• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

    युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भएन मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री

metakhabar by metakhabar
३० कार्तिक २०८२,
0
मुग्लिन -पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), ३० कात्तिक : विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका हुन् ।

अपाङ्गाता भएका व्यक्तिहरूले शनिबार दमौली बजारको सडक अपाङ्गतामैत्री भए÷नभएकोबारे परीक्षण गरेका छन् । तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन अपाङ्गता भएकाहरूलाई समस्या भएको बताउनुभयो । रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्सटाइलजस्ता क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो ।

व्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले ह्वीलचियर प्रयोगकर्तालाई सडक अपाङ्गतामैत्री नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “ह्वीलचियर प्रयोगकर्ताले कतिपय ठाउँमा जेब्राक्रसको प्रयोग गर्न मिल्ने अवस्था छैन । जेब्राक्रस त छ तर सडक पहुँचयुक्त छैन ।”

अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियानले मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा निर्माण गरिएको जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री बनाउन माग गर्दै सरोकारवालालाई हालै ज्ञापनपत्रसमेत बुझाएको छ ।

दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म पहुँचयुक्ततासम्बन्धी अनुगमनका क्रममा जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री नभएको देखिएकाले सो स्थानलाई अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको अपाङ्गता अधिकारकर्मी एवं अभियानका संयोजक मदन पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अति भिरालो र तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ भिरालो भएकाले अपाङ्गतामैत्री नदेखिएको जनाइएको छ ।

दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथ मध्यभागमा पर्ने गरी बिजुलीका पोल राखिएकाले ह्वीलचियर प्रयोगकर्ता र सेतोछडी प्रयोगकर्ताहरू फुटपाथको प्रयोगबाट वञ्चित भएको उल्लेख गरिएको छ ।

दुर्गा मन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथको मध्यभागमा पर्नेगरी बिजुलीका पोल राखिएकाले सेतोछडी प्रयोगकर्ताको सहजताका लागि राखिएको टेक्सटायलको प्रयोग गर्दा सिधै बिजुलीको पोलमा ठोक्किने समस्या रहेको जनाइएको छ ।

सफासडक चोकमा रहेको जेब्राक्रस पार गरी सडकको दुवैतर्फका फुटपाथहरुमा उक्लने ¥याम्प नबनाउँदा समस्या भएको उल्लेख गरिएको छ । बागबजारमा बनाइएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइर राखिएको साथै दुवैतर्फका फुटपाथहरूमा उक्लने ¥याम्प नबनाइएको जनाइएको छ । बुल्दीखोला पुल नजिकै भएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्नेगरी डिभाइडर राखिएको उल्लेख गरिएको छ ।

अपाङ्गता अधिकारकर्मी पौडेलले भन्नुभयो, “उल्लेखित सडकखण्डमा रहेको सडक नालीमाथि राखिएको स्लाबबीचको ग्याप अधिक रहेकाले अपाङ्गता भएका व्यक्तिहरू दुर्घटना पर्ने अत्यधिक सम्भावना देखिएको छ ।”

जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको साझा मञ्चका रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँ क्रियाशील छ । यस अभियानले पहुँचयुक्तता, जनचेतना, पैरवी, सञ्जालीकरणमार्फत अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका निम्ति काम गर्दै आएको छ ।

Previous Post

व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी

Next Post

घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

metakhabar

metakhabar

सम्बन्धित खबर

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
समाचार

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

२९ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२९ माघ २०८२,
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
समाचार

युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

२९ माघ २०८२,
Load More
Next Post
घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In