बनेपा काभ्रेमा रहेको बिग केयर अस्पतालले हालसालै अटिजम र क्यान्सरका लागि भनेर निःशुल्क परामर्श सेवा सुरुवात गरेको छ । बिशेषगरि जटिल लगायत जस्तोसुकै शल्यक्रियाका लागि कम शुल्कमा गर्न सक्ने भनेर ख्याति कमाएको बिग केयर अस्पतालले पछिल्लो एक वर्षम मात्र १३०० भन्दा बढि मेजर सर्जरीहरु गरि सकेको बताइएको छ ।
अहिले आएर अस्पतालले भारतस्थित एम्स लगायत अन्य क्यान्सर केन्द्रित अस्पताल र विशेषज्ञ टोली सँग मिलेर क्यान्सरको रिह्याब्लीटेसन क्याम्प सुरु गरेको छ । ५ दिने आवासिय रहने यस क्याम्पमा अस्पतालले न्यूरोथेरापी, आयूर्वेद, योगा अगायत आधूनिक चिकित्सा पद्धतिका नेक्स्ट जेनेरेसन सिक्वेन्सिंग प्याटर्न अन्र्तगत क्यान्सरका बिरामीको बायोजेनेटिक प्रोफाइल निर्माण गरेर क्यान्सर सेल्सको म्यूटेसन प्याटर्न सम्म एनाल्सीस गर्ने आधूनिक प्रयोग गर्ने भएको हो । यसका लागि अस्पतालले सिभिल अस्पतालका बरिष्ठ क्यान्सररोग विशेषज्ञ डाक्टर अंशु ठाकुर सँग पनि समन्वय गरेको हो ।
यसरी क्यान्सर सेल्सको म्यूटेसन प्याटर्न पत्ता लगाएमा सेल्सको ग्रोथ कन्ट्रोल गर्न सहि तरिका थाहा हुने र बिरामीको जीवन लामो हुने अनि क्यान्सरसंग को प्रतिरोधमा सहयोग मिल्ने हुन्छ ।
नेपालमा यो पहिलो पटक हुन लागेको क्याम्पमा बिरामीहरूले धमाधम आफ्नो नाम टिपाउन थालिसकेका छन् ।
यसै क्याम्पमा आफ्नो ८ वर्षे छोरीका साथ मकवानपुरकी उपासना उपाध्याय सहभागी भएकी थिइन । मस्तिष्कमा ट्युमर आएर अस्पतालको बास भएर कसेको हामी बिग केयरमा ५ दिने बसाई को क्रममा धेरै आशावादी भएका छौं । यहाँ आउँदा खानपिनको कुरा, व्यायाम लगायत न्यूरोथेरापीले समेत नानीमा धेरै सुधार आएको र उनको तौल पनि बढेको उनले बताइन । यहि जीवनशैली अपनाउन सकेमा मेरी छोरीको जीवन बचाउन सकिने कुरामा उपासना आशावादी रहेको बताइन ।
उता अटिज्मको लागि पनि अस्पतालले भारतको मुम्बईस्थित डाक्टर लजपत राओ वल्र्ड इन्स्टिटूट अफ न्यूरोथेरापीसंग समन्वय गरिसकेको बताइएको छ । अटिज्मका बिरामीहरुलाई न्यूरोथेरापी मार्फत सुधार ल्याएका अनेक केसहरु रहेको आधारमा अस्पतालले भक्तपुरस्थित नुग चाइल्ड वेलनेस र जावलाखेलको भोमी चाइल्ड वेलनेससंग सहकार्य गरिसकेको बताइएको छ ।
अब बिग केयर अस्पतालमा न्यून शुल्कमा क्यान्सर र अटिज्मको उपचार र सुधार सम्भव रहेको अस्पतालका निर्देशक जित गोस्वामीले बताउनुभएको छ ।











