• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सुशासनको प्रत्याभूति दिलाउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित रहेको बताएका छन्।

राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८२’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले लामो समयदेखि संचित आक्रोश र असन्तुष्टि जेन—जेड आन्दोलनका रूपमा प्रकट भएको बताएका हुन्।

“सेवा प्रवाह, सुशासन र विकासका क्षेत्रमा परिणाम दिन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो,” मन्त्री घिसिङले भने, “राजनीतिक नेतृत्व सही नहुँदा तल्लो तहसम्म असर गर्दै देशभर समस्या देखिएको छ।”उनले राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तनमा पुराना राजनीतिक दल र नेताहरू सफल भए पनि परिवर्तनपछि समृद्धिको नेतृत्व गर्न भने चुकेको टिप्पणी गरे।

पुराना ऐन—कानुनले विकास र समृद्धिको जनचाहना पूरा गर्न अवरोध पुर्‍याइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले आगामी सरकारले ती बाधक कानून तथा नीतिमा आवश्यक संशोधन गर्ने अपेक्षा व्यक्त गरे।

मुलुक निर्वाचनमय भइसकेकाले समयमै निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गर्दै उनले भने, “सबै दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्, तोकिएको समयमै निर्वाचन हुन्छ। अहिले बुद्धिविवेक प्रयोग गर्ने समय हो—देशलाई सही दिशा दिन सक्षम नेतृत्व छान्नुहोस्।”

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आर्थिक समृद्धिको आकांक्षा पूरा नहुँदा मुलुकमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन आर्थिक उन्नतिको अनिवार्य पूर्वशर्त भएको बताए।उनका अनुसार स्वदेशी तथा विदेशी लगानी सुरक्षित गर्न नसक्दा लगानी आकर्षित नभएपनि जेन—जेड आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमणले लगानीकर्तालाई थप हिचकिचाहट भएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवाले रोजगारी खोज्ने होइन, नयाँ–नयाँ इनोभेशनमार्फत रोजगारी सिर्जना गर्ने सोच बनाउनु पर्नेमा जोड दिइन्। “प्रतिभा पलायन रोक्न आवश्यक छ। सरकार र शैक्षिक संस्थासँग सहकार्य गर्दै स्टार्टअप प्रवर्द्धनमा महासङ्घ सक्रिय छ,” उनले भनिन्।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र पौडेलले वैदेशिक रोजगारबाट सीप र पुँजी लिएर फर्केका युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्न सक्नुपर्ने बताए।सम्मेलनमा युवा उद्यमशीलता प्रवर्द्धन, चुनौती, सम्भावना तथा नीति निर्माणलगायत विषयमा विचार–विमर्श हुनेछ।

Previous Post

महावाणिज्य दूतावास कोलकताको क्षेत्राधिकार सीमित हुँदा समन्वयमा समस्या

Next Post

‘९ बुँदे सहमति बजेटविहीन : शिक्षक आन्दोलन फेरि चर्किने संकेत

metakhabar

metakhabar

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल

‘९ बुँदे सहमति बजेटविहीन : शिक्षक आन्दोलन फेरि चर्किने संकेत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In