• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई तिहाइ बहुमत हासिल गर्ने लक्ष्यसहित कांग्रेस चुनावी मैदानमा

metakhabar by metakhabar
२६ माघ २०८२,
0
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गर्ने महत्वाकांक्षी लक्ष्यसहित नेपाली कांग्रेस औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएको छ। संगठनलाई अनुशासित, केन्द्रित र परिणाममुखी बनाउने उद्देश्यका साथ पार्टीले निर्वाचन केन्द्रित संरचना र निर्देशिका लागू गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले विधानअनुसार तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ। केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक रहने समितिमा धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य नियुक्त भएका छन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार निर्वाचनको मुखमा पार्टीभित्र अनुशासन कायम राख्न समितिलाई सक्रिय भूमिकामा ल्याइएको हो।

बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२’ लाई परिमार्जनसहित पारित गरेको छ। यी निर्देशिकाले फागुन १ देखि २१ गतेसम्म पार्टीका सबै तहका नेता–कार्यकर्तालाई पूर्ण रूपमा चुनाव केन्द्रित बनाउने स्पष्ट कार्ययोजना अघि सारेका छन्।

निर्देशिकाको मुख्य नारा ‘फागुन २१ का लागि मेरो २१ दिन’ रहेको छ। यसअन्तर्गत “जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ” भन्ने सिद्धान्त लागू गर्दै केन्द्रदेखि वडा तहसम्मका नेता–कार्यकर्तालाई जिम्मेवारी तोकिएको छ। अन्यत्र जिम्मेवारी नपाएका सबै पदाधिकारी र सदस्यहरूलाई आफ्नै स्थानीय तहमा रहेर मतदाता भेटघाट, संगठन सुदृढीकरण र प्रचार–प्रसारमा सक्रिय रहन निर्देशन दिइएको छ। बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला सङ्ग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी तथा प्रवक्ता देवराज चालिसेले आ–आफ्ना धारणा राख्दै निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच, कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा ठूला सभा आयोजना गर्ने निर्णयसमेत अघि बढाएको छ। त्यसैको निरन्तरतामा मधेस प्रदेशस्तरीय सभा फागुन ६ गते जनकपुरधाममा हुने तय भएको छ, जहाँ सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। पार्टीले फागुन २१ गतेको निर्वाचनलाई केन्द्रमा राख्दै संगठन चलायमान बनाउने रणनीति लिएको छ। सभापति थापाले पुसको विशेष महाधिवेशनपछि कांग्रेस “सबैभन्दा नयाँ पार्टी” बनेको दाबी गर्दै बदलिएको कांग्रेसको सन्देश घर–घरमा पुर्‍याउन कार्यकर्तालाई आह्वान गरेका छन्। विगतका कमजोरी स्वीकार्दै नागरिकको असन्तुष्टि सम्बोधन गर्ने र भागबण्डा तथा भ्रष्टाचारविरुद्ध सशक्त रूपमा उभिने शक्ति कांग्रेस भएको उनको भनाइ छ।

अनुशासन, संगठनात्मक एकता र आक्रामक चुनावी अभियानलाई आधार बनाउँदै कांग्रेसले यसपटक केवल सरकार होइन, बलियो जनादेशसहितको नेतृत्व स्थापित गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा होमिएको संकेत दिएको छ।

Previous Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Next Post

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In