• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रा.डा.नवीस मान सिंह प्रधान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन नियुक्त

metakhabar by metakhabar
११ माघ २०८२,
0
प्रा.डा.नवीस मान सिंह प्रधान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ माघ : ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. का वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा जोर्नी प्रत्यारोपण सर्जन प्रा.डा.नवीस मान सिंह प्रधान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत स्कुल अफ मेडिसिनको डिन नियुक्त हुनुभएको छ। खेलकुद चिकित्सा, जोर्नी प्रत्यारोपण तथा काँधसम्बन्धी शल्य चिकित्सामा विशेष दक्षता हासिल गर्नुभएका उहाँको यो नियुक्तिलाई प्रतिष्ठानको शैक्षिक नेतृत्वका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यस अवसरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. परिवारले प्रा. डा. प्रधानलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल, प्रभावकारी तथा प्रेरणादायी हुने विश्वास व्यक्त गरेको छ। चिकित्सा सेवा, शैक्षिक नेतृत्व तथा हाडजोर्नी र जोर्नी प्रत्यारोपणजस्ता विशेषज्ञ उपचार सेवामा दीर्घ अनुभव हासिल गर्नुभएका प्रा. डा. प्रधानको नेतृत्वले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

पाटन अस्पतालमा २३ वर्षभन्दा बढी समयदेखि हाडजोर्नी शल्य चिकित्सकका रूपमा सेवा प्रदान गर्दै आउनुभएका प्रा. डा. प्रधानले कुहिनो जोर्नी प्रत्यारोपण, घुँडा जोर्नी प्रत्यारोपण तथा पुठ्टा जोर्नी प्रत्यारोपणजस्ता अत्याधुनिक शल्यक्रियाहरूको सुरुवात गरी अग्रणी भूमिका निर्वाह गर्नुभएको छ। काँध तथा खेलकुद चिकित्सामा फेलोसिप गरेपछि उहाँले काँध आर्थ्रोस्कोपी तथा काँध जोर्नी प्रत्यारोपण शल्यक्रिया सेवाहरू स्थापना गरी उपचार सेवाको दायरा थप विस्तार गर्नुभएको हो।

शैक्षिक क्षेत्रमा समेत सशक्त योगदान दिँदै आउनुभएका प्रा. डा. प्रधान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवप्रवर्तनशील क्षमता–आधारित पाठ्यक्रमको परिकल्पना, संरचना निर्माण तथा कार्यान्वयनमा प्रमुख योगदानकर्ता रहनुभएको छ। स्नातक तथा स्नातकोत्तर दुवै तहका शैक्षिक कार्यक्रमहरूको विकासमा उहाँको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ।

यसअघि उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हाडजोर्नी तथा आघात शल्य चिकित्सा विभागका अध्यक्ष तथा संस्थागत अनुसन्धान समीक्षा समितिका अध्यक्ष पदमा समेत कार्यरत रहनुभएको थियो। साथै, सन् २०२४ सम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य विज्ञान जर्नलको प्रमुख सम्पादकका रूपमा जिम्मेवारी निर्वाह गर्दै अनुसन्धान तथा शैक्षिक प्रकाशन क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ।

हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल प्रा. डा. नवीस मान सिंह प्रधानको शैक्षिक तथा चिकित्सकीय योगदानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभई समग्र नेपाली स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Previous Post

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

Next Post

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In