• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

metakhabar by metakhabar
३० कार्तिक २०८२,
0
जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाईघाट (उदयपुर)। सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन ।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई डाक्टर बनाउने सपनासहित काठमाडौँको कपनमा मजदुर काम गर्दै आएका सारकुमार राईको कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर ढलेपछि सदाका लागि राईको सपना अन्त्य भएको छ । जीवनमा आफूले ठूलो प्रगति गर्न नसके पनि सन्तानलाई ठूलो मान्छे बनाउने उत्कट चाहना हरेक बाबुआमालाई हुने गर्दछ तर सबैका चाहना पूरा हुन सक्दैनन् । यही अधुरो चाहनामै जीवन गुमाउनुप¥यो सारकुमारले पनि ।

विसं २०५६ देखि २०५८ सम्म सर्लाही र चितवनतिर रोजगारी गर्दै हिँडेको स्व राईले २०५८ सालमा सर्लाही बरहथवाकी सुनिता मगरसँग भेट भएपछि दुवैको प्रेम विवाह भएको स्व राईका श्रीमती सुनिता बताउँछिन् । दुवैको जेठी छोरीका रुपमा २०६३ सालमा ठूली छोरी अनुसाको जन्म भएको र २०६८ सालमा कान्छी छोरी आकृतिको जन्म भएको स्व राईका श्रीमती सुनिता बताउँछिन् । दुवै छोरीको जन्म भए पनि दुःख र बेरोजगारीका कारण ठूली छोरीलाई कक्षा ८ भन्दाबढी पढाउन नसकिएको पनि सुनिता बताउँिछन् ।

सानैदेखि कान्छी छोरीको पढाइ राम्रो रहेका कारण पनि चितवनमा रोजगार गर्दै आएका सारकुमार राईले आफू काठमाडौँमा गएर रोजगारी गरेर भए पनि कान्छी छोरीलाई डाक्टर बनाउने भन्दै चितवनबाट काठमाडौँको कपनमा गएर घर रङरोगन गर्ने मजदुर काम गर्दै आएको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा काम छाडेर जेनजी मजदुरहरुसहित सडकमा हिँडिरहेका राईलाई देब्रेपट्टिको कञ्चटबाट गोली लागेपछि दाँहिने त्यहीँ ढले ।

त्यस दिनको घटना स्मरण गर्दै सुनिता भन्छिन्, “तत्काल उहाँलाई फोन गरेँ उठेन, तर रातको ९ः०० बजे उहाँकै साथीले मलाई फोन गरेर दाई त गोली लागेर अस्पतालमा गम्भीर बिरामी हुनुहुन्छ भनेपछि म त बेहोस भएछु ।” जीवनमा यस्तो घटना सुन्नुपर्ला भन्ने उनले कहिल्यै सोच्नु भएको थिएन । दुई दिनपछि चितवनबाट काठमाडौँ पुग्दा श्रीमान्को मृत्यु भइसकेको थियो ।

सुनिताका अनुसार श्रीमान्को मृत्युपश्चात् आफू उदयपुरको चौनपा–३ बसाहा फर्केर आएको र त्यसको १० दिनपछि श्रीमान्को शवलाई घरमा सेनाले काठमाडौँबाट ल्याइदिएका कारण घरको आफैँ कर्ता भएर किराँती राईको अन्तिम संस्कार गराइन् । कान्छी छोरी र आफू किरिया पुत्री बसेर काजकिरियासमेत सम्पन्न गरेको श्रीमती राई बताउँछिन् ।

स्व सारकुमार राईको दिदी कुमारी राईका अनुसार सारकुमार राईको घरपरिवारमा पाँच दाजुभाईमध्ये सारकुमार साइला छोरा रहेको र उनले गाउँको स्कुलमा सामान्य ६ कक्षासम्म मात्र अध्ययन गरेका थिए । विसं २०७२ मा आमा नेपी मायाको निधन भएको र २०८० सालमा बुबा गजब सिं राईको निधन भएको स्व राईका दिदी कुमारी बताउँछिन् ।

स्व राई सात वर्षदेखि काठमाडौँको कपन क्षेत्रमा घरको रङ्गरोग गर्ने मजदुरका रुपमा काम गर्दै आएका थिए भने श्रीमती सुनिता चितवन भरतपुर महानगरपालिका–११ स्थित मनशिला बोर्डिङ स्कुलको होस्टेलमा काम गर्ने गर्छन् । उनले सोही स्कुलमा कान्छी छोरी आकृतिलाई पढाउँदै आएका छन् । अहिले उनी कक्षा १० मा अध्ययनरत छिन् ।

सुनिताका अनुसार ठूली छोरी अनुसालाई पढाउन नसकिएका कारण हाल भारतको हिमाञ्चल प्रदेशमा आफ्ना दिदीसँग बस्दै आएकी छिन् । श्रीमती सुनीता श्रीमान्बारे यसो भन्छिन् “चौदण्डीको बसाहामा सबै दाजुभाइको संयुक्त १५ कट्ठा सुक्खा बारी जग्गा रहेको र एउटा काठको घरसमेत रहेकामा हाल दाजुहरु र उहाँहरुको परिवारहरु बस्दै आएका छन् ।”

सुनिताका अनुसार श्रीमान्ले मजदुर गरेर नै बसाहामा एउटा घर पनि बनाउने र कान्छी छोरीलाई पनि डाक्टर पढाउने अठोट गरेर चितवनबाट आफूसहित छोरीलाई यहाँ राखेर काठमाडौँ गएका थिए । छोरीलाई डाक्टर पढाउनका लागि धेरै खर्च लाग्ने भनेर केही खर्च पनि जुटाउँदै कृषि विकास बैंकमा जम्मा गर्ने गरेको सुनिता बताउँछिन् । उनी भन्छिन्, “श्रीमान् काठमाडौँमा हुँदा दुई–तीन महिनामा एकपटक भेट्न चितवन आइरहनुहुन्थ्यो, हिजोआज त म एक्लै छु तर छोरीलाई हेरेर मन बुझाएर बसेकी छु ।”

छोरी डाक्टर पढ्न थालेपछि मात्र श्रीमतीसहित बसाहा गएर घर बनाउने र बस्न भन्दै काठमाडौँबाट घर फर्कने अठोट लिएर काठमाडौँ कपनमा मजदुरी गर्दै आएका सारकुमार भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगे । श्रीमान्को अधुरो सपना आफूले पूरा गर्ने भन्दै श्रीमती सुनिता भन्छिन्, “श्रीमान्ले अधुरो छाडेर गएको सपना छोरीलाई डाक्टर बनाउने सपना मैले पूरा गर्ने अठोट लिएकी छु ।”

सारकुमारलाई जेनजी सहिद घोषणा गरेपछि सरकारबाट सहयोग भएको १५ लाखमध्ये पाँच लाख श्रीमान्को काजकिरियामा खर्च भएको र र बाँकी १० लाख कृषि विकास बैंकमा जम्मा गरेर राखेको उनको भनाइ छ । श्रीमान्ले मजदुर गरेर कमाएको केही रकम पनि बैंकमा रहेको र पछि सोही खर्चबाट र सरकारले केही सहयोग गरे आफूले घर नबनाएर भए पनि छोरीलाई डाक्टर बनाएरै छाड्ने सुनिताको अठोट रहेको छ ।

स्व सारकुमारका छिमेकी चौनपा–३ बसाहाका रामबहादुर राईका अनुसार सारकुमार सानैदेखि सोझो र इमानदार र परिश्रमी रहेका थिए । घरमा धेरै भाइछोराहरु रहेको र आर्थिक कमजोर भएका कारण गाउँमा ६ कक्षासम्म मात्र अध्ययन गरेका सारकुमार मजदुरी गर्नकै लागि सर्लाहीबाट चितवन हुँदै काठमाडौँको कपनमा काम गर्दै आएका थिए ।

आफू दुःखले पढ्न नपाए पनि कान्छी छोरीलाई डाक्टर बनाउने सपना बोकेका राईको गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगेपछि उनको सपना अधुरै अन्त्य भएको बसाहा आमसालका कृपाराज राईले बताउँछन् । उदयपुर बेलका नगरपालिका–४ का सन्तोष विक पनि जेजनी आन्दोलनका क्रममा राईसँगै गोली लागेर सहिद भएका छन् ।

Previous Post

घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

Next Post

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
लाहोर विश्वको दोस्रो प्रदूषित सहर

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In