• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

metakhabar by metakhabar
२५ पुस २०८२,
0
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अलेप्पो (सिरिया)। उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच तीन दिनसम्म चलेको भीषण झडपपछि सिरियाको रक्षा मन्त्रालयले शुक्रबार युद्धविरामको घोषणा गरेको छ । मन्त्रालयका अनुसार शेख मकसौद, अचराफिह र बानी जैद क्षेत्रहरूमा बिहान ३ बजेदेखि युद्धविराम लागू भएको हो ।

सरकारी विज्ञप्तिमा सशस्त्र समूहहरूलाई छ घण्टाभित्र ती क्षेत्र छाड्न निर्देशन दिइएको छ । क्षेत्र छाड्ने लडाकूहरूलाई आफ्ना व्यक्तिगत हल्का हतियार बोकेर जान अनुमति दिइने र उनीहरूलाई कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडिएफ) को नियन्त्रणमा रहेको उत्तरपूर्वी क्षेत्रमा सुरक्षासहित पुर्‍याइने उल्लेख गरिएको छ ।

अलेप्पोका गभर्नर अजाम अल–घारिबले सुरक्षा बलका साथ रातभर विवादित क्षेत्रको निरीक्षण गरेका छन् । तर एसडिएफतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन र अलेप्पोमा रहेका कुर्दिश बलहरू सम्झौतामा सहमत भएका छन् वा छैनन् भन्ने अझै स्पष्ट छैन ।

सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकले सामाजिक सञ्जालमार्फत युद्धविरामको स्वागत गर्दै सिरियाली सरकार, एसडिएफ, स्थानीय अधिकारी र सामुदायिक नेताहरूले देखाएको संयम र सद्भावप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनका अनुसार अमेरिकाले छ घण्टाको समयसीमाभन्दा बाहिर पनि युद्धविराम कायम राख्न सबै पक्षसँग काम गरिरहेको छ ।

मङ्गलबार गोलाबारी र ड्रोन आक्रमणबाट सुरु भएको झडपका कारण करिब एक लाख ४२ हजार मानिस विस्थापित भएका छन् । दुवै पक्षले एकअर्कामाथि हिंसा सुरु गरेको, नागरिक बस्ती, एम्बुलेन्स र अस्पतालजस्ता पूर्वाधारलाई जानाजानी लक्षित गरेको आरोप लगाएका छन् । कुर्दिश पक्षका अनुसार कुर्द बहुल क्षेत्रमा कम्तीमा १२ सर्वसाधारणको ज्यान गएको छ भने सरकारी अधिकारीहरूले सरकार नियन्त्रित क्षेत्रमा कम्तीमा नौ सर्वसाधारण मारिएको बताएका छन् । दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् तर लडाकू मृतकको यकिन विवरण सार्वजनिक भएको छैन ।

यो झडप केन्द्रीय सरकार र एसडिएफबीचको राजनीतिक वार्ता अवरुद्ध भइरहेका बेला भएको हो । अन्तरिम राष्ट्रपति अहमद अल–साराको नेतृत्वमा दमास्कस प्रशासनले गत वर्ष मार्चमा एसडिएफलाई सन् २०२५ को अन्त्यसम्म सिरियाली सेनामा समायोजन गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो, तर त्यसको कार्यान्वयन प्रक्रियामा अझै सहमति जुट्न सकेको छैन ।

डिसेम्बर २०२४ मा भएको विद्रोही आक्रमणपछि पूर्वराष्ट्रपति बशर अल–असदको पतनसँगै गठन भएको नयाँ सिरियाली सेनामा समावेश केही गुटहरू पहिले टर्की समर्थित थिए, जसको कुर्दिश बलसँग लामो समयदेखिको वैमनस्य छ । एसडिएफ इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा वर्षौंदेखि अमेरिकाको मुख्य साझेदार रहँदै आएको छ, तर टर्कीले एसडिएफलाई कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) सँग जोडिएको भन्दै आतङ्कवादी सङ्गठनका रूपमा हेर्ने गरेको छ ।

यद्यपि एसडिएफप्रति अमेरिकी समर्थन कायम रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दमास्कसको नयाँ सरकारसँग पनि सम्बन्ध विस्तार गर्दै एसडिएफलाई मार्च सम्झौता कार्यान्वयन गर्न दबाब दिइरहेको देखिन्छ ।

Previous Post

नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

Next Post

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक

metakhabar

metakhabar

सम्बन्धित खबर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
Load More
Next Post
देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In