काठमाडौँ : गायक तथा पर्यटन व्यवसायी उत्तम पौडेल (अनन्त) ले आफ्नो नयाँ गीत बनकी चरी सार्वजनिक गरेका छन्। पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा उत्तम पौडेल र सिम्रन परियारको सुमधुर आवाज रहेको छ।
कलाकार दम्पतीको यस उत्कृष्ट लेखन र गायनको संयोजनलाई दर्शक–श्रोता विशेष रुचाइरहेका छन् । यस गीतको शब्दरचना पिपला ढुंगानाले गरेकी हुन्, उनि पर्यटन क्षेत्रमा परिचित टुर गाइड हुन । रचनाकार ढुंगाना गायक पौडेलकी श्रीमती पनि हुन्।
गीतको भिडियोमा लोकप्रिय कोरियोग्राफर तथा मोडल सुनील क्षेत्री र रोजी लामिछानेको आकर्षक अभिनय देख्न सकिन्छ। मन छुने प्रेमभाव र उत्कृष्ट लययुक्त शब्द–संगीतले भरिएको “बनकी चरी ले दर्शक–श्रोता बीच राम्रो प्रतिक्रिया बटुलिरहेको छ।
यसअघि पौडेलले सार्वजनिक गरेको गीत ‘पानबुट्टे चोलीमा’ ले युट्युबमा १,९७,१७१ भ्युज पाउँदै उल्लेखनीय सफलता हात पारेको थियो। नयाँ गीत “बनकी चरी ले पनि प्रारम्भिक समयदेखि नै राम्रो साथ र समर्थन पाउँदै गायकलाई उत्साहित पारेको छ।
गीतको निर्देशन पुनः सुनील क्षेत्रीले गरेका छन् संगीत संयोजन, छायांकन र सम्पूर्ण प्रस्तुतीकरणले गीतलाई झनै आधुनिक र आकर्षक बनाएको छ।
नयाँ कोशेली प्रति दर्शकले देखाएको निरन्तर माया र विश्वासले आगामी दिनमा अझ उत्कृष्ट संगीत प्रस्तुत गर्ने प्रेरणा मिलेको गायक पौडेलले बताएका छन्।
पौडेल दम्पतिले नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा निरन्तरता दिंदै दर्शक–श्रोतालाई नयाँ–नयाँ सिर्जना प्रदान गर्ने लक्ष्य राखेका छन्
गीत सुन्न तलको लिंकमा जान सकिन्छ
–https://www.youtube.com/watch?v=m9ALhSl13js&list=RDSsm46RUEzn8&index=2












