• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

    अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

    बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

    बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

    भान्साको महँगीले ढाड सेक्दै

    भान्साको महँगीले ढाड सेक्दै

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

metakhabar by metakhabar
७ माघ २०८२,
0
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ माघः प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।

उहाँले बहुपक्षीय संस्थाको कमजोर र स्वास्र्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरूपयोग, साना–राष्ट्रको घट्दो निर्णय क्षमताका कारण पनि राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आज यहाँ आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषय कार्यक्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको आयाम, क्षेत्र, अभ्यासमा सरोकारवालाबीच साझा सोच र धारणा आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको भू–राजनीतिक अवस्थित, तरल राजनीतिक अवस्था, विभिन्न समूह तथा सङ्घसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारमा निर्भरता, घट्दो कृषि तथा बढ्दो आयातले आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ ।”

उहाँले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षाको व्यवस्था जानु आजको अपरिहार्यता रहेको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका समयन्त्रको समन्वयात्मक उपयोग र प्रयोगबाट राष्ट्रियहितको जर्गेना गर्नु हो भन्नुभयो । उहाँले भन्नुभयो, “हालको विश्वपरिवेशमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा केबल परम्परागत सैनिक सुरक्षामा मात्र सीमित नरही सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, बलियो कूटनीतिक, सफल सूचना संयन्त्र, प्रविधिको उपयोग एवं राष्ट्रियहितसँग सरोकार राख्ने सबै विषयसँग जोडिएको छ ।”

बहुसाँस्कृतिक समाजमा पारम्परिक सम्बन्ध, आपसी सहिष्णुता र एकता कायम गर्दै राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउनुपर्ने बताउँदै प्रधानसेनापति सिग्देलले भन्नुभयो, “राष्ट्रिय सुरक्षा नीतिमा आधारित रही नेपालका सबै सम्बद्ध निकायलाई सबल, सक्षम र सुदृढ बनाउन तथा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान र विश्लेषण गरी प्रतिरक्षा, आन्तरिक सुरक्षा, सार्वजनिक सुरक्षा, परराष्ट्र र अर्थनीतिमा सामाञ्जस्यता ल्याएर सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ ।”

नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता पुर्खाको दूरदृष्टि, राष्ट्रपतिको समर्पण र बलिदानबाट मात्र सम्भव भएको बताउँदै उहाँले वर्तमान पुस्तामा नेपालको इतिहास र परम्पराको ज्ञानबाट राष्ट्रभक्तिको भावना विकास जागृत तुल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षाका सम्बन्धमा सबै सरोकारवाला निकाय र नागरिकमा साझा बुझाइको आवश्यकता महसुस गरी राष्ट्रिय विश्वविद्यालयको स्थापना र सञ्चालन अघि बढाइएको स्पष्ट पार्नुभयो ।

प्रधानसेनापति सिग्देलले भन्नुभयो, “भविष्यमा आइपर्नसक्ने बहुआयामिक चुनौतीलाई सामान गर्न राजनीतिक तहमा सोच्नसक्ने, अन्तरनिकायबीचको समन्वय र राष्ट्रियहितलाई केन्द्रमा राखेर रणनीतिक तहको नेतृत्व उत्पादन र विकास गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ ।”

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक एवं उपरथी विष्णु राउतले नेपालको ठूलो प्राज्ञिक अनुसन्धान संस्थाका रूपमा अघि बढिरहेको विश्वविद्यालयको पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

विश्वविद्यालय प्राज्ञिक समूहका सदस्य डा शम्भुराम सिंखडा समाज छलफल र बहसबाट अघि बढ्ने भए पनि सुरक्षा फौज भने निश्चित संरचना, अनुशासन र आदेशमा चल्ने सङ्गठन भएको पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताउनुभयो ।

परराष्ट्र मामिलाका जानकार विषयविज्ञ डा डा निश्चलनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अङ्ग घाइते भएकाबेला नेपाली सेनाको अनुभव, क्षमता, रणनीतिकज्ञान र सुझबुझपूर्ण कार्यले मुलुकमा नयाँ सरकार गठन भई चुनावी वातावरण बन्न पुगेको धारणा राख्नुभयो ।

विषयविज्ञ डा पिताम्बर भण्डारीले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको अनुसन्धान र ज्ञान हासिल गर्ने प्रतिरक्षा विश्वविद्यालय सञ्चालन र अनुसन्धानमा आफ्नै बजेट र लगानी हुनुपर्नेमा जोड दिनुभयो ।

प्राज्ञिक उपसमितिका सदस्य प्रा डा मीनादेवी वैद्यले रणनीतिक नेतृत्व विकास तथा राष्ट्रिय सुरक्षा रणनीति निर्माणमा विश्वविद्यालयको भूमिकाका विषयमा धारणा प्रस्तुत गर्नुभयो ।

प्रतिरक्षा विश्वविद्यालय आयोजना प्रमुख विनय राणाले नेपालको गौरवपूर्ण इतिहासलाई आधुनिकतासँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो । प्राज्ञिक उपसमिति सदस्य पूर्वउपरथी तीन वटा सेमेस्टरमा हुने १५ वटा विषयवस्तुको ढाँचाबारे जानकारी गराउनुभयो ।

काभ्रे बनेपा नगरपालिका– १३ र १४ मा रु आठ अर्ब ६३ करोड १० लाखको लागतमा निर्माण भइरहेको उक्त विश्वविद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने जमर्काेका साथ पाठ्यक्रम निर्माणको कार्य भइरहेको छ ।

Previous Post

‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

Next Post

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

metakhabar

metakhabar

सम्बन्धित खबर

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने
मनोरञ्जन

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

६ अशोज २०८३,
बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो
फिचर-ब्यानर

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

६ अशोज २०८३,
भान्साको महँगीले ढाड सेक्दै
आर्थिक

भान्साको महँगीले ढाड सेक्दै

६ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

६ अशोज २०८३,
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
आर्थिक

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

६ अशोज २०८३,
भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप
मनोरञ्जन

भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

६ अशोज २०८३,
Load More
Next Post
चितवनमा थपिए ३४ मतदान केन्द्र

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In