• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

metakhabar by metakhabar
२७ पुस २०८२,
0
काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उहाँ मख्ख हुनुहुन्छ । सापकोटा भन्नुहुन्छ, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ ।”

करिब चार रोपनी बारीमा काउली रोप्नुभएका सापकोटा यस वर्ष पाँच हजार किलोसम्म बिक्री गर्ने सोचमा हुनुहुन्छ । तर गत वर्षजस्तो उत्पादन नभएकामा भने उहाँ दुखेसो पोख्नुहुन्छ । यसपालि काउलीमा केही रोगले उत्पादन घटेको स्थानीय किसान बताउँछन् । हाल बजारमा प्रतिकिलो काउली रु ४५ देखि रु ५० सम्ममा बिक्री गर्न पाएपछि सापकोटासँगै राम्चेबेँसीका किसान उत्साहित देखिएका हुन् । गत वर्ष मूल्य नपाउँदा किसानको लगानीसमेत जोखिममा परेको थियो ।

विगतका वर्षमा झैँ यस वर्ष पनि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब एक सय ३० किसानले काउली रोपेका छन् । यहाँ काउली, बन्दा, गोलभेँडालगायत तरकारी पर्याप्त उत्पादन हुने गर्दछ । तर कहिलेकाहीँ बजारभाउ नपाउँदा किसान मर्कामा पर्ने गरेका सापकोटा बताउनुहुन्छ ।

“तर यस वर्ष समस्या देखिँदैन जस्तो लागेको छ”, उहाँले भन्नुभयो । सापकोटाका अनुसार यहाँ यस याममा दैनिक एक हजार किलोसम्म काउली उत्पादन हुने गरेको छ । यहाँ उत्पादित काउली विशेषगरी बनेपा र काठमाडौँमा बिक्री हुने गरेको छ ।

यस वर्ष एउटै किसानले एउटा याममा काउली, बन्दा र गोलभेँडा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको पाइएको छ । उपभोक्ताले बजारमा अहिले काउलीको मूल्य प्रतिकिलो रु ९० सम्म तिर्नुपर्दा यहाँका किसानले भने रु ४५ को हाराहारीमा मात्रै पाइरहेका छन् ।

“काउली प्रतिकिलो रु ४० बाट घटाउनु परेन भने लगानी उठाएर पनि केही बचत गर्न सकिन्छ”, स्थानीय गायत्री सापकोटाले भन्नुभयो । उहाँको अनुभवमा एउटा काउली फलाउन किसानले धेरै मिहिनेत गर्नुपर्छ, काउली रोप्न बारी खनजोत गरी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा किटनासक विषादी हाल्नेलगायत काम गर्नुपर्छ ।

सापकोटा भन्नुहुन्छ, “तर त्यसको मूल्य नपाउँदा भने किसान मर्माहत नै हुन्छन्, यस वर्ष काउलीमा त्यस्तो नहुने देखेर हामी उत्साहीत नै छौँ ।”

स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान हतार भएको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली उखेल्न निस्कनुहुन्छ । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने तथा बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेका सापकोटाले बताउनुभयो । आफूले गरेको मिहिनेतअनुसारको आम्दानी नपाएकामा उहाँ चिन्तित हुनुहुन्छ ।

“व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय अभावले आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने गरका छौँ”, सापकोटाले भन्नुभयो । उहाँ हाल व्यापारीले प्रतिकिलो काउली रु ४० देखि रु ४५ सम्ममा खरिद गर्ने गरेका बताउनुहुन्छ ।

तरकारीबाट उचित मूल्य नपाउँदा किसान निराश हुनु स्वाभाविक भएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ । “अन्य मुलुकबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, यसका लागि सरकारले किसानको पक्षमा केही गर्नुपर्ने हो”, उहाँले भन्नुभयो ।

कृष्णप्रसादका अनुसार किसान आफूहरूले गरेको तरकारीखेतीको बजारका लागि वडा र नगरले सहयोग गरुन् भन्ने राख्छन् । मल तथा बीउ समयमा नपाउनु र लगानी उठ्ने जोखिम हुनु यहाँका किसानको प्रमुख चुनौती बनेको उहाँको भनाइ छ । राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्छन् ।

गत वर्ष प्रतिकिलो रु १५ मा समेत काउली बिक्री नहुँदा फलेको काउली काटेर बजार पुर्याउने खर्च पनि नउठेको गायत्री सापकोटा बताउनुहुन्छ । “मैले गत वर्ष बारीभरि काउली रोपेकी थिएँ, त्यतिबेला मध्ययाममा पनि रु १५ मा पनि बिक्री भएन, काटेर बजार लैजाने ज्यालासमेत उठेन । कतिपय किसानले त खेतमै काउली जोतिदिएका थिए”, उहाँले भन्नुभयो । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसानले आफूहरूलाई पायक पर्ने स्थानमा ‘हाटबजार’ राखिदिन नगर कार्यालयसँग अनुरोध गरेका छन् ।

Previous Post

मधेशमा ‘तिलासक्रायत’को चहलपहल

Next Post

कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टी संगठन झन बलियो हुन्छ : महामन्त्रीद्वय

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

१३ असार २०८३,
खाडीको जीवनभन्दा गाउँ प्यारो
आर्थिक

खाडीको जीवनभन्दा गाउँ प्यारो

१३ असार २०८३,
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता
आवाज

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

१३ असार २०८३,
आवाज

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

१३ असार २०८३,
युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
Load More
Next Post
कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टी संगठन झन बलियो हुन्छ : महामन्त्रीद्वय

कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टी संगठन झन बलियो हुन्छ : महामन्त्रीद्वय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In