• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ मंसिर २०८२,
0
राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरेर भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै अवैध चोरी/तस्करी गरेर भित्र्याइने वस्तु तथा सामान नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको जानकारी दिए ।

“सशस्त्र प्रहरीले गत आवभरिमा रु २८ करोड ९२ लाख ५० हजार मूल्य पर्ने अवैध चोरी तस्करीका सामान बरामद गरेका थियौँ”, उनले भने, “चालु आवमा पनि बरामदी हुने सामानको उल्लेखनीय मात्रामा बढेकाले पनि गत आवको भन्दा धेरै बरामदी हुने आशा गरेका छौँ ।”

सशस्त्र प्रहरी बल नेपाल पर्साले चालु आवको झण्डै पाँच महिनाको अवधिमा बिलविजकभन्दा बढीका रु आठ करोड ५९ लाख ७२ हजार ७५० मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । जबकी सशस्त्र प्रहरीले गत आवभरिमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलविजकभन्दा बढीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक भट्टले पर्सामा १०७ किलोमिटर खुला सीमानाका छिमेकी मुलुक भारतसँग जोडिएकाले पनि सशस्त्र प्रहरले चोरी तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्दै आइरहेको बताए ।

“हामीले तालिमप्राप्त कुकुरदेखि २४ औँ घण्टा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाएर चोरी तस्करी नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्दै आइरहेका छौँ”, उनले भने, “सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा कदम चालेसँगै वीरगञ्ज भन्सार कार्यालयले पनि उत्साहजनक ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको छ ।”

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको रु चार महिनामा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आव सोही अवधिमा भने कार्यालयले रु ६६ अर्ब ७३ करोड मात्रै राजस्व सङ्कलन गरेको छ । गत आवको चार महिनाको तुलनामा चालु आवको चार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले १३ प्रतिशतअर्थात् रु आठ अर्ब ७६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक भट्टले चालु आवमा बेमौसमी बर्सात, जेनजी प्रदर्शन, छिमेकीमुलुक भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलगायतको बाबजुत पनि राजस्व सङ्कलनमा उत्साहजनक देखिनु सकारात्मक पाटो रहेको बताए ।

“सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक कार्यसम्पादन गर्दै आइरहेको छ”, उनले भने, “अहिले पर्सा जिल्लामा हुने चोरी तस्करी नियन्त्रणमा पनि सबैको साथ र सहयोगको कारणले पनि उल्लेखनीय प्रगति हासिल गर्न सकिरहेका छौँ ।” सशस्त्र प्रहरी बल पर्साले विपद्मा उद्धार पनि उत्तिकै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । गत असोज १८ र १९ गतेको बाढीमा पनि यहाँ भएको डुबानमा सुत्केरी महिलालगायतको उद्धारमा सक्रियतापूर्वक खटिएको थियो । त्यस्तै गरी सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सशस्त्र प्रहरीले चालु आवको झण्डै पाँच महिनाको अवधिमा ३५० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ । त्यस्तै गरी सोही अवधिमा ३० दशमलव ९८ किलोग्राम चरेश पनि नियन्त्रणमा लिएको छ ।

अघिल्लो समाचार

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

अर्को समाचार

धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
जीवन शैली

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक २०८३,
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं

धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक २०८३,
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन