• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ट्रम्पको कर चेतावनीले सियोल चिन्तित

metakhabar by metakhabar
१३ माघ २०८२,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ माघः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा कर बढाउने घोषणा गर्नुभएपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्याङ्कन गरेको छ ।

राष्ट्रपति ट्रम्पले सोमबार दक्षिण कोरियाले वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै ती सामानहरूमा कर बढाउने बताउनुभएको हो । उहाँको घोषणाअनुसार हाल १५ प्रतिशत रहेको कर दर बढेर २५ प्रतिशत पुग्नेछ ।

तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी पक्षबाट यस्तो कर वृद्धि योजनाबारे आफूहरूलाई पहिल्यै कुनै आधिकारिक सूचना नआएको स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै ‘दक्षिण कोरियाको विधायिकाले अमेरिकासँग गरिएको सम्झौताअनुसार काम गरिरहेको छैन’ भन्ने दाबी गर्नुभएको छ । उहाँका अनुसार कोरियाली संसद्ले ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता लागू नगरेकाले’ उहाँले कर दर बढाउने निर्णय लिनुभएको हो ।

यस घोषणापछि सियोलमा मङ्गलबार आपतकालीन बैठक बसेको थियो । उक्त बैठकमा हाल क्यानाडामा रहनुभएका व्यापार तथा उद्योग मन्त्री किम जङ्ग–क्वान टाढाबाट सहभागी हुनुभएको थियो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले अमेरिकी पक्षसँग भएको प्रशुल्क सम्झौता कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै शान्त र मापन गरिएको तरिकाले प्रतिक्रिया जनाउने बताएको छ ।

सरकारले वासिङ्टनले घोषणा गरेको कर वृद्धि तत्काल लागू नहुने र सङ्घीय रजिस्टरमा प्रकाशन जस्ता आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र प्रभावमा आउने विश्वास व्यक्त गरेको छ । यसैबीच, दक्षिण कोरियाका व्यापार मन्त्री किम यस विषयमा छलफल गर्न अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकसँग भेटवार्ता गर्न वासिङ्टन जाने तयारीमा हुनुहुन्छ ।

यो घटनाक्रम वासिङ्टन र सियोलबीच केही महिनाअघि मात्र व्यापार तथा सुरक्षा सम्झौता भएको पृष्ठभूमिमा आएको हो । ती सम्झौताहरूले लामो समयदेखि चलेको तनावपूर्ण वार्तालाई सीमित गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको थियो । गत अक्टोबरमा दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँग राष्ट्रपति ट्रम्पको भेटपछि अमेरिकी शुल्क कटौती र दक्षिण कोरियाबाट थप लगानीको प्रतिबद्धतासहित सम्झौतालाई अन्तिम रूप दिइएको थियो ।

तर त्यसयता उक्त सम्झौता दक्षिण कोरियामा कानूनी रूपमा अझै लम्बित अवस्थामा रहेको छ । सियोलको राष्ट्रपति कार्यालयले नोभेम्बरमा यस सम्झौताले बाध्यकारी कानूनी दस्तावेजभन्दा बढी समझदारी ज्ञापनपत्रको स्वरूप लिएको तर्क गर्दै संसदीय स्वीकृतिको आवश्यकता नपर्ने जनाएको थियो । सम्झौता संसद्मा पेस गरिएको छ वा छैन भन्ने प्रश्नमा एक वरिष्ठ अधिकारीले मङ्गलबार एएफपीलाई आफूहरूले त्यसबारे समीक्षा गरिरहेको बताउँदै विस्तृत जानकारी दिन अस्वीकार गर्नुभएको छ ।

सम्झौताअनुसार वासिङ्टनले सवारी साधन, कार पाट्र्स र फार्मास्युटिकल्ससहित दक्षिण कोरियाली सामानहरूमा अधिकतम १५ प्रतिशतसम्म कर लगाउने व्यवस्था गरेको थियो । विशेषगरी, यस सम्झौताले दक्षिण कोरियाली कारहरूमा लाग्ने अमेरिकी शुल्क २५ प्रतिशतबाट घटाएको थियो । तर राष्ट्रपति ट्रम्पको पछिल्लो चेतावनी यदि कार्यान्वयनमा आयो भने त्यो व्यवस्था उल्टिनेछ ।

संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको कुल निर्यातमध्ये करिब २७ प्रतिशत अटो उद्योगले ओगटेको छ, जुन देशको कुल कार निर्यातको लगभग आधा हिस्सा हो । उच्च कर दरमा पुनः फर्किनु परेमा दक्षिण कोरियाली निर्यात जापान र युरोपेली सङ्घ (इयु) जस्ता अर्थतन्त्रहरूको तुलनामा कमजोर स्थितिमा पर्न सक्ने विश्लेषकहरूको भनाइ छ, किनकि ती दुवैले अमेरिकासँग १५ प्रतिशत करमै सहमति गरिसकेका छन् ।

हालसम्म ट्रम्प प्रशासनले कर परिवर्तन लागू गर्न आवश्यक औपचारिक सूचनाहरू सार्वजनिक गर्न बाँकी नै राखेको छ । दक्षिण कोरियालाई लक्षित गर्दै आएको यो चेतावनी हालैका दिनहरूमा अमेरिकी राष्ट्रपतिको प्रमुख व्यापारिक साझेदारहरूमाथिको पछिल्लो कडा अभिव्यक्तिमध्ये एक हो ।

यसअघि सप्ताहन्तमा राष्ट्रपति ट्रम्पले क्यानाडालाई चेतावनी दिँदै चीनसँग व्यापार सम्झौता गरेमा सीमापार आउने सबै सामानमा १०० प्रतिशत भन्सार शुल्क लगाइने बताउनुभएको थियो । त्यसैगरी, जनवरीको सुरुमा उहाँले ग्रिनल्यान्ड खरिद नभएसम्म धेरै युरोपेली राष्ट्रहरूमा कर लगाउने धम्की दिनुभएको थियो, र त्यसपछि पनि उहाँले ती धम्कीहरूलाई सार्वजनिक रूपमा समर्थन गर्दै आउनुभएको छ ।

Previous Post

प्रचण्डसँग रुपन्देही २ का उम्मेद्वार विश्वदीप पाण्डेको भेट

Next Post

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

metakhabar

metakhabar

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
भारत–युरोप व्यापार सहमति ऐतिहासिक

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In