• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

टि–२० विश्वकप भारत बाहिर सार्न बङ्गलादेशको आग्रह

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० पुस २०८२,
0
टि–२० विश्वकप भारत बाहिर सार्न बङ्गलादेशको आग्रह
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ ।

बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गरेका छन् ।

“हामी कुनै पनि परिस्थितिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र बङ्गलादेशको अपमान स्वीकार गर्दैनौँ”, उनले भनेका छन्, “दासत्वका दिनहरू समाप्त भइसकेका छन् ।” उनका अनुसार छिमेकी राष्ट्रहरूबीच बढेको तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल टोलीहरूलाई ‘सल्लाह’ दिएपछि बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले शनिबार रिलिज गरेको थियो ।

नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई औपचारिक पत्र लेख्न निर्देशन दिइएको जानकारी दिए । उनले भने “यदि कुनै बङ्गलादेशी क्रिकेटर अनुबन्धित भएर पनि भारतमा खेल्न नसक्ने अवस्था सिर्जना हुन्छ भने सम्पूर्ण बङ्गलादेशी क्रिकेट टोलीले विश्वकपमा खेल्न आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।” यही कारण देखाउँदै उनले बङ्गलादेशका विश्वकप खेलहरू श्रीलङ्कामा आयोजना गर्न अनुरोध गर्न पनि बोर्डलाई निर्देशन दिएका छन् ।

भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुने तय भएको छ । तालिकाअनुसार बङ्गलादेशले आफ्ना चारवटा समूह चरणका खेल भारतमा खेल्ने कार्यक्रम रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना सबै खेल श्रीलङ्कामै खेल्नेछ, जुन भारत र पाकिस्तान दुवैलाई बहुराष्ट्रिय प्रतियोगिताहरूमा तटस्थ स्थल प्रयोग गर्न दिने सम्झौताअन्तर्गत गरिएको व्यवस्था हो ।

सन् २०२४ मा ढाकामा भएको जनविद्रोहपछि भारतको निकट सहयोगी मानिने तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पदच्युत भएसँगै भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा तिक्तता आएको बताइन्छ ।

भारतको विदेश मन्त्रालयले गत महिना मुस्लिम बहुल बङ्गलादेशमा ‘अल्पसङ्ख्यकहरूविरुद्ध निरन्तर शत्रुता’ भएको भन्दै आलोचना गरेको थियो । तर बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले भारतले हिंसाको परिमाणलाई बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाएका छन् ।

बिसिबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आइतबारपछि बोर्डको आपतकालीन बैठक बस्ने जानकारी दिए । “हाम्रा क्रिकेटरहरूको गरिमा र सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो र यही आधारमा हामी उचित समयमा निर्णय गर्नेछौँ”, उनले शनिबार राति पत्रकारहरूसँग भनेका थिए ।

यसअघि आइपिएलका विभिन्न टोलीबाट खेलिसकेका मुस्ताफिजुरलाई कोलकाताले गत डिसेम्बरमा १० लाख अमेरिकी डलरभन्दा बढी रकममा अनुबन्ध गरेको थियो ।

तर बिसिसिआईका सचिव देवजित साइकियाले ‘हालैको घटनाक्रमलाई ध्यानमा राख्दै’ कोलकातालाई ३० वर्षीय खेलाडीलाई ‘रिहा गर्न’ सल्लाह दिइएको बताए । सन् २०२६ को आइपिएल मार्च २६ बाट सुरु हुने तय छ ।

नजरुलले आइपिएललाई बङ्गलादेशी प्रसारणकर्ताहरूबाट ब्लक गर्न पनि आग्रह गर्ने बताएका छन् । “मैले बङ्गलादेशमा आइपिएल प्रतियोगिताको प्रसारण रोक्न सूचना तथा प्रसारण सल्लाहकारलाई अनुरोध गरेको छु”, उनले भने ।

यसैबीच, बलिउड सुपरस्टार शाहरुख खानको बहुमत स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई ‘उचित प्रक्रिया र परामर्शपछि’ रिलिज गरिएको स्पष्ट पारेको छ ।

अघिल्लो समाचार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्को समाचार

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व–पश्चिम झण्डा मार्च’ सुरु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व–पश्चिम झण्डा मार्च’ सुरु

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व–पश्चिम झण्डा मार्च’ सुरु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन