• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी

metakhabar by metakhabar
२७ मंसिर २०८२,
0
राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरेर भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै अवैध चोरी/तस्करी गरेर भित्र्याइने वस्तु तथा सामान नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको जानकारी दिए ।

“सशस्त्र प्रहरीले गत आवभरिमा रु २८ करोड ९२ लाख ५० हजार मूल्य पर्ने अवैध चोरी तस्करीका सामान बरामद गरेका थियौँ”, उनले भने, “चालु आवमा पनि बरामदी हुने सामानको उल्लेखनीय मात्रामा बढेकाले पनि गत आवको भन्दा धेरै बरामदी हुने आशा गरेका छौँ ।”

सशस्त्र प्रहरी बल नेपाल पर्साले चालु आवको झण्डै पाँच महिनाको अवधिमा बिलविजकभन्दा बढीका रु आठ करोड ५९ लाख ७२ हजार ७५० मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । जबकी सशस्त्र प्रहरीले गत आवभरिमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलविजकभन्दा बढीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक भट्टले पर्सामा १०७ किलोमिटर खुला सीमानाका छिमेकी मुलुक भारतसँग जोडिएकाले पनि सशस्त्र प्रहरले चोरी तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्दै आइरहेको बताए ।

“हामीले तालिमप्राप्त कुकुरदेखि २४ औँ घण्टा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाएर चोरी तस्करी नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्दै आइरहेका छौँ”, उनले भने, “सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा कदम चालेसँगै वीरगञ्ज भन्सार कार्यालयले पनि उत्साहजनक ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको छ ।”

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको रु चार महिनामा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आव सोही अवधिमा भने कार्यालयले रु ६६ अर्ब ७३ करोड मात्रै राजस्व सङ्कलन गरेको छ । गत आवको चार महिनाको तुलनामा चालु आवको चार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले १३ प्रतिशतअर्थात् रु आठ अर्ब ७६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक भट्टले चालु आवमा बेमौसमी बर्सात, जेनजी प्रदर्शन, छिमेकीमुलुक भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलगायतको बाबजुत पनि राजस्व सङ्कलनमा उत्साहजनक देखिनु सकारात्मक पाटो रहेको बताए ।

“सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक कार्यसम्पादन गर्दै आइरहेको छ”, उनले भने, “अहिले पर्सा जिल्लामा हुने चोरी तस्करी नियन्त्रणमा पनि सबैको साथ र सहयोगको कारणले पनि उल्लेखनीय प्रगति हासिल गर्न सकिरहेका छौँ ।” सशस्त्र प्रहरी बल पर्साले विपद्मा उद्धार पनि उत्तिकै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । गत असोज १८ र १९ गतेको बाढीमा पनि यहाँ भएको डुबानमा सुत्केरी महिलालगायतको उद्धारमा सक्रियतापूर्वक खटिएको थियो । त्यस्तै गरी सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सशस्त्र प्रहरीले चालु आवको झण्डै पाँच महिनाको अवधिमा ३५० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ । त्यस्तै गरी सोही अवधिमा ३० दशमलव ९८ किलोग्राम चरेश पनि नियन्त्रणमा लिएको छ ।

Previous Post

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं

metakhabar

metakhabar

सम्बन्धित खबर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार
फिचर-ब्यानर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

२१ असार २०८३,
१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान
फिचर-ब्यानर

१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

२१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
फिचर-ब्यानर

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

२१ असार २०८३,
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
फिचर-ब्यानर

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

२१ असार २०८३,
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
Load More
Next Post
धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं

धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In