• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गर्ने संकल्प

metakhabar by metakhabar
२८ पुस २०८२,
0
कांग्रेस विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गर्ने संकल्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहँदा पार्टीभित्र परिवर्तनको चाहना र उत्साह स्पष्ट देखिएको छ । महाधिवेशनस्थलमा भेला भएका नेता–कार्यकर्ताहरूले यो भेला सत्ता वा पदको संघर्षभन्दा पार्टीको नीति, सोच र कार्यशैली रूपान्तरणको अवसर हुनुपर्ने धारणा राखेका छन् ।

महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले कांग्रेस अब नीति र नेतृत्व दुवै तहमा परिवर्तनको चरणमा प्रवेश गरेको बताए । उनका अनुसार पार्टीभित्र अहिले शक्ति संघर्ष होइन, विचारको प्रतिस्पर्धा चलिरहेको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई विभाजन होइन, एकीकृत ढंगले पार्टी र देशको नेतृत्व गर्न सक्षम बनाउने लक्ष्यसहित विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारे । विशेष महाधिवेशनमा युवा पुस्तादेखि ज्येष्ठ नेतासम्मको उल्लेख्य सहभागिता देखिएको छ । सहमहामन्त्री फर्मुल्लाह मन्सुरले बन्दसत्रमा पार्टी सभापतिको उपस्थितिले एकताको सन्देश जाने भन्दै सहभागी हुन आग्रह गरे । नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले कांग्रेसभित्र देखिएका समस्या समाधानतर्फ मार्गचित्र कोर्ने विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य महेश आचार्यले यो भेला विधानअनुसार पार्टी चल्नुपर्ने स्पष्ट सन्देश भएको बताए । उनका अनुसार अरूको कुरा नसुन्ने प्रवृत्तिलाई विशेष महाधिवेशनले चुनौती दिएको छ । नेता डा. चन्द्र भण्डारीले युवापुस्ताले उठाएका मुद्दालाई गम्भीर रूपमा सम्बोधन गर्न पार्टी नेतृत्व अग्रसर हुनुपर्ने बताए । नेता विनोद चौधरीले राजनीतिक स्थिरतासँगै आर्थिक रूपान्तरणको अपेक्षा जनतामा रहेकाले कांग्रेसले ती मागलाई प्राथमिकतामा राख्नुपर्ने बताए । देवराज चालिस र केदार कार्कीले पनि जेनजी पुस्ताको असन्तोष र अपेक्षालाई लोकतान्त्रिक ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव अघि सारिने जानकारी दिए । उनले पुरानै शैलीबाट नयाँ भविष्य निर्माण गर्न नसकिने भन्दै समयअनुकूल सोच र व्यवहार परिवर्तन आवश्यक रहेको बताए । पार्टीका कमजोरीमा आफूहरू पनि जिम्मेवार रहेको स्वीकार्दै उनले विशेष महाधिवेशन कांग्रेस सुधारको संकल्प भएको उल्लेख गरे । विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानबाट बन्दसत्र सुरु हुने आयोजकले जनाएका छन् । हालसम्म दुई हजारभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा करिब ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको दाबी आयोजक पक्षको छ ।

यद्यपि, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका अधिकांश पदाधिकारी महाधिवेशनमा सहभागी छैनन् । उनीहरूको अनुपस्थितिका बाबजुद भृकुटीमण्डपमा प्रतिनिधिहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेष महाधिवेशनलाई शक्ति संघर्षको केन्द्र होइन, पार्टी पुनर्जागरण, नीति सुधार र आन्तरिक एकताको अवसरका रूपमा प्रयोग गर्नुपर्ने सन्देश नेताहरूले दिएका छन् । कांग्रेसको भविष्य कस्तो बनाउने भन्ने बहससँगै महाधिवेशनको दोस्रो दिन नीति र संगठनात्मक विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।

Previous Post

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

Next Post

विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
आवाज

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

४ चैत्र २०८२,
Load More
Next Post
विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण गरिँदै

विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In