• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशभर डेंगुको प्रकोप बढ्दो २० दिनमा ११ जनाको मृत्यु

by
३० भदौ २०७९,
0
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डेंगु संक्रमणबाट २० दिनको अवधिमै देशभर ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् ।

कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ ।

त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला र ३५ वर्षीय पुरुष र नर्भिक अस्पतालमा ३७ वर्षीया महिला गरी ११ जनाको मृत्यु भएको छ । देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा फैलिएको डेंगुबाट १२ हजार दुई सय १७ जना संक्रमित भएका छन् । हाल उपत्यकासँगै तराईका जिल्लामा यसको संक्रमण तीव्र छ ।

काठमाडौं उपत्यकामा डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या ललितपुरमा छ । ललितपुरमा तीन हजार आठ सय तीन र काठमाडौंमा दुई हजार आठ सय आठजनामा डेंगु संक्रमण भएको छ । त्यस्तै, संक्रमणको हिसाबले तेस्रो स्थानमा रहेको मकवानपुरमा एक हजार तीन सय ३१ जना संक्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा डेंगु फैलिएको छ । महाशाखाका कीटजन्य रोग प्रमुख गोकणर् घिमिरेका अनुसार संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै नौ हजार तीन सय चारजना छन् । लुम्बिनीमा प्रदेशमा १ हजार चार सय ७९, सुदूरपश्चिम प्रदेशमा तीन सय ८०, प्रदेश १ मा चार सय दुईजनालाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशमा दुई सय ४५, मधेस प्रदेशमा दुई सय २३ र कणरली प्रदेशमा एक सय ८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरका अनुसार डेंगु संक्रमणबाट सबैभन्दा धेरै उपत्यका प्रभावित बनेको छ । ‘अझै १५ दिन लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ,’ उनले भने, ‘पूरै जिउ छोप्ने गरी कपडा लगाउनुपर्छ ।’ उनले जाडो सुरु भएसँगै लामखुट्टे पनि हराउँदै जाने भए पनि अझै केही दिन लामखुट्टेको टोकाइबाट डराउनु पर्नेछ ।

डेंगुका बिरामीले अस्पताल भरिभराउ
डेंगुका बिरामीले पछिल्लो समय अस्पतालहरू भरिभराउ छन् । सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत यसका बिरामीको चाप बढेको छ ।

यसबाहेक निजी अस्पतालमा पनि उपचारका लागि पुग्ने संक्रमितको संख्या पनि उत्तिकै छ । सिभिल अस्पताल बानेश्वरमा दैनिक दुई सयजना डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन् । उनीहरूलाई सामान्य उपचारपछि इन्मर्जेन्सीबाट सिटामोल दिएर घर फर्काउने गरिएको छ । गम्भीर लक्षण देखिएकाहरू भर्ना भएर उपतचाररत छनन् ।

हाल सिभिलमा १३ जना डेंगुका बिरामी छन् । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३० जना भर्ना भएका छन् । चार जनाको आइसियूमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३८ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये तीनजनाको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना डेंगुका बिरामी भर्ना भएका छन् । दुई जनाको आइसियूमा उपचार भइरहेको छ । वीर अस्पतालमा पनि १७ जना डेंगुका बिरामी भर्ना भएका छन् ।

Tags: अस्पतालहरू भरिभराउडेंगुको प्रकोपत्रिवि शिक्षण अस्पतालदेशभर डेंगुपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानवीर अस्पतालशुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालसिभिल अस्पताल
Previous Post

मोडलिङमा चर्चा बटुल्दै सुजाता पाण्डे

Next Post

अर्मेनिया–अजरबैजानबीचको युद्धको कारण के हो ?

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
अर्मेनिया–अजरबैजानबीचको युद्धको कारण के हो ?

अर्मेनिया–अजरबैजानबीचको युद्धको कारण के हो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In