शिक्षकः भन त रमेश नालापानीमा बलभद्र कुँवर कसरी लडेका थिए ?
रमेशः नाला फुटेर पानी बाहिर निस्किएको हुँदा चिप्लिएर लडेका थिए सर ।
फोन नम्बर हो
शिक्षकः भन त राम, पृथ्वीनारायण शाह वि.सं. कतिमा जन्मिएका थिए र कतिमा उनको मृत्यु भएको थियो ?
रामः थाहा छैन सर ।
शिक्षक (रिसाउँदै): आफ्नो किताब हेरेर भन् ।
रामः (किताब पल्टाउँदै) सर, यसमा त १७७९–१८३१ लेखेको छ ।
शिक्षकः के यो तिमीले पहिले पढेका थिएनौ ?
रामः पढेको त थिएँ सर, तर मलाई लाग्यो, यो पृथ्वीनारायण शाहको फोन नम्बर हो ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













