारसम्म हुने गरेको उहाँले बताउनुभयो ।

त्यसो त ८० वर्षीया देवकुमारी भुजेल पनि फुटपाथमै सङ्र्घष गरिराख्नुभएको छ । पोलेको र हरियो मकै, बेसार, खुर्सानी, अमला उहाँले बेच्नुहुन्छ । सामाजिक सुरक्षा भत्ताले औषधि खान नपुगेपछि उहाँ अझैसम्म पनि सडकमा सङ्घर्ष गर्न बाध्य हुनुहुन्छ । आफ्ना सन्तानको अपहेलना सहन नसकेर उहाँ छुट्दै कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । देवकुमारीलाई एक्लो बुढेसकाल बिताउन जति सङ्र्घष छ, त्यत्तिकै कठिन छ–अनितादेवी रामलाई तीन सन्तानको पालनपोषण गर्न । श्रीमान् बितेपछि फुटपाथमा उहाँको सङ्घर्ष सुरु भएको हो ।

महोत्तरीका गौशलाकी अनितादेवीको परिवार १२ वर्षदेखि कमलामाई नगरपालिका–५ चिसापानीमा कोठा भाडामा बस्दै आएको छ । परिवारको एक मात्रै साहारा बनेका विजय राम रोगले थलिएर बितेपछि अनितादेवी बेसहारा हुनुभयो । आफन्त, परिवारको समेत उहाँले साथ पाउनुभएन ।

विजय बित्दा जेठो छोरो १० वर्षका थिए । भोक मेटाउन गासको समस्या बढ्न थालेपछि उनले विजयले गरेको कामलाई निरन्तरता दिन थाले । गौमती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा पढ्दै गरेका चन्दनको पढाइ छुट्यो । त्यसपछि अनितादेवी आफैँले चुत्ता–चप्पल सिलाउन, पोलिस लगाउन सिक्नुभयो । आफूले सीप जानेपछि छोरालाई पढ्न विद्यालय पढाउनुभयो, आफू काममा खटिनुभयो ।

यो यात्राको सुरुआत सजिलो थिएन । श्रीमानको निधनपछि जीवनले एका–एक कठिन मोड लियो । “पहिला म घरायसी धन्दामै व्यस्त हुन्थेन । मैले यो काम जानेकै थिइन । बुबाले गरेका काम देखेर बरु छोराले जानेको रहेछ, मैले उसैसँग काम सिकेर गर्न थालेकी हुँ”, उहाँले सुनाउनुभयो ।

श्रीमान् साथमा हुँदा घरधन्दामा मात्रै सीमित रहेकी अनितादेवीले पछिल्लो समय बाहिरको काम पनि भ्याउनुपर्ने बाध्यता छ । बिहानको घरधन्दा सकेर छोराछोरीलाई विद्यालय पठाउनु अनि आफूलाई आवश्यक पर्ने औजार बोकेर फुटपाथमा चुत्ता–चप्पल सिलाउन निस्किनु उहाँको दैनिकी हो । “दिनभरि चुत्ता–चप्पल सिलाउँदा हातका औँला छेडिन्छन्, पाखुरा दुखेर कहिले राम्रो निन्द्रा पर्दैन । काम दुःखको छ । तर, गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

अनितादेवीले जुत्ता, चप्पल सिलाएको एक सय र जुत्ता पोलिस गरेको रु ५० लिने गर्नुभएको छ । पोलिस, जुत्ता सफा गर्ने ब्रस, सोल र जुत्ताको लेस बेच्न राख्नुभएको छ । उहाँका श्रीमान्ले त्यही जुत्ता सिलाउने पेसाबाटै दैनिक १५ सयदेखि १८ सयसम्म कमाउनुहुन्थ्यो । अनितादेवीको भने कमाई कम हुन्छ । उहाँ भन्नुहुन्छ, “कहिले कमाइ नै हुँदैन । कहिले पाँच सयदेखि रु एक हजारसम्म हुन्छ ।”

महिला भएकाले अनितादेवीलाई पुरुषले जुत्ता, चप्पल सिलाउन, पोलिस गर्न दिनुहुँदैन । लक्ष्मीको रुप मानेर होला, महिलाबाट मात्रै काम आउँदा आम्दानी कम हुने उहाँको भनाइ छ । फुटपाथमा बसेर काम गर्दा उहाँले धेरै खालका व्यवहार पनि भोग्नुभयो । समाजको दृष्टि, आफ्नै सङ्कोच र लाजले उहाँलाई धेरैपटक टुटाएको थियो । “कतिपयले खिसिटिउरी गर्थे । यो काम पुरुषले मात्रै गर्ने हो, तिमी भाँडा माझ्ने काम खोज्न जाउ पनि भने”, अनितादेवीले सुनाउनुभयो । उहाँले सुरु–सुरुमा अप्ठ्यारो मान्दै, लजाउँदै सुरु गर्नुभएको यो यात्राले साढे तीन वर्ष पार गर्न लागिसकेको छ । तर, फुटपाथमा जुत्ता–चप्पल सिलाएर जीविका धान्ने कठिन सङ्र्घष कम भएको छैन ।

फुटपाथमा व्यापार गर्ने साना व्यापारीलाई बेला–बेलामा नगर प्रहरीले उठाउँछन् । यसले फुटपाथमा सानो व्यापार, व्यवसाय गरेर जीविका चलाइरहेकाहरु समस्यामा पर्ने गरेका छन् । स्थानीय सरकारले पनि यसको उचित व्यवस्थापना गर्न सकेको छैन । व्यस्थापन गर्ने प्रयास भने गरिएको पालिकाका जनप्रतिनिधिहरु बताउँछन् । चरम अभाव र दबाबका कारण फुटपाथमा पसिना बगाइरहेका यस कथाका पौरखी महिलाहरुलाई थोरै विस्मात आफ्नो भाग्यसँग छ तर कसैसँगै गुनासो छैन । आजको कठिन सङ्र्घषले एक दिन भाग्य बदलिने आशा भने सबैमा जीवित छ ।

Previous Post

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

Next Post

लेबनानमा युद्ध–विराम लागु

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

लेबनानमा युद्ध–विराम लागु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In