• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

    दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

    म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्

    म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्

    मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

    नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
४ बैशाख २०८३,
0
म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्यान्मामा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरू रिहा गरिए पनि राजनीतिक बन्दीहरूको भविष्य भने अझै अन्योलमै देखिएको छ । सैनिक नेतृत्वले आम माफी घोषणा गर्दै चार हजार ५०० भन्दा बढी कैदीलाई रिहा गरेको जनाएको छ, तर प्रमुख विपक्षी नेता तथा सैन्य शासनविरुद्ध उभिएका हजारौँ व्यक्तिहरू यस निर्णयबाट बाहिरै राखिएको सङ्केत देखिएको छ ।

राष्ट्रपति मिन आङ ह्लाइङले नयाँ वर्षको उपलक्ष्यमा माफी आदेश जारी गर्नुभएको हो । राज्य सञ्चालित एमआरटिभी टेलिभिजनका अनुसार चार हजार ३३५ कैदीहरूलाई पूर्ण माफी दिइएको छ भने करिब १८० विदेशी कैदीलाई पनि रिहा गरी देशनिकाला गरिने व्यवस्था गरिएको छ । साथै अन्य कैदीहरूको सजायसमेत घटाइएको छ, जसअनुसार मृत्युदण्डलाई आजीवन कारावासमा, आजीवन कारावासलाई ४० वर्षमा र ४० वर्षभन्दा कम सजायलाई करिब एक–छैटौँ (झण्डै १७ प्रतिशत) ले घटाइएको छ ।

रिहा गरिएका व्यक्तिहरूको पहिचान तत्काल सार्वजनिक गरिएको छैन । याङ्गुनको इन्सेन जेलबाहिर भने बिहानदेखि नै कैदीका आफन्त र साथीभाइहरू भेला भएर आफ्ना प्रियजनहरूको प्रतीक्षामा बसेका थिए । तर यस माफीमा पूर्व नेता आङ सान सुकी समावेश हुने वा सैन्य शासनविरुद्ध आन्दोलनका क्रममा पक्राउ परेका हजारौँ राजनीतिक बन्दीहरू छुट्ने कुनै स्पष्ट सङ्केत देखिएको छैन ।

सुकीलाई लगाइएको २७ वर्षको सजायमा यो माफीअन्तर्गत करिब साढे चार वर्ष घट्ने अनुमान गरिएको छ, तर पूर्ण रिहाइको सम्भावना भने देखिएको छैन । देशभित्र राजनीतिक बन्दीहरूको ठूलो सङ्ख्या अझै जेलमै रहेको मानवअधिकारकर्मीहरूको भनाइ छ ।

यो माफी हालै सम्पन्न विवादास्पद निर्वाचनपछि आएको हो । आलोचकहरूले उक्त चुनाव स्वतन्त्र र निष्पक्ष नभएको दाबी गर्दै त्यसलाई सेनाले आफ्नो सत्ता कायम राख्न योजनाबद्ध रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । चुनावपछि एक हप्तामै माफी घोषणा हुनु पनि राजनीतिक सन्देशसँग जोडिएको रूपमा हेरिएको छ ।

आफ्नो उद्घाटन भाषणमा मिन आङ ह्लाइङले सामाजिक मेलमिलाप, न्याय र शान्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता माफीहरू कार्यान्वयन गरिने बताउनुभएको थियो । तर व्यवहारमा भने राजनीतिक असन्तुष्टहरूलाई समेट्ने सङ्केत नदेखिएकाले आलोचना भइरहेको छ ।

म्यान्मामा विशेष अवसरहरूमा कैदी रिहा गर्ने परम्परा पुरानै भए पनि अहिलेको सन्दर्भमा यसको राजनीतिक अर्थ फरक रूपमा व्याख्या भइरहेको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको थियो, जुन क्रमशः सशस्त्र द्वन्द्वमा परिणत भएको छ ।

अधिकार अनुगमन संस्था असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार सैनिक हस्तक्षेपपछि हालसम्म करिब आठ हजार सर्वसाधारण मारिएका छन् भने आङ सान सुकीसहित करिब २२ हजार १७० राजनीतिक बन्दीहरू जेलमा छन् । यद्यपि वास्तविक मृतक सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

धेरै राजनीतिक बन्दीलाई ‘भड्काउने’ अभियोगमा पक्राउ गरिएको छ, जुन कानून सरकार वा सेनाको आलोचना गर्नेहरूलाई नियन्त्रणमा लिन व्यापक रूपमा प्रयोग हुँदै आएको छ । यसअन्तर्गत तीन वर्षसम्मको जेल सजाय हुन सक्छ । अन्यलाई आतङ्कवाद विरोधी कानूनअन्तर्गत मुद्दा चलाइएको छ, जसमा मृत्युदण्डसम्मको सजायको प्रावधान छ । यी कानूनहरू पत्रकार, राजनीतिक कार्यकर्ता र असहमति जनाउने नागरिकहरूलाई लक्षित गर्न प्रयोग गरिएको आरोप लाग्दै आएको छ ।

Previous Post

मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

Next Post

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

metakhabar

metakhabar

सम्बन्धित खबर

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
आर्थिक

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

४ बैशाख २०८३,
सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
आवाज

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

४ बैशाख २०८३,
मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
आर्थिक

मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

४ बैशाख २०८३,
नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास
आर्थिक

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

४ बैशाख २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

४ बैशाख २०८३,
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
समाचार

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

४ बैशाख २०८३,
Load More
Next Post
सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In