• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आहा ! फुङ्फुङ्गे झरना

metakhabar by metakhabar
२ मंसिर २०८२,
0
आहा ! फुङ्फुङ्गे झरना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फुङ्लिङ।जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।

पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताए ।

उनका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ ।

आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगितासमेत गर्ने योजना रहेको छ ।

यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङ्गे झरनासम्बन्धी तस्बिर तथा भिडियो पोष्ट हुन थालेपछि पर्यटक अझ आकर्षित भएका छन् ।

सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको फुङ्फुङ्गे झरनालाई जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न निरन्तर पहल भइरहेका छन् ।

सङ्घ प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवर्द्धनको योजनाअन्तर्गत विभिन्न संरचनासमेत निर्माणले पर्यटकको थप आकर्षण बढ्दै गएको झरनामा भ्रमण गर्न आएका सिरिजङ्घा गाउँपालिका कुमार माबोले जानकारी दिए ।

झरनाको सौन्दर्यीकरणका रूपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ ।

अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङ्गे झरनास्थलसम्म पर्यटकको यात्रा सहज भएको छ । सङ्घीय सरकारबाट झरनाको सौन्दर्यीकरण योजनामा एक करोड रुपैयाँ बजेटसमेत खर्च भएको छ ।

झरनाबाट झरेको पानीको बाफमा नुवाउनेस्थल बनाएमा अझ राम्रो हुने आन्तरिक पर्यटक तथा सिरिजङ्घा गाउँपालिकाका स्थानीय खेलप्रसाद बुढाक्षेत्री (पराग)को भनाइ छ ।

उनका अनुसार यस क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई स्थानीय उत्पादनका परिकारको स्वाद दिन सकेमा स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीले राम्रो आम्दानी लिनसक्ने बुढाक्षेत्रीले बताए ।

विगतका समयमा भन्दा अहिले यस क्षेत्र धेरै विकास भएको झरनाको अवलोकन गर्न पुगेकी फुङ्लिङ नगरपालिकाका सानुमाया लिम्बूले बताइन् ।

हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ । झरना क्षेत्रमा नै बस्न चाहने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छभने क्रमशः अन्य होटल पनि सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।

झरना प्रचारप्रसार गर्न आउँदो मङ्सिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघुउद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताए ।

उनका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई रु तीन लाख दुई हजार ८२ र उपविजेतालाई एक लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिनेछ ।

फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउअनुसार घोषणा गरिएको रकमबराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कारस्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

मेला सम्पन्न गर्न करिव १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुकबहादुर साँवा लिम्बूले जानकारी दिए ।

स्थानीय क्षेत्रमा सञ्चालित जलविद्युत आयोजना, निर्माण व्यवसायी, स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट आर्थिक सहयोग सङ्कलन गरी मेला आयोजना गरिएको उनको भनाइ छ ।

Previous Post

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

Next Post

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In