बेइजिङ– चीनको जनसङ्ख्या सन् २०२१ देखि घट्न थालेको छ । विज्ञहरुले यसरी जनसङ्ख्या घट्नाले चीनको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताएका छन् ।स्वतन्त्र जनसङ्ख्या विश्लेषक हे याफुका अनुसार २०२२ मा १० मिलियन जनसङ्ख्या घट्ने बताएका छन् । यो सन् २०२१ मा जन्मेका १०.६ मिलियन शिशुभन्दा कम हुनेछ । यो र सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएयताकै सबैभन्दा कम हो।
देशमा गत वर्षको तुलनामा धेरै मृत्यु हुने सम्भावना छ। चीनमा सन् २०२१ मा कोरोनाभाइरस संक्रमणका कारण १०.१ मृत्यु भएको थियो । चीनमा पछिल्लो समय श्रमशक्ति संकुचित हुँदै गएको छ । यस्तै, सबैभन्दा धेरै जनसङ्ख्या भएको देशको हैसियत पनि गुमाउन सक्ने सम्भावना रहेको छ ।
लगातार चार वर्षमा नयाँ जन्मदरमा कमी आएको छ । सन् २०१५ यता सन्तान जन्माउने उमेरका महिलाको संख्या ८.७ प्रतिशतले घटेको उनीहरुले बताए ।
संयुक्त राष्ट्र संघले २०३१ मा चीनको जनसङ्ख्या उच्च र त्यसपछि घट्ने अनुमान गरेको थियो। यस्तै, चीनले २०५० सम्ममा ११० मिलियिन मानिस गुमाउने र शताब्दीको अन्त्यसम्ममा हालको आकारमा झन्डै आधा हुने प्रक्षेपण गरिएको छ।













