• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

    बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमयदर कति ?

    एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

    एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

    आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

    आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१५ मंसिर २०८२,
0
विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कञ्चनपुर, १५ मङ्सिरः वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किनुभएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गर्नुभएको छ ।

उहाँले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थाल्नुभएको हो । कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गर्नुभएका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गर्नुभएको छ ।

विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य रहेको बताउनुहुने उहाँले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हाल्नुभएको बताउनुभयो ।

भट्टले करिब रु १० लाख लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गर्नुभएको छ । स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीदेखि तरकारीसम्म एकै स्थानमा सहजै उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्नुभएको हो ।

“कुवेतमा काम गर्दा पसलमा सामान कसरी सजाउने, कसरी मूल्य निर्धारण गर्ने, हिसाब–किताब गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सबै सीप त्यहीँ सिकेँ,” भट्ट भन्नुहुन्छ, “अब त्यही सीप प्रयोग गरी व्यवसाय सुरु गरेको छु ।”

भट्टको पसलले छोटो समयमा स्थानीय ग्राहकको ध्यान तान्न सफल भएको छ । ग्राहकअनुकूल मूल्य, गुणस्तरीय सामान र छरितो सेवा उहाँका प्रमुख आकर्षण बनेका छन् । “थोरै नाफा राखेर सामान बेच्ने गर्छु, ग्राहकको मागका आधारमा आवश्यक वस्तु मात्र राख्छु,” भट्ट भन्नुहुन्छ्, “गुणस्तर राम्रो भएकाले अहिलेसम्म कुनै गुनासो आएको छैन, उल्टै ग्राहकको विश्वास बढ्दै गएको छ ।”

पसलमा तरकारी, फलफुल, ‘ड्राइफ्रुट्स’, मसला, चामल, दाल, चिनी, गेडागुडी, तेल, भान्छाका सामग्री, मिठाइ तथा दैनिक घरायसी सामान उपलब्ध छन् । एउटै छानामुनि आवश्यक वस्तु पाइने भएकाले घरपरिवार, विद्यार्थी तथा कार्यालयका कर्मचारीसम्म भट्टको ‘सस्तोबजार’मा आकर्षित हुने गरेका छन् ।

हाल भट्टको पसलमा दैनिक रु १० हजारदेखि १५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ । जसबाट रु दुई हजारदेखि तीन हजार बराबरको नाफा आर्जन हुने गरेको उहाँले बताउनुभयो ।

“बढी मार्जिन राखेर सामान बिक्री गरे नाफा बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “थोरै मार्जिन राखेर ग्राहकलाई गाउँकै बजारबाट सबै सामान उपलव्ध गराउने सामाजिक सेवा भाव राखेर व्यवसायलाई अगाडि बढाउँदै आएको छु, ग्राहकको माया पाएको छु ।”

विदेशमा पनि उहाँको कमाइ महिनामै रु एक लाखको हाराहारीमा थियो । तर परिवारदेखि टाढा, घरभन्दा धेरै पर रहेकाले अब गाउँमै केही गर्नुपर्छ भन्ने सोचल पसल सुरु गरेको उहाँको भनाइ छ ।

लामो समय विदेशमा बस्दा परिवारजनसँग समय बिताउन नपाउँदा खिन्नता हुने गरेको भट्ट बताउनुहुन्छ । अहिले भने बिहानदेखि बेलुकासम्म आफ्नै पसलमा काम गर्ने, परिवारसँगै बस्ने र गाउँकै मानिससँग घुलमिल हुन पाएकोमा उहाँ खुशी हुनुहुन्छ ।

पसलमा श्रीमती र परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन् । “स्वदेशमै बसेर इमान्दारीका साथ व्यापार गर्दा राम्रो कमाइ हुन्छ भन्ने अहिले महसुस भइरहेको छ,” भट्ट भन्नुहुन्छ, “अब बजारलाई अझ विस्तार गर्ने, ग्राहकसेवा सुधार्ने, ग्राहकको अनलाईन अर्डरअनुसार घरमै सामान पुर्याउने र आधुनिक बिलिङ प्रणालीसम्म ल्याउने योजनामा छु ।”

उहाँले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै अवसर खोज्ने युवाका लागि पनि व्यवसायमार्फत प्रेरणा दिनुभएको छ ।

अघिल्लो समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अर्को समाचार

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो
समाचार

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

९ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमयदर कति ?

९ कात्तिक २०८३,
एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
खेलमैदान

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

९ कात्तिक २०८३,
आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु
फिचर-ब्यानर

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

९ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर कति ?

९ कात्तिक २०८३,
एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

९ कात्तिक २०८३,
आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन