• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य घट्यो

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाजुराका भूकम्पपीडितको खोला किनारमा बास

by
१८ माघ २०७९,
0
बाजुरा भुकम्पबाट ४२ परिवार विस्थापित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा, हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर गत माघ १० गते दिउँसो २ः४३ बजे ५।९ रेक्टरस्केलको भूकम्प गयो । भूकम्पले गर्दा एकजनाको मृत्यु भयो भने चारजना घाइते भए । जिल्लामा ६०० बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो ।

गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको स्थलगत रिपोर्टिङमा देखियो । न खाने गाँस न त बस्ने बास नै छ ।

घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेतका सकेका छैनन् ।

यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ । सबै घर बस्नलायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । उक्त गाउँपालिकामा एक हजार ६५० परिवारमध्ये ५७० परिवारका घर जोखिममा छ । ५७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन् ।

उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र भने धुजाधुजा भएको गीता रोकायाले बताइन् । गौमुल–२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका वासिन्दा घरविहीन बनेका छन् । जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन् ।

त्यहाँका सबै वासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन् । जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका छ परिवार, गुम्फाकाँडा वस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार अहिले पालमा बस्दै आएको गौमुल गाउँपालिका–२ का वडा सदस्य प्रेम रोकायाले बताए ।

“तीन वर्ष पहिले बाढी आउँदा खेतीयोग्य जमिन बगायो, पछि यहाँ आएर बसेका थियौँ, अब भूकम्पले न बस्ने घर रह्यो, न खाने जमिन रह्यो विस्थापितजस्तै बनियो, यो पाल हालेको ठाउँ पनि अरुकै जमिन हो”, जुरेलीका भक्त रोकायाले भने ।

भूकम्पले एक सदस्य गुमेकाले पीडामा रहेका भक्तका ६ परिवार पनि विस्थापित छन् । जमुना रोकायाको भूकम्पमा परी मृत्यु भएको थियो । घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको थियो । भूकम्पपीडित पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन् ।

हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ । भूकम्पपीडितले एकसाता बितिसक्दा पनि राहत साम्रगी नपाएको गुनासो गरेका छन् ।

उनीहरूलाई बिहान–बेलुकी हातमुख जोर्न धौधौ परेको छ । भूकम्पपीडित बिच्चलीमा हुँदा पनि सरकारको ध्यान नपुगेको स्थानीय धनलाल रोकायाले बताए ।

भूकम्पबाट पीडित गौमुल गाउँपालिका–२ का वाससिन्दालाई बालबालिका र वृद्धवृद्धालाई बचाउन सकस परेको छ । भूकम्पले घरभित्र पस्न नसक्ने गरी चर्किएकाले चिसोबाट बालबालिका र वृद्धवृद्धा बचाउन सकस परेको आँगरका भूकम्पपीडित सीता चदाराले बताइन् ।

भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उनको गुनासो थियो ।

चिसोबाट सुत्केरी भएकी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको स्थानीयवासी गीता रोकायाले बताइन् । रासस

Previous Post

मन्त्री पद गएको हप्ता पुग्न लाग्दा पनि रविले छाडेनन् क्वार्टर

Next Post

माल पाएर चाल नपाउँदा… पाँच वर्षदेखि अलपत्र करोडौको खाद्य परीक्षण भ्यान

सम्बन्धित खबर

पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
आवाज

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

४ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य घट्यो

४ चैत्र २०८२,
कफीको सुगन्धमा बुनिएका युवाका सपना
आवाज

कफीको सुगन्धमा बुनिएका युवाका सपना

४ चैत्र २०८२,
Load More
Next Post
माल पाएर चाल नपाउँदा… पाँच वर्षदेखि अलपत्र करोडौको खाद्य परीक्षण भ्यान

माल पाएर चाल नपाउँदा... पाँच वर्षदेखि अलपत्र करोडौको खाद्य परीक्षण भ्यान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In