• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

    विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

    विमानस्थल क्षेत्रमा कडा सुरक्षा: आजदेखि जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

    विमानस्थल क्षेत्रमा कडा सुरक्षा: आजदेखि जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

    आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

    यस्तो छ आजको मौसम पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

metakhabar by metakhabar
२१ मंसिर २०८२,
0
चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा (रुपन्देही), २१ मङ्सिरः सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ । मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु छ । शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा लुम्बिनी नेत्रालयका डा दीपेन्द्र यादवले उहाँलाई तत्काल शल्यक्रियाको सुझाव दिनुभयो ।

मोतियाबिन्दुको उपचार गाउँका विपन्नका लागि रु १० हजारदेखि रु १५ हजारको ठूलो खर्च हो, तर रोटरी क्लबले उपचार निःशुल्क गर्ने व्यवस्था गरेको थियो । तर, साथियाले शल्यक्रिया गर्न मान्नुभएन । “श्रीमान् भए यस्तो समस्या भोग्नु पर्दैन्थ्यो, तर अहिले घरमा कसैले टेर्दैनन्”, साथियाले गुनासो गर्नुभयो ।

साथिया समस्या मोतियाबिन्दुको मात्र थिएन, न त पैसाको अभाव नै । उहाँको वास्तविक समस्या थियो शल्यक्रियापछिको हेरचाह र स्याहार दिने कोही नहुनुको एक्लोपन । यो मर्मस्पर्शी घटनाले देखाउँछ कि स्वास्थ्य सेवामा पहुँच पुर्याउनुमात्र पर्याप्त छैन, विशेषगरी एकल र वृद्धवृद्धाका लागि उपचारपछिको सामाजिक तथा भावनात्मक साथ पनि उत्तिकै महत्त्वपूर्ण छ ।

साथियाको समस्या त एउटा प्रतिनिधिमूलक घटनामात्र हो । आँखाकै भयावह समस्या लिएर बाँचिरहेका यस्ता धेरै बिरामी मर्चवारमा रहेका भेटिए । डा यादवका अनुसार मर्चवार क्षेत्रमा स्वास्थ्य समस्याको विकराल रूप देखिएको छ । शिविरमा आएकामध्ये ९० प्रतिशतभन्दा बढी बिरामीमा मोतियाबिन्दु र केहीमा टेरिजियम (मासु पलाउने) समस्या पाइएको छ । शिविरमा ६ सय जनाभन्दा बढीले आँखा जाँच गराएका छन् । जसमा अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको छ ।

सदरमुकाम भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल, लुम्बिनी नेत्रालयलगायत आधा दर्जन बढी सुविधासम्पन्न आँखा अस्पताल छन् । जहाँ बर्सेनि हजाराँै बिरामीले उपचार पाइरहेका छन् । तर सदरमुकाम नजिकै रहेको मर्चवारमा यत्रो मोतियाबिन्दुको समस्या हुँदा पनि सरोकारवालाको ध्यान पुग्नसकेको छैन । यसमा डा यादव मोतियाबिन्दुको उपचार खर्च रु १०–१५ हजार पर्ने र गाउँलेका लागि ठूलो रकम हुने हुँदा उनीहरू निःशुल्क शिविरको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । यससँगै दुर्गम क्षेत्र र खराब सडकका कारण गाउँका मानिस मुख्य स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्नु पनि एउटा कारण हो ।

डा यादवले मोतियाबिन्दु ५० देखि ६० वर्ष उमेर समूहमा बढी देखिएको र ५५ वर्षभन्दा माथिका बिरामीलाई शल्यक्रिया अनिवार्य रहेको बताउनुभयो । महिलामा भने यो समस्या अलि बढी देखिएको छ । यस क्षेत्रमा मोतियाबिन्दुका बिरामी धेरै हुनुको मुख्य कारण उचित स्क्रिनिङको कमी रहेको डा यादवको भनाइ छ । “यो समस्या कम गर्न माथिल्लो तहबाट उचित स्क्रिनिङ हुनुपर्छ । सुरुमा चश्माले काम गर्न सक्ने भए पनि यसको स्थायी उपचार भनेको लेन्स प्रत्यारोपण गरी मोतियाबिन्दुलाई निको पार्नु नै हो ।”

लुम्बिनी नेत्रालयकै अर्का डा हीरा शाहका अनुसार लुम्बिनी प्रदेशमै मात्र ३० हजार बढी बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । अझ प्रदेशमा पनि रुपन्देही जिल्लाको लुम्बिनी र मर्चवार आसपासका क्षेत्रमा यो समस्या अझै भयावह देखिएका उहाँको भनाइ छ । उमेर बढ्दै जाँदा यो समस्या देखिने भएकाले मोतियाबिन्दुलाई निर्मूल पार्न गाह्रो भए पनि सचेतना र परीक्षणमार्फत यसको न्यूनीकरण गर्न सकिने शाहको दाबी छ ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले आफ्नो क्लबले १०औँ स्थापना दिवस पारेर यो कार्यक्रम गरेको बताउनुभयो । उहाँले आफू अध्यक्ष भएपछि नै यस क्षेत्रमा दुई सय ५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको बताउनुभयो । मर्चवार क्षेत्रलाई बजार नजिकै भएर पनि सुविधा नपुगेको विकट ठाउँ भएकाले छनोट गरिएको उहाँको भनाइ छ । तर अहिलेको कार्यक्रम हेर्दा एउटै क्षेत्रबाटै दुई सय ५० भन्दा बढी व्यक्ति मोतियाबिन्दुको समस्याबाट पीडित देखिएका उहाँले बताउनुभयो ।

अध्यक्ष शर्माले यस समस्याको विकरालतालाई जोड दिँदै सरकारको पनि तत्काल ध्यान जान आवश्यक रहेको बताउनुभयो । रोटरी क्लबले पहिले पोलियो उन्मूलनलाई प्राथमिकता दिएकामा अब मोतियाबिन्दु निवारणलाई लक्षित गरेको उहाँले बताउनुभयो ।

“शिविरमा धेरै व्यक्तिको उपचार गर्नु भनेको उनीहरूलाई नयाँ जीवन दिनु हो । मोतियाबिन्दुले पीडित र आर्थिक रूपमा कमजोर व्यक्तिका लागि यहाँ निःशुल्क सेवा उपलब्ध भएकाले धेरैले उपचार गराउने अवसर पाएका छन् । पहिले अज्ञानता वा टाढाका कारण उपचारबाट वञ्चित भएकालाई यो शिविरले ठूलो सहयोग पुर्याएको छ”, समाजसेवी रामगणेश पालले भन्नुभयो ।

Previous Post

बहुउपयोगी पुदिनाका यति धेरै फाइदा

Next Post

विवाह गर्दै हुनुहुन्छ ? पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…
समाचार

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

१ फाल्गुन २०८२,
विमानस्थल क्षेत्रमा कडा सुरक्षा: आजदेखि जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने
फिचर-ब्यानर

विमानस्थल क्षेत्रमा कडा सुरक्षा: आजदेखि जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

१ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
फिचर-ब्यानर

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

१ फाल्गुन २०८२,
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

१ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१ फाल्गुन २०८२,
नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
Load More
Next Post
विवाह गर्दै हुनुहुन्छ ? पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न

विवाह गर्दै हुनुहुन्छ ? पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In