• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १० मङ्सिरः नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउँदै सुशासन, सेवाप्रवाह, विकास निर्माण र समग्र रूपान्तरणको ‘मियो’को रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गर्दै उहाँले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने स्पष्ट पार्नुभयो ।

“चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्यसचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्प्रिह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु”, मुख्यसचि अर्यालले भन्नुभयो । उहाँले आफू सम्पूर्ण शक्ति, सामथ्र्य, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक–मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुने विश्वास दिलाउनुभयो ।

(नवनियुक्त मुख्यसचिव अर्यालले आज पदबहालीपछि दिनुभएको मन्तव्यको पूर्णपाठ यसप्रकार छः)

१. सर्वप्रथम, नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गरी मलाई देश र जनताको सेवा गर्ने अमूल्य अवसर प्रदान गरेकोमा म नेपाल सरकार मन्त्रिपरिषद् र विशेषतः सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभारसहित कृतज्ञता व्यक्त गर्दछु ।

२. २०८२ भाद्र २३ र २४ गते सुशासन, आर्थिक रूपान्तरण र भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी भएको जेन–जी आन्दोलनको क्रममा अमूल्य जीवन उत्सर्ग गर्नुहुने युवापुस्ताका सम्पूर्ण भाइ–बहिनीहरू, सुरक्षाकर्मी, राष्ट्रसेवकहरू लगायत सबैमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । आन्दोलनका क्रममा घाइते भई उपचाररत सम्पूर्ण भाइ–बहिनीहरू तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

३. मुख्य सचिव पदमा मेरो नियुक्तिसँगै निजामती सेवाको नेतृत्व तहको पदमा पदाधिकारी नियुक्ति गर्दा बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गर्ने निजामती सेवा ऐनको व्यवस्था अनुसरण हुन सकेको सबैले महसुस गरेका छन् । यसका लागि म वर्तमान सरकारप्रति हृदयतः आभारी छु । हामी सबै विधि, पद्धति र प्रणालीको संस्थागत विकास र परिपालनामा समर्पित रहनसक्यौं भने समग्र निजामती सेवाको गरिमा उँचो हुनेछ र मुलुकमा सुशासन कायम गर्न सहयोगी हुनेछ ।

४. मलाई आज यो जिम्मेवारी सम्हाल्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरूमा हृदयतः धन्यवाद प्रकट गर्दछु । यस क्रममा भर्खरै सेवा निवृत्त हुनुभएका नेपाल सरकारका मुख्य सचिव आदरणीय एकनारायण अर्यालज्यूप्रति उहाँको सद्भाव, सहयोग र मार्गनिर्देशनका लागि हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँको सेवानिवृत्त जीवन सुखद, स्वस्थ र रचनात्मक रहोस् भनी शुभकामना व्यक्त गर्दछु । केही समयपूर्व मुलुकमा भएको जेन–जी आन्दोलनसँगै उत्पन्न विषम र जटिल परिस्थितिमा पनि कत्ति विचलित नभई कुशलतापूर्वक प्रशासनिक नेतृत्व प्रदान गर्दै मुलुकलाई आजको शान्तिपूर्ण अवस्थामा ल्याई पुरÞ्याउन मुख्य सचिवको रूपमा उहाँले खेल्नुभएको कुशल र समन्वयकारी भूमिकाको म सहाहना गर्न चाहन्छु ।

५. चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्य सचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्पृह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु । मेरो कार्यकालमा निजामती सेवाको साखलाई अभिवृद्धि गरी यसलाई सुशासन, सेवाप्रवाह, विकास निर्माण र मुलुकको समग्र रूपान्तरणको मियोको रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहनेछु । देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै मेरो कार्यकालको सर्वोपरि लक्ष्य रहनेछ । मेरो सम्पूर्ण शक्ति, सामथ्र्य, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक–मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुनेछ ।

६. देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको अहिलेको अवस्थामा प्रशासनिक कामकाजलाई फस्र्योट गर्ने सन्दर्भमा अब विगतमा झै नियमित काम पर्याप्त हुँदैन । देशमा शान्ति–सुरक्षा र स्थिरता कायम गर्दै, सबै पक्षबीच सद्भाव र सौहार्द सम्बन्ध विकास गर्दै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई अक्षुण्ण राख्न हामीले विगतमा भन्दा अझ बढी समर्पित भई खटिन आवश्यक छ । यसमा सबैको सक्रियता लगनशीलता र नतिजामुखी कार्यशैलीको निरन्तर आवश्यकता पर्दछ ।

७. मुलुकको स्थायी सरकारको रूपमा परिचित निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो । राजनीतिक नेतृत्वलाई विभिन्न महत्त्वपूर्ण तथ्य, तथ्याङ्क, सूचना र जानकारी उपलब्ध गराई सार्वजनिक नीति निर्माणमा सहयोग पुरÞ्याउने, सरकारद्वारा निर्धारित नीति र कार्यक्रमलाई निष्पक्षताका साथ कार्यान्वयन गर्ने, विद्यमान ऐन, नियमको कार्यान्वयन गरी मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्ने, सरकारको तर्फबाट जनतालाई उपलब्ध गराउनुपर्ने सेवा सुविधा समयमै सहज तरिकाले उपलब्ध गराउने तथा देशको विकास निर्माणको कार्यलाई गति दिने जस्ता बहुआयामिक जिम्मेवारी बोकेको निजामती प्रशासन राष्ट्रको मियो हो । यो मियोलाई जति बलियो बनाउन सकियो मुलुकमा सुशासनको स्तर त्यति नै माथि उठ्ने हुन्छ ।

८. सरकार तपाईं हामीजस्ता राष्ट्रसेवक भएर नै जनताको घरदैलोमा पुग्दछ । अतः तपाईं हाम्रो अनुहारमा सरकार प्रतिबिम्बित हुन्छ । तपाईं हामीले अवलम्बन गर्ने सोच र प्रदर्शन गर्ने शैली, व्यवहार र आचरणले सरकारको समग्र छवि निर्धारित हुन्छ । अतः सरकारलाई सफल बनाउन, सरकारले जनताप्रति गरेका वाचा र प्रतिबद्धतालाई पूरा गरी सरकारप्रतिको जनताको भरोसा र विश्वासलाई कायम राख्न तथा सर्वसाधारणको नजरमा सरकारको छविलाई उच्च बनाउन निजामती कर्मचारीहरू आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्वप्रति सदैव समर्पित हुन सक्नुपर्दछ ।

९. कर्मचारीहरू सार्वजनिक पदाधिकारी भएकाले उनीहरूले आफ्नो चरित्र र आचरणलाई सदैव स्वच्छ, पवित्र र पारदर्शी राख्नसक्नुपर्दछ । जनताको शासक होइन, सेवक र सहजकर्ताको रूपमा, निर्धा सोझा जनताको शोषक र पीडकको रूपमा होइन पोषक र रक्षकका रूपमा तथा विकास निर्माणको बाधक होइन साधक र उत्प्रेरकका रूपमा निजामती कर्मचारीले आफूलाई उभ्याउनु पर्दछ ।

१०. हाम्रो जस्तो विकासोन्मुख मुलुकमा निजामती सेवा परिवर्तन, विकास र रूपान्तरणको संवाहक पनि हो । सबल, सक्षम, अनुशासित, कर्तव्यपरायण, मुलुक र जनताको सेवामा समर्पित र चिन्तनशील तथा जनउत्तरदायी निजामती सेवाबाट नै मुलुकले विकासमा फड्को मार्न सक्ने हुन्छ तथा नागरिकको माग र अपेक्षा सम्बोधन गर्न सकिने हुन्छ । निजामती सेवा जुनस्तरमा चुस्त, स्वच्छ र पारदर्शी हुन्छ राज्यका अरू क्षेत्रहरूमा त्यही स्तरमा प्रभाव देखिने हुँदा राज्यका अन्य क्षेत्रमा असल परिणाम प्रदर्शन गर्न पनि निजामती सेवा अरूभन्दा अब्बल, अनुशासित, मर्यादित र परिणाममुखी हुन जरुरी छ ।

११. नेपालको संविधानको राजनैतिक तथा शासन व्यवस्थासम्बन्धी नीतिअन्तर्गत सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चत गरी सुशासनको प्रत्याभूति गर्ने कुरा उल्लेख भएको छ । अतः म सबै राष्ट्रसेवकहरूलाई संवैधानिक व्यवस्था, नीति र आदर्शलाई सदैव शिरोपर र मनन गरी राष्ट्र सेवामा जुट्न आग्रह गर्दछु ।

१२. सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती प्रशासनको स्वरूप, सबलता र क्रियाशीलतामा निर्भर हुने हुन्छ । निजामती प्रशासन जति चुस्त, स्वच्छ, इमान्दार, जनसेवी र विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यति नै माथि जाने हुन्छ ।

१३. यति महत्वपूर्ण भूमिका र जिम्मेवारी बोकेको निजामती सेवा आज जनताको नजरमा त्यति खरो उत्रन नसकेको तीतो यथार्थ हामी बीच छ । आज जनताको नजरमा निजामती सेवा भनेको अल्छी, जुम्स्याहा, जिम्मेवारी लिन नचाहने, काम पन्छाउने, झुलाउने, राष्ट्र र जनताको सेवा भन्दा पनि आफ्नै सेवा, सुविधा र अवसरको लागि मात्र चिन्तित रहने आत्मकेन्द्रित, स्वार्थी संगठनको रूपमा आरोपित हुन थालेको छ ।

१४. निष्पक्ष, तटस्थ र निःस्वार्थ भएर कानून बमोजिम आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने निजामती कर्मचारी आज विभिन्न राजनीतिक आस्था र गुटमा विभाजित हुँदै निजामती सेवाको सबैभन्दा आधारभूत चरित्र निष्पक्षता, तटस्थता र इमान्दारीमाथि नै खेलवाड गर्न उद्यत छन् । सरुवा र पदस्थापनका लागि कर्मचारीहरूबीच हुने गरेको अस्वच्छ प्रतिस्पर्धा, आफ्नो क्षमता, दक्षता, अनुभव र कार्यसम्पादनयोग्यता भन्दा पनि अमुक दल वा प्रणालीले नचिनेको व्यक्तिसँगको सामीप्य र बसउठले आज निजामती सेवालाई शिथिल बनाएको छ ।

१५. आज कर्मचारीहरूको कार्यशैली र नैतिकतामा आएको हासले समग्र निजामती प्रशासन नै जनताको नजरमा गिर्दो अवस्थामा छ । जनताको काम समयमै नगरिदिने र जिम्मेवारी पन्छाउने प्रवृत्तिले निजामती सेवाको साख क्रमशः स्खलित हुँदैछ । अब हामीले आफ्नो व्यक्तिगत आचरण र कार्यशैलीमा आमूल परिवर्तन ल्याउनै पर्दछ । सेवा प्रवाहदेखि विकास निर्माणको कामलाई थप चुस्त र प्रभावकारी बनाई आज आम जनतामाझ निजामती सेवाको गिर्दो साखलाई थप क्षयीकृत हुनबाट बचाउनु पर्ने खाँचो छ ।

१६. यसको लागि नेतृत्व तहमा बसेका तपाईं हामीले बढी जिम्मेवारीबोधका साथ काम गर्न जरुरी छ । मुहान सफा र स्वच्छ भए मात्र तलका खोला नाला सफा हुने हुन्छन् । यो कुरालाई आत्मसात् गरी निजामती सेवाका नेतृत्व तहका सम्पूर्ण कर्मचारीहरूले आफ्नो आचरण र कार्यशैलीमा आमूल सुधार गर्न जरुरी छ । हामी सबैले पदीय जिम्मेवारी र आचरणलाई पूर्ण निष्ठाका साथ पालन गरेमात्र जनताको नजरमा हामी राम्रो देखिनसक्छौं । उनीहरूको विश्वास जित्न सक्छौं ।

१७. अनुशासन र चेन अफ कमान्ड निजामती सेवाका आधारभूत तत्त्व हुन् । यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न हुँदैन । तसर्थ, म सबै साथीहरूलाई यी दुई कुरालाई सदैव हृदयङ्गम गरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्न चाहन्छु ।

१८. हामी समग्र निजामती कर्मचारीहरू जनताका सेवक हौं । आवधिक निर्वाचनद्वारा चुनिएर आउने सरकारले नागरिकहरूसँग गरेका प्रतिबद्धताहरूलाई सार्वजनिक नीति र कानूनको माध्यमबाट कार्यान्वयनमा उतारी जनताले सरकारसँग अपेक्षा गरेका विषयहरूलाई पूरा गर्न सघाई नागरिक सन्तुष्टि अभिवृद्धि गर्नु हाम्रो धर्म हो । त्यस हिसाबले राजनीतिक नेतृत्वलाई जनतासँग गरेका प्रतिज्ञा र प्रतिबद्धताहरूलाई पूरा गर्न सघाउनु हाम्रो साझा दायित्व हो ।

१९. राजनीतिक आस्थाको आधारमा कहिले जे काम गर्न पनि उद्यत हुने र कहिले ऐन कानूनले निर्दिष्ट गरिदिएको काम पनि नगर्ने प्रवृत्ति हामीमा किमार्थ हुनुहुँदैन । जुनसुकै राजनीतिक दलको सरकार नेतृत्वमा आए पनि प्रचलित कानूनको अधीनमा रही उसले कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रमलाई सफलीभूत बनाउन मनसा–वाचा–कर्मणा सहयोग गर्नु हाम्रो धर्म हो । राजनीतिक तटस्थता र संविधान तथा संवैधानिक मूल्य मान्यताप्रतिको अटल प्रतिबद्धता हाम्रा आदर्श हुन् । जुनसुकै विषम परिस्थितिमा पनि निजामती सेवा यो मूलभूत सिद्धान्तबाट विचलित हुनुहुँदैन भन्ने मलाई लाग्दछ ।

२०. मुलुकको समृद्धि र सुशासनको लागि राजनीति र प्रशासन एक अर्काका परिपूरक हुन् । अतः राजनीति र प्रशासनबीच आपसी विश्वास, समन्वय र सहयोग हुनु आवश्यक हुन्छ । यस कुरालाई मध्यनजर गरी प्रचलित कानुनको अधीनमा रही समग्र राज्य संयन्त्रको सञ्चालनमा हामी राजनीतिक नेतृत्वको सहयोगी हुनु जरुरी छ ।

२१. संघीयताको प्रभावकारी कार्यान्वयनमा निजामती प्रशासनको केन्द्रीय भूमिका रहन्छ । यस वस्तुतथ्यलाई मनन गरी निजामती सेवालाई संघीय ढाँचा अनुरूप पुनर्विन्यास र पुनः समायोजन गर्ने कार्यहरू भइरहेका छन् । संविधानको विभिन्न अनुसूचीमा रहेका विभिन्न तहका सरकारको जिम्मेवारीका विषयलाई थप स्पष्ट गर्न विगतमा तयार गरिएको कार्य विस्तृतीकरण प्रतिवेदनलाई समयानुकूल पुनरावलोकन र परिमार्जन गर्दै अघि बढ्नुपर्ने खाँचो छ ।

२२. तीन तहको शासकीय संरचनासँगै सरकारका तहहरूबीच समानान्तर र ऊध्र्व सम्बन्ध र समन्वय सुदृढ तुल्याउँदै विकास निर्माणका कामलाई गति दिनुका साथै जनतालाई उपलब्ध गराउनुपर्ने सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्ने खाँचो छ ।

२३. समयको प्रवाहसँगै आफ्नो परम्परागत कार्यशैली, व्यवहार, सोच र चिन्तनमा सुधार ल्याउन नसके हामी असान्दर्भिक र अव्यावहारिक मात्र होइन सर्वसाधारण जनताको नजरमा समेत गर्दछौँ । यसबाट एकातिर जनताले हामीसँग आशा गरेको प्रतिफल दिन हामी असमर्थ बन्छौं भने अर्कोतर्फ मुलुकलाई तीव्र रफ्तारका साथ समृद्धि र सुशासनको दिशातर्फ अघि बढाउन पनि पछि पछौँ । आज झुलाउने, पर्खाउने, ढिलो हिँड्ने छुट कसैलाई छैन । तसर्थ, हामी निजामती सेवक समयको पदचापसँगै जेन–जी पुस्ताको चाहना र भावनाबमोजिम थप प्रतिस्पर्धी र कार्यप्रवीण हुनुपर्ने खाँचो छ ।

२४. जेन–जी पुस्ताले हामीसँग असल र उत्तरदायी शासनको माग गरेका छन् । देशभित्रै गरिखाने वातावरण निर्माणका लागि दबाब दिएका छन् । यो कुरालाई हामीले गम्भीरताका साथ मनन गरी तदनुसार काम गर्न आवश्यक छ । यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रूपमा स्थापित गर्न नेतृत्व तहमा काम गर्ने हामीले आवश्यक पहलकदमी लिनुपर्दछ ।

२५. आज निजामती सेवाले एकातिर संविधानमा उल्लिखित राज्यका नीति र दायित्वलाई निष्ठाका साथ कार्यान्वयनमा उतार्नुपर्ने खाँचो छ भने अर्कातर्फ दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, मानव अधिकारको संरक्षण लगायतका अन्तर्राष्ट्रिय दायित्वहरूलाई समेत निर्धारित समयसीमाभित्रै पूरा गर्नुपर्ने आवश्यकता छ ।

२६. मुख्य सचिवको रूपमा मेरो व्यक्तिगत स्वार्थ, एजेन्डा केही छैन, हुँदैन । मेरो प्रमुख जिम्मेवारी र कर्तव्य भनेको विभिन्न मन्त्रालयहरूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्राप्त हुने विषयहरू मन्त्रिपरिषद्मा छलफलका लागि पेस गरी भएको निर्णय प्रमाणित गरी सम्बन्धित मन्त्रालयमा सम्प्रेषण गर्ने हो । त्यस बाहेक नीतिगत विषयहरूमा अन्तर–मन्त्रालय समन्वय र सहजीकरण गर्ने हो । तसर्थ, मेरो कार्यसफलता भनेको सचिवज्यूहरूले के कस्ता गुणस्तरीय विषयहरू के कति संख्यामा छलफल र निर्णयको लागि अघि बढाउनु हुन्छ, मन्त्रिपरिषद्मा पठाउनु हुन्छ, त्यसमा निर्भर हुने हो । अतः सचिवज्यूहरूको पूर्वक्रियाशीलता, तत्परता र सुधारप्रतिको निष्ठा र लगनशीलताले मेरो मात्र नभई समग्र प्रशासन संयन्त्रको कार्यसम्पादन र नतिजा देखिने र अन्ततः त्यसैको आधारमा सरकारको छवि निर्माण हुने हुँदा त्यसतर्फ सचेत रहन म सबैमा विनम्र अनुरोध गर्दछु ।

२७. मन्त्रिपरिषद्को निर्णयका लागि सबै अङ्ग पुगेको, गुणस्तरीय, परिपक्व, राष्ट्र र जनताको हित हुने तथा सुशासनलाई प्रवद्र्धन गर्ने प्रकृतिका प्रस्तावहरूमात्र प्राथमिकताका साथ अघि बढाउन र झिना मसिना प्रकृतिका विषय र उत्तरदायित्व पन्छाउने हिसाबले जुनसुकै विषयका प्रस्ताव पनि मन्त्रिपरिषद्को निर्णयार्थ पठाउने प्रवृत्तिलाई अन्त्य गर्न म यहाँहरूलाई अनुरोध गर्दछु । आकस्मिक अवस्था र जरुरी विषयमा बाहेक मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने विषयमा अध्ययन र छलफलका लागि पर्याप्त समय उपलब्ध हुनेगरी तथा सम्बन्धित मन्त्रालयको राय÷परामर्श अनिवार्य संलग्न गरेर मात्र प्रस्ताव पठाउन हुन म आग्रह गर्दछु ।

२८. जेन–जी पुस्ताको आन्दोलनपछि गठित वर्तमान सरकारको प्रमुख कार्यभार दुईवटा रहेका छन् । पहिलो हो आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्ने र दोस्रो हो भ्रष्टाचारमुक्त सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने । अतः सरकारका काँधमा रहेका यी दुई महत्त्वपूर्ण जिम्मेवारीलाई पूरा गर्न सरकारलाई सबै हिसाबले सहयोग गर्न हामी समग्र प्रशासन यन्त्र प्रतिबद्ध र क्रियाशील हुन जरुरी छ ।

२९. अन्त्यमा, नव नियुक्त मुख्य सचिवको हैसियतमा देहायका विषयहरूलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न म सचिवज्यूहरू सहित सबै राष्ट्रसेवकहरूसँग हार्दिक आग्रह गर्दछुः

कार्यसम्पादन गर्न सचिवहरुलाई निर्देशन

१. वर्तमान सरकारको सबैभन्दा ठुलो दायित्व र प्राथमिकता आगामी २०८२ फागुनमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा प्रतिनिधि सभाको आम निर्वाचन सम्पन्न गराउनु रहेको हुँदा यस विषयलाई सबैले उच्च प्राथमिकतामा राखी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग जोडिएका सबै मन्त्रालय र निकायहरूबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गरी तोकिएकै मितिमा चुनाव सम्पन्न गराउन आ आफ्नो क्षेत्रबाट प्रतिबद्ध रहने । यस क्रममा मुलुकमा सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, निर्वाचन सम्बन्धी कार्यविधि र निर्देशिकामा गर्नुपर्ने समसामयिक सुधारलाई नेपाल सरकार मन्त्रिपरिषद्बाट यथाशीघ्र अनुमोदन गराउने लगायतका कार्यका लागि आवश्यक सहजीकरण गर्ने ।

२. सबैलाई निःसङ्कोच र निर्भय रूपमा पूर्ण उत्साहका साथ आम निर्वाचनमा सहभागी गराउन र सबैबीच विश्वासको वातावरण निर्माण (त्चगकत दगष्मिष्लन) गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन र निर्वाचन आयोगसितको समन्वयमा आ–आफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने ।

३. नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान निकाय लगायतका सुरक्षा निकायहरूलाई आवश्यक सहयोग उपलब्ध गराई राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने ।

४. आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्रको विषयमा समयमै निर्णय गर्ने, निर्णय गर्न ढिलाइ नगर्ने, नपन्छाउने । एक निकायले राय÷प्रतिक्रिया माग गरेको विषयमा अर्को निकायले तोकिएको समयभित्रै राय÷प्रतिक्रिया पठाउने अन्यथा प्रचलित कानूनबमोजिम हुने व्यवस्था अङ्गीकार गर्ने ।

५. सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवालाई थप चुस्त र सूचना प्रविधिमा आधारित बनाउँदै लैजाने । सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र बकपासिङलाई नियन्त्रण गर्न बढी भिडभाड हुने कार्यालयमा सम्भव भएसम्म टोकन प्रणाली वा रिपोर्ट कार्ड लागू गरी कामलाई समयमै चुस्त रूपमा सम्पादन हुने व्यवस्था मिलाउने ।

६. सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरूको अनलाइन सेवाबीच अन्तर–आबद्धता कायम गरी सेवाग्राहीलाई एकपटक एउटा सरकारी निकायमा पेस गरेको डकुमेन्ट पुनः अर्को ठाउँमा पेस गर्नु नपर्ने व्यवस्था मिलाउने ।

७. हाल सीमित मन्त्रालय÷निकायमा सञ्चालनमा आएको एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणालीलाई सबै मन्त्रालय तथा विभागहरूले अनिवार्य रूपमा चालु आर्थिक वर्षभित्रमा कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउने । सबै सरकारी कार्यालयका महत्त्वपूर्ण सूचना र अभिलेखहरूलाई डिजिटलाइजेसन गरी दीर्घकालसम्म सुरक्षित राख्ने व्यवस्था मिलाउने ।

८. निजामती सेवा सहित सबै सुरक्षा निकायको मनोबल उकास्न सम्बद्ध मन्त्रालय÷निकायसँग आवश्यक छलफल÷परामर्श गरी आवश्यक कार्यहरू अगाडि बढाउने ।

९. चालु आर्थिक वर्षको स्वीकृत नीति, वार्षिक कार्यक्रम र बजेटको कार्यान्वयनलाई तीव्रता दिई समयभित्रै लक्षित प्रगति हासिल गर्ने, पूँजीगत खर्च उच्च बनाउने ।

१०. जनताले अनुभूति गर्नसक्ने गरी सार्वजनिक सेवामा गुणात्मक सुधार गर्ने र आमजनताका दैनिक जीवनयापनलाई सहज बनाउने ।

११. जनताका गुनासाहरूको तत्काल सम्बोधन गर्ने र हेलो सरकारमार्फत प्राप्त गुनासोको चुस्त र प्रभावकारी तवरमा सम्बोधन गर्ने व्यवस्था मिलाउने ।

१२. कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गरी काम गर्ने र नगर्नेबीचको भेद छुट्याई प्रोत्साहन र सजायको व्यवस्था गर्ने ।

१३. विगतमा सुरु गरिएका राम्रा कामहरूलाई निरन्तरता दिने । विगतका कमजोरीबाट पाठ सिकी कार्यपद्धतिमा परिवर्तन ल्याई परिवर्तनको अनुभूति कार्यसम्पादनबाट गराउन प्रयत्नरत रहने । सुशासन र सदाचारलाई प्रशासनिक संस्कृतिको रूपमा स्थापित गर्दै सबै राष्ट्रसेवकहरूले मुस्कान र जिम्मेवारी बोधका साथ सेवाप्रवाह गर्ने पद्धतिको विकास गराउने ।

१४. भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ अवलम्बन गर्ने । सार्वजनिक प्रशासनलाई कुनै पनि किसिमका बिचौलियाको दबाब र प्रभावबाट मुक्त राख्ने ।

१५. विकास निर्माण कार्यमा अवरोधका रूपमा रहेका प्रमुख विषयहरू पहिचान गरी त्यसलाई तत्काल सम्बोधन गर्न प्रयत्न गर्ने । विकास निर्माण कार्यमा गुणस्तरीयता सुनिश्चित गर्ने ।

१६. जेन–जी आन्दोलनमार्फत मुखरित भएका सुशासनको संस्थागत विकास, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा आमूल सुधारका विषयहरूलाई उच्च प्राथमिकतामा राखी काम गर्ने ।

१७. हाल सार्वजनिक स्रोतमा परेको चापलाई मध्यनजर गरी प्रशासनिक खर्चमा उच्च मितव्ययिता अपनाउने । राज्यलाई दीर्घकालीन दायित्व सिर्जना हुने प्रकृतिका कुनै पनि अनावश्यक संरचना र संयन्त्र सिर्जना नगर्ने ।

१८. नेपाल भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय सार्वभौम क्रेडिट रेटिङमा (बिबि माइनस) को स्तरमा कायम भएको छ । तर पनि हाम्रो सामु ग्रेलिस्टबाट बाहिर निस्कने, एलडिसी ग्याजुएसनलाई दिगो र सहज बनाउने चुनौती बाँकी नै छन् । साथै, सोह्रौं योजनाको कार्यान्वयन कार्ययोजनाका रणनीति तथा कार्यक्रमहरू निर्दिष्ट लक्ष्य र समयसीमाभित्र सम्पन्न गर्नुपर्ने दायित्व छ । यी सबै पक्षहरूमा पनि आ–आफ्नो क्षेत्रबाट गर्नुपर्ने कार्यहरू तदारुकतासाथ सम्पन्न गर्न म सबैमा अनुरोध गर्दछु ।

साथै, मैले मेरो व्यक्तिगत तर्फबाट देहायका विषयमा जोड दिनेछु–

१९. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्तरोन्नति र क्षमता विकास गरी यसलाई ‘उत्कृष्टताका केन्द्र’ को रूपमा स्थापित गर्दै विकास निर्माण र सेवा प्रवाहको नियमित अनुगमन, मूल्याङ्कन र प्रतिवेदन गर्ने प्रभावकारी निकायको रूपमा स्थापित गर्ने ।

२०. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगमा रहेका अनुगमन तथा सहजीकरण संयन्त्रहरूलाई थप क्रियाशील तुल्याउन जोड दिने ।

२१. निजामती सेवालाई व्यावसायिक बनाउने क्रममा राष्ट्रसेवकहरूको क्षमता विकास, नैतिकता प्रवद्र्धन, जवाफदेहिता अभिवृद्धि र नेतृत्व क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउन पहल गर्नेछु ।

२२. कर्मचारीहरूको सरुवालाई स्वचालित र समयबद्ध तथा बढुवालाई पूर्वानुमानीय बनाउन प्रयत्न गर्नेछु । निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गराउन आवश्यक पहलकदमी लिनेछु ।

२३. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको नतीजा व्यवस्थापन महाशाखाबाट कार्ययोजनाको कार्यप्रगतिको नियमित अनुगमन गर्ने र प्रत्येक महिना तोकिए बमोजिमको नतीजा हासिल भए नभएको समीक्षा गरी सोको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गर्नेछु र विकास आयोजना कार्यान्वयनमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्ने परिपाटीलाई थप चुस्त बनाउनेछु ।

२४. विकास निर्माणसम्बन्धी कार्यलाई द्रुत र निर्धारित समयमै सम्पन्न गर्न सहयोग पुयाउन यस सम्बन्धी छुट्टै ऐनको मस्यौदा तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिनेछु ।

२५. छिमेकी राष्ट्रहरूसहित नेपालसँग दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न जोड दिनेछु ।

म ‘संघे शक्ति कलौ युगे’ अर्थात् सामूहिक भावनामा काम गर्ने कुरामा विश्वास गर्दछु । जसरी एउटा हवाईजहाजलाई निर्धारित गन्तव्यमा सफलतासाथ पुयाउन त्यसका पाइलट मात्र नभएर विमानका सबै चालक दलका सदस्यहरूको उत्तिकै महत्वपूर्ण जिम्मेवारी र भूमिका रहन्छ त्यसैगरी वर्तमान सरकारले अघि सारेका नीति, कार्यक्रम र प्रतिबद्धताहरूलाई मूर्त रूप दिन निजामती सेवाका तलदेखि नेतृत्वतहसम्मका सम्पूर्ण राष्ट्रसेवकहरूको संयुक्त भूमिका रहने हुँदा सबैले आफूलाई तोकिएको जिम्मेवारी समयमै सम्पादन गर्न दत्तचित्त हुनुपर्दछ भन्ने मेरो आग्रह छ । मेरो कार्यकालमा यहाँहरू सबैको साथ र समर्थन पाइरहने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, निजामती सेवाको साख अभिवृद्धि, क्षमता विकास तथा समग्र कार्यसम्पादनमा सुधार गर्ने विषयमा यहाँहरूबाट प्राप्त हुने रचनात्मक सुझाव र मार्गदर्शनलाई गम्भीरतासाथ ग्रहण गर्दै निजामती सेवालाई सुशासन, सदाचार र सार्वजनिक सेवाको मियोको रूपमा स्थापित गर्न एवं नयाँ नेपाल निर्माणको कुशल सारथी र संवाहक बनाउन मुख्य सचिवको हैसियतमा गर्नुपर्ने अन्तर निकाय समन्वय, सहजीकरण र सहयोगका लागि म सदैव प्रतिबद्ध रहनेछु भन्दै मेरो मन्तव्य यही टुङ्गयाउँदछु । धन्यवाद !

Previous Post

आलेखः प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा सेना ‘पहिलो र अन्तिम भरोसा’

Next Post

देशभरको मौसम सफा रहने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In